क्युवा : अमेरिकी विमान खसालिनुको रहस्य
- जेष्ठ १६, २०८३
सुरज सिंह
नेपाल र भारत छिमेकी देश हुनुको साथै दुई देशबीच खुला सिमाना भएकोले दुई देशका नागरिक अध्ययन, उपचार वा विभिन्न कामको उद्देश्यले अर्को देशमा जाने गर्छन् । त्यसलाई अन्यथा मान्न सकिन्न । तर, कानुनतः एकै व्यक्ति एकै पटक दुई देशको नागरिक रहन सक्दैन । नेपाल र भारत दुवै देशको कानुनले त्यसको अनुमति दिंदैन । विगतमा नेपालबाट भारतमा बसाइँ सरेका र भारतबाट नेपाल पसेका कतिपय मानिससित दोहोरो नागरिकता भएका खबर सुनिएका थिए । भारतीय नागरिक छँदाछँदै नक्कली विवरण पेश गरेर नेपाली नागरिकता लिने कतिपय व्यक्तिमाथि कारबाही भएका समाचार पनि कहिलेकाहीँ पढ्न पाउँछौँ ।
अहिले आएर भारतको स्थानीय निर्वाचन लडेका मानिस नेपालको प्रदेशसभा सांसद बनिबसेको र भारतको कलेज व्यवस्थापन समितिको अध्यक्ष रहेका व्यक्ति अहिले नेपालको सङ्घीय सांसद रहेका समाचार पनि आइरहेका छन् । सत्य तथ्य के हो नेपाल सरकारले गहन छानबिन गरी बाहिर ल्याउनुपर्छ । दोहोरो नागरिकता लिएर नपालको राजनीतिक वा प्रशासनिक पदमा बसेका छन् भने त्यस्तामाथि कडाभन्दा कडा कारबाही हुनुपर्छ । वास्तवमा हाम्रो देशको सार्वभौमिकता कमजोर बनाउने काम यस्तै दोहोरो नागरिकताधारीहरूले गर्दै आएकोमा कुनै शङ्का छैन । सम्पति, सत्ता, शक्तिको आडमा कसैलाई पनि गैरकानुनी सुविधा उपभोग गर्ने मौका दिइनुहुँदैन ।
Leave a Reply