नार्सियाली अर्थात् मनोगतवादी रोग अत्यन्त आत्मघाती हुन्छ
- जेष्ठ १७, २०८३
प्रधान
नेपालको छिमेकी चीनको राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण भारतको बाटो भई आएकोमा विश्लेषकहरूले फरक–फरक ढङ्गले विश्लेषण गरेका छन् । कसैले नेपाल भ्रमणबारे भारतको संवेदनशीलता बुझ्दै सी चिनफिङ भारत भई नेपालको दुई दिने भ्रमण भएको हो भन्ने अर्थ लगाएका छन् ।
केही विश्लेषकहरू हिमालको दक्षिण सिक्किम, भुटान र नेपाल ब्रिटिश भारतले जस्तै स्वतन्त्र भारतले पनि त्यही आँखाले हेर्ने गरेको हुँदा २०१३–१४ सालको टङ्कप्रसाद आचार्यको सरकारको बेला भारतको दबाबले चीनको सम्बन्ध पेकिङ्गसँग नभई तिब्बतसँग गराउन कोशिश भइरहेको थियो । नेपाल र चीनको प्राचीन सम्बन्धकै कारण त्यसले चीन भारतको दबाबपछि पनि काठमाडौँ–पेकिङ्गको कूटनैटिक सम्बन्ध पुनःस्थापना भएको मानियो । त्यसैकारण संरा अमेरिका, बेलायत र भारतले नेपाल–चीन सम्बन्धको विरोधमा तिब्बतको विद्रोह गराई दलाई लामालाई भारतमा शरणमा लगेको हो । यस अर्थमा हिमालकै दक्षिणकै सबै क्षेत्र भारतको नमानेकै कारण हिमालको उत्तरको तिब्बतको उपद्रव पश्चिमी साम्राज्यवाद र स्वतन्त्र भारतको दृष्टिकोण एउटै देखिदै आएको छ ।
सन् १९६२ को भारत–चीन सीमा भिडन्त इतिहासको विवादलाई शान्तिपूर्ण छलफलबाट टुङ्गो लगाउने र अन्य विषयको दुई देशको सम्बन्धलाई स्वाभाविक ढङ्गले अगाडि बढाउँदै जाने समझदारी हुँदै आएको देखिन्छ । तर, नेपालको सम्बन्धमा भारतको ब्रिटिश इन्डियाको र पश्चिमी साम्राज्यवादी दृष्टिकोणलाई वर्तमान भारत सरकारले छोड्न सकेको देखिन्न ।
चिनियाँ राष्ट्रपति सी चिनफिङ भारतमा प्रम मोदीले ऐतिहासिक स्थलहरू घुमी घुमी अवलोकन गराउँदै गर्दा भारतीय सरकार समर्थक टी.भी. च्यानलहरूले आधा दृश्य भारतको र आधा दृश्य अमेरिकामा मोदी र अमेरिकी राष्ट्रपति ट्रम्पसँग हात हल्लाउँदै जनताको अभिवादनको उत्तर दिँदै गरेको देखाउँदै थिए ।
ती दृश्यहरूले भारतको गाढा सम्बन्ध संरा अमेरिकासँग रहेको, अमेरिका भारतको भरपर्दो मित्र हो भन्ने अर्को अर्थमा चीनसँगको राम्रो सम्बन्ध देखावटी हो भन्ने प्रस्ट देखिन्थ्यो । कूटनैटिक ढङ्गले विश्लेषण गर्दा दक्षिण एसियाको मामलाका ‘हिन्द–प्रशान्त गठबन्ध’ मा भारत–अमेरिका एक छ भन्ने सन्देश दिँदै थियो ।
सन् २०६२ को सीमा भिडन्त हुनुभन्दा पहिले चिनियाँ प्रधानमन्त्री चाउ एनलाई र उप–प्रधानमन्त्री र विदेशमन्त्री छन् र भारत सरकारसँग वार्ता गर्न दिल्ली पुगेका थिए । प्रधानमन्त्री नेहरू र मोरारजी देहाई भारतका मुख्य वार्ताकार थिए । वार्तामा विषय वस्तु नभए पनि शान्तिपूर्ण ढङ्गले समस्याहरू समाधान गर्न छलफल गर्दै जाने भावनामा सहमत भए ।
तर चिनियाँ प्रतिनिधिमण्डलको हवाईजहाज उडेपछि भारतको तर्फबाट चीनलाई ‘आक्रमक’ भन्दै शत्रुतापूर्ण ढङ्गले निन्दा गरियो । चिनियाँ प्रतिनिधिमण्डल काठमाडौँको गौचर हवाई अडामा ओर्लियो र पत्रकार सम्मेलनमा चिनियाँ प्रम चाउ एन लाईले भने, “वार्तामा भारतीय मित्रहरू सकारात्मक थिए, तर हामीले भारतबाट बिदा लिएर बाटोमा आउँदा नकारात्मक कुरा देखियो । मित्रहरूले अगाडि नै सबै कुरा प्रस्ट गर्ने गर्छन् ।”
अर्को प्रश्नको उत्तरमा चिनियाँ प्रम छेन यीले भने साम्राज्यवादीहरूले बारम्बार हाम्रो देशमा आक्रमण गर्दै रहे, हामीले आफ्नो देशको रक्षा गर्दै आएका छौँ, हामी पनि पर्खिरहेकै छौँ, परिस्थिति यस्तै रह्यो भने लड्दा लड्दै मेरो कपाल फुलिसकेको छ, अब आवश्यकता प¥यो भने मेरो छोरा र नातिहरू पनि साम्राज्यवादसँग लड्न तयार छन् ।
पछि भारत सीमा भिडन्तको इतिहासबारे सबै अवगत छन् ।
चिनियाँ राष्ट्रपति सी चिनफिङको भारत भ्रमणपछि काठमाडौँको भ्रमण र भेटघाट सुरु भयो । अरू सबै विषय छर्लङ्ग छ ।
तर दक्षिण एसियाको परिस्थितिबारे भारतीय सरकार समर्थक टी.भी. च्यानलहरूको प्रचार सामग्रीहरू हेर्दा स्थिति सामान्य देखिन्न । खाली बमवर्षक हवाईजहाज विभिन्न प्रकारका क्षेप्यास्त्रहरू, दूरमारक यन्त्रहरूको लक्ष्य भेदमा दृश्यहरू देखिन्छन् भने पाकिस्तानप्रतिको निन्दा, विरोध, आक्रमणको धम्की वा युद्धकै वातावरण तताइरहेको देखिन्छ ।
आधुनिक हतियारहरूको प्रदर्शन गर्दै केही भारतीय सैन्य विश्लेषकहरू कोही चार महिनाभित्र संसारको नक्साबाट पाकिस्तान हराउने र कोही विश्लेषक आठ महिनाभित्र पाकिस्तानको संसारको नक्साबाट नाम निसाना नरहने धम्कीयुक्त विश्लेषण गरिरहेको हुन्छ ।
यस परिस्थितिमा दुइटा कुरा अनुमान गर्न सकिन्छ– एक, पाकिस्तानलाई भारत तर्साउँदै छ, दोस्रो बङ्गलादेशजस्तै पाकिस्तानमामाथि भारत चढाइ गर्ने तयारी गर्दै छ । त्यसपछि दक्षिण एसियाको परिस्थिति अमेरिकी साम्राज्यवादको इसाराअनुसार लामो अवधिको निम्ति भीषण युद्धको चपेटामा फसेको हेर्नुपर्नेछ । त्यसको प्रभावबाट नेपाल अछुटो हुनसक्नेछैन ।
Leave a Reply