भर्खरै :

सन्देश

साहिला
सातौँ महाधिवेशन थियो
३ असोजका दिन
काठमाडौँदेखि ¥याली
च्याह्मासिंहबाट पनि ¥याली
¥यालीभित्र अनेक थरी
बाजा गाजा बजी
भेषभूषा अनेक थरी
¥याली राम्रो थियो ।
हिमाल, पहाड, तराईका सहभागीहरु धेरै
ठाउँअनुसार भाषा बोल्दै
पहिरन बेग्लै ।
एक अर्काको भाषा नबुझे पनि
नारा सबको एउटै
गन्तव्य एउटै भावना उही
उद्देश्य पनि उही
पूर्व मेची, पश्चिम महाकाली
दक्षिण तराईका
उत्तर हुम्ला जुम्लाका
सबै भेला भएका ।
सहभागी, दर्शक भन्थे
भव्य सभ्य अनुशासित
¥याली यो राम्रो थियो
महाधिवेशन क्या राम्रो ।
कामदार वर्ग हामी
दिन दुःखी हामी
ठाउँ फरक भएर के भो
पीडा उस्तै उस्तै ।
समाधानको उपाय दिने
यो महाधिवेशनको ठूलो
आफ्नो लागि भन्दा पनि
हाम्रो लागि गर्नु ठूलो ।
स्वार्थ हाम्रो थियो भने
देश र जनको सेवा
नक्कलीलाई पन्छाउने
सङ्घर्ष गर्ने हाम्रो पेवा ।
माक्र्सवाद लेनिनवाद माओविचार बुझौँ
सारा जनता मिली
जनताको प्रजातन्त्र ल्याऔँ
हामी मिलीजुली ।
साम्राज्यवाद, विस्तारवादको
थिचोमिचो कति सहौँ
संसारका कामदार वर्ग
अब एकजुट होऔँ ।
ज्ञान गुणका कुरा सिकौँ
यो महाधिवेशनबाट
सिकेका बुझेका कुरा अरुलाई बुझाउने
यही सन्देश देऔँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *