नार्सियाली अर्थात् मनोगतवादी रोग अत्यन्त आत्मघाती हुन्छ
- जेष्ठ १७, २०८३
– वस्तुराज ‘शीतल’
सरकारले २०७८ जेठ २५ देखि असार ८ गतेसम्ममा नेपालको राष्ट्रिय जनगणना सुरु गर्ने सूचना जारी गरेको छ । केन्द्रीय तथ्याड्ढ विभागले १२ औँ राष्ट्रिय जनगणनाको लोगो र नारा तयार गरेको छ । जनगणनाको नारा ‘मेरो गणना, मेरो सहभागिता रहेको छ । जनगणना सफल पार्नुपर्छ । जनगणनामा सही विवरण दिनुपर्छ । आफ्नो घर परिवारको सही विवरणले मात्रै जनगणनाले सार पाउँछ । गलत विवरण दिएमा गलत तथ्याङ्क हुनेछ । सही विवरण दिए देशको वास्तविक जनता थाहा हुनेछ । यसले देशको घरपरिवार सङ्ख्या र कुल जनसङ्ख्याको यकिन गर्छ ।
देशको राष्ट्रिय जनगणनाझैँ जग्गाको पनि नापी गर्नुपर्छ । जग्गाको नापी नभएको दसकौँ बित्यो । जग्गाको नापी भएमा हाल सार्वजनिक या पर्ती जग्गा, वनजङ्गल, खोला–नाला र व्यक्तिको जग्गा कति रहेछ भन्ने थाहा हुन्छ । हाल कायम रहेको नेपालको जग्गा बाँकी छ कि छैन भन्ने थाहा हुन्छ । जग्गा किनबेच र खण्डीकरणको कारण जग्गा टुक्राटुक्रा भइसकेको छ । कति जग्गाको साँध सिमाना हेरफेर भइसकेको छ । बाढी पहिरो र खोलाले पु¥याएको क्षतिले गर्दा नक्सा र फिल्डको जग्गामा फेरबदल भएको स्थिति छ । यी सबैको स्थिति थाहा पाउन र सोको व्यवस्थित र वैज्ञानिकीकरण गर्न पनि जग्गाको नापी हुनुपर्छ र नापी गर्न सरकारले चासो लिनुपर्छ ।
सरकारले पूर्वाधारविना नै कति गाउँपालिकालाई नगरपालिका बनायो । नपा त घोषणा भयो तर पुर्जामा उही गाउँपालिका यथावत छ । धेरै गाउँ मिलाएर नपा बनाइयो, धेरै वडाहरू मिलाएर अर्को ठूलो वडा बनाइयो । तर, ती सबै निर्णयमा सीमित रह्यो । जग्गाको सिमाना हेरफेर भयो । नक्सामा उही छ । निर्णयमा अर्कै गाउँ या नपा भइसकेको छ । निर्णय कार्यान्वयन गर्न या लागू गर्न पनि नापी गर्नु आवश्यक छ । नेपाली भूमि धेरै अतिक्रमित भइसकेको छ, सीमा स्तम्भ धेरै गायव भइसकेको छ, कति जीर्ण अवस्थामा छ । जग्गाको नापीसँगै ती सीमा स्तम्महरूको व्यवस्था गर्नुपर्ने हुन्छ । यसतर्फ सरकारको ध्यान जानुपर्छ । जग्गा नापी गर्ने काममा सरकारले पहल गरोस् ।
Leave a Reply