राउल क्यास्ट्रोविरुद्धको अभियोग : युद्धका लागि बहाना
- जेष्ठ १५, २०८३
– सुरजसिंह
रौतहट नरसंहार पार्टी संरक्षित जघन्य अपराध भएकोमा धेरै राजनीतिक विश्लेषकहरू सहमत छन् । नेपाली राजनीतिमा यस्ता विकृति र विसङ्गतिको थुप्रो दिनप्रतिदिन बढ्दो अवस्थामा छ । निर्वाचनसँग जोडिएको यो हत्याकाण्ड राजनीतिमा भएको अपराधीकरणको घिनलाग्दो नमुना हो । यस्ता घटना गराउने पात्रहरूलाई कानुनको दायरामा ल्याएर सजायको भागी बनाउन सकिएन भने यस्ता घटना पटक–पटक दोहोरिरहन्छन् । सतहमा देखापरेका र लुकेका राजनीतिसँग जोडिएका यस्ता आपराधिक घटनाको आमजनताले नै खोजबिन र कारबाहीको दायरामा ल्याउन दबाब दिन सकियो भनेमात्र राजनीतिमा बढ्दो अपराधीकरणको प्रवृत्तिलाई नियन्त्रण गर्न सकिने छ ।
देशैभरका जनता कुनै पनि अपराधको अभियोगमाथि निष्पक्षरूपमा र प्रमाणका आधारमा अनुसन्धान हुनुपर्छ भनी आवाज राखिरहेको बेला नेपाली काङग्रेसले भने अभियोगमाथि अनुसन्धान नै रोक्नुपर्छ भनी रौतहट सदरमुकाम गौरमा दबाबमूलक जुलुस गरेको छ । नेपाली काङ्ग्रेस जिल्ला कार्य समितिको निर्णयअनुसार सरकारले आलमलाई १२ वर्षअघिको झूटा मुद्दामा फसाउन खोजेको भन्दै शुक्रबार काङ्ग्रेस निकट कार्यकर्ताले जिल्ला सदरमुकाम गौरमा मुखमा कालोपत्ती बाँधेर मौन प्रदर्शन गरेका हुन् । आलम पक्राउ परेको भोलिपल्ट नै काङ्ग्रेसले गौरमा जुलुस प्रदर्शन र प्रहरीसित ढुङ्गा हानाहान गरिसकेको छ । अनुसन्धान नै गर्नुहुँदैन भने काङ्ग्रेसी कार्यकर्ताको मागलाई काङ्ग्रेस समर्थक बुद्धिजीवीहरू नै काङ्ग्रेसको राजनीति नभई ‘लाजनीति’ भएको बताउँछन् । यसमा काङ्ग्रेसलाई दसकौंदेखि नीतिविहीन पार्टी बनाउने नेतृत्व जिम्मेवार भएको बताएका छन् । अपराधी र भ्रष्टाचारीहरूलाई जोगाउने र विधिको शासनको विरोध गर्ने नेपाली काङ्ग्रेसको आदर्श र सिद्धान्त नभएको उनीहरूको दाबी छ । यस्तै नीतिविहीनता र कानुनी शासनको विरुद्ध लागिरहे काङ्ग्रेस इतिहासको पानामा सीमित हुने निश्चित छ ।
Leave a Reply