भर्खरै :

संरा अमेरिकी साम्राज्यवादलाई प्रजग कोरियाको गतिलो जवाफ(तस्वीर सहित)

प्योङयाङ, १५ अप्रिल । शनिबार प्रजग कोरियाले एक हजार किमिसम्म मार हान्ने क्षमता भएको पण्डुबीबाट हान्न मिल्ने बालास्टिक मिसाइलसहित अत्याधुनिक बालास्टिक र टाकटिक मिसाइलको परेड प्रदर्शन गरेर आफ्नो सैनिक क्षमता संसारसामु प्रदर्शन गरेको छ ।
प्रजग कोरियाका संस्थापक किम इल सङको १०५ औं जन्म दिवसको अवसरमा आयोजित भव्य समारोहबीच ती मिसाइलहरु प्रदर्शन गरिएका हुन् । मध्य प्योङयाङको किम इल सङ चोकमा पश्चिमतिरको अग्लो अवलोकन थलोमा बसेर प्रजग कोरियाका सर्वोच्च नेता किम जङ उनले सो परेडको अवलोकन गरेका थिए ।
शनिबारको परेड आजसम्मकै सबभन्दा विशालतम प्रदर्शन भएको बताइएको छ । परेडमा एक सय किमिसम्मको मार हान्ने क्षमता भएको एक वर्षअघि परीक्षण गरिएको भूमि–देखि–हावामा हान्ने बालास्टिक मिसाइल र एक हजार किमिसम्म मार हान्ने क्षमता भएको नयाँ पण्डुबीबाट हान्ने मिसाइल प्रदर्शन गरिएका थिए । प्रजग कोरियाले बनाएका ती सबभन्दा अत्याधुनिक हतियारहरु हुन् ।
कोरियाली जनसेनाका जोशिला परेडबीच किम जङ उनले मुस्कानसहित थपडी बनाउँदै लगातार अथक आफ्नो देशको सैनिक शक्तिको अवलोकन गरेका थिए ।
वाशिङ्टनले पूर्वी एसियाली देशमाथि आणविक हमला र मिसाइल परीक्षणको धम्कीबीच यो वर्षको ‘सूर्य दिवस’ मनाइएको हो ।
प्रजग कोरियाले संरा अमेरिकाले गर्ने कुनै पनि उत्तेजनात्मक कदमको गतिलो जवाफ दिने वाचा गर्दै आएको छ । संरा अमेरिकाको कुनै भूमिमा हान्न आफू सामथ्र्यवान भएको उनीहरुको दाबी छ ।
शनिबारको परेडमा प्योङयाङका लाखौं जनताका साथ विभिन्न देशबाट गएका पाहुनाहरुको व्यापक सहभागिता थियो । परेड झण्डै तीन घण्टा चलेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *