नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
किर्तिपुर, २ बैशाख । नवौं सहिद स्मृति कप खुला ब्याडमिन्टन प्रतियोगिता – २०७३ को समापन तथा पुरस्कार वितरण कार्यक्रम शनिबार किर्तिपुरमा सम्पन्न भयो । प्रतियोगिताका विजयी खेलाडीहरुलाई पुरस्कार वितरण गर्दै नेमकिपा नेता एवं सांसद प्रेम सुवालले मित्रता, अनुशासन, स्वास्थ्य र देशको सार्वभौमिकता रक्षाको लागि खेलकुदको विकास गर्नुपर्ने बताउनुभयो ।
खेलाडीरुले देशका सरकार सरकारमा गएका नेताहरुलाई अनुशासन सिकाउनुपर्ने चर्चा गर्दै उहाँले सरकारमा गएका नेताहरु, अनुशासनहीन हुनाले जनताले दुःख पाएको बताउनुभयो । नेपालको १०० भन्दा बढी ठाउँमा ६० हजार हेक्टर भन्दा बढी जमीन भारतीय विस्तारवादले अतिक्रमण गरेको बताउँदै उहाँले खुला सिमाना नियमित नगरी नेपालको हित नहुने बताउनुभयो । नेमकिपाले संविधानमा नेपालको क्षेत्रफल १,४७,१८१ वर्ग किमी उल्लेख गर्न माग गरेको तर भारतीय विस्तारवादको दबाबमा शासक दलहरुले नेपालको क्षेत्रफल उल्लेख गर्न आनाकानी गरेको बताउनुभयो । संविधान संशोधनमा नेमकिपाको विरोधबारे बताउँदै उहाँले हिन्दी भाषालाई सरकारी कामकाजीको भाषा बनाउने, वैवाहिक अंगिकृत नागरिकलाई देशको उच्च पदमा पु¥याउने र जनसंख्याको आधारमा राष्ट्रिय सभामा प्रतिनिधित्व लगायतका प्रावधानले देशको सार्वभौमिकता खतरामा पार्ने बताउनुभयो ।
युवा खेलकुद समूह किर्तिपुरको आयोजनामा भएको उक्त कार्यक्रममा जनसेवा उमाविका प्राचार्य नन्दकुमारी महर्जन, सहिद स्मृति व्यवस्थापन समितिका अध्यक्ष सिद्धिकुमार मानन्धर, राष्ट्रिय खेलाडी राम राई, किर्तिपुर ब्याडमिन्टन क्लबका अध्यक्ष राजु महर्जन र युवा खेलकुद समूह किर्तिपुरका अध्यक्ष हरिकुमार महर्जनले पनि बोल्नुभएको थियो ।




Leave a Reply