पुटिनसँग आसियान नेताहरूको शिखर भेटवार्ता
- जेष्ठ १५, २०८३
पोर्ट–अउ–प्रिन्स, २२ अक्टोबर । राष्ट्रपति जोभेनल मोइसेको राजीनामा माग्दै सोमबार हाइटीमा हजारौं शिक्षकहरूले राजधानीमा प्रदर्शन गरेका छन् । उनीहरूले राष्ट्रपतिले राजीनामा दिएपछि मात्र काममा फर्किने बताएका छन् ।
शिक्षकहरूको आन्दोलनमा शिक्षक, अभिभावक र अन्य सर्वसाधारणले पनि साथ दिएका छन् । उनीहरू महिना दिनअघिदेखि नै राष्ट्रपतिको राजीनामा माग गर्दै सडक सङ्घर्षमा छन् । हाइटीको सामाजिक–राजनीतिक तथा आर्थिक सड्ढट चर्काउन राष्ट्रपति जिम्मेवार भएको आरोप लगाएका छन् ।
‘विद्यालयहरू बन्द छन् । शिक्षाको विषयमा पुनर्विचार गर्नुपर्ने हाम्रो माग हो । हामीले नागरिकको कर्तव्य पूरा गर्नुपर्छ । तर, त्यसको लागि सुरुमा मोइसे र अन्य कानुनी लुटाहाहरूलाई अदालतको कठघरामा उभ्याउनुपर्छ, हाइटीका शिक्षकहरूको राष्ट्रिय सङ्गठनका महासचिव जोसे मेरिलिनले भने ।
हाइटीको उत्तरी सहर क्याप–हैटेन र दक्षिणको लेस काएसमा पनि सयौंको सङ्ख्यामा शिक्षकहरूले सडकमा प्रदर्शन गरे । राष्ट्रपतिले पदबाट राजीनामा नदिंदासम्म आफ्नो आन्दोलन चालु राख्ने उनीहरूले पनि बताए ।
शिक्षक आन्दोलन हाइटीका जनताको सबभन्दा तड्गारो समस्या समाधान गर्न सक्षम नयाँ सरकार गठनको माग पूरा गराउन सक्ने सामाजिक सङ्गठन र राजनीतिक दबु बनेको छ ।
एक सत्न्दा बढी सामाजिक, राजनीतिक र आर्थिक सङ्गठनले हालै मात्र दुई वर्षभन्दा लामो असफल कार्यकाल चलाएका राष्ट्रपतिलाई बिदा गरेर सफलतापूर्वक नयाँ राजनीतिक सङ्क्रमणमा जाने सहमति गरेका थिए । उनीहरूले राज्यका निकायमा सरकारको नियन्त्रण कमजोर बन्दै गएकोप्रति भत्र्सना गर्दै हाइटीले सामना गरिरहेको अराजक अवस्थामा अन्त्यमा जोड दिएका छन् । हाइटीले ठूलो मानवीय सङ्कट सामना गरिरहेको उनीहरूको भनाइ छ ।
Leave a Reply