ख्वप अस्पताललाई आधुनिक र सुविधासम्पन्न अस्पतालको रूपमा विकास गर्ने प्रयास गर्दै छौँ
- जेष्ठ ११, २०८३
भक्तपुर, ८ कार्तिक । दीपावलीको अवसरमा वागीश्वरी कलेजमा शुभकामना तथा स्वागत कार्यक्रम सम्पन्न भयो । त्यस्तै वागीश्वरी मा.वि च्याह्मासिंहमा पनि सोही अवसरमा छुट्टै शुभकामना कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका मेयर तथा कलेज व्यवस्थापन समितिका अध्यक्ष सुनिल प्रजापतिले नेपाल संवत् ११४० को शुभकामना दिँदै उच्च शिक्षामा समयअनुसार नयाँ–नयाँ विषय समावेश गर्दै लानुपर्ने बताउनुभयो । उहाँले भक्तपुर नगरमा सञ्चालित सामुदायिक तथा सार्वजनिक शिक्षण संस्थाहरू देशको लागि उदाहरणीय बन्दै आएको बताउनुभयो ।
च्याम्हासिंहको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रवीन्द्र ज्याख्वले विद्यार्थीहरू पढाइका साथै सभ्य र सुसंस्कृत हुन आवश्यक रहेको विचार व्यक्त गर्नुभयो ।
वागीश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठले कलेजको थप प्रगतिको लागि सहयोगको अपेक्षा रहेको बताउनुभयो ।
यस कलेजका पूर्वप्रधानाध्यापक तथा कलेज व्यवस्थापन समितिका उपाध्यक्ष मोहनप्रसाद प्रजापतिले कलेजको लागि भवनको अभावले अध्ययनका लागि आएका विद्यार्थीहरूलाई ठाउँ दिन नसकेको अवस्थाबारे जानकारी गराउनुभयो ।
कार्यक्रममा प्रधानाध्यापक कृष्णप्रसाद धन्छा, प्रा.डा.सिद्घिवीर कर्माचार्य, कलेज व्यवस्थापन समितिका सदस्य सुशीला कर्माचार्य, शिक्षक ग्येहेन्द्रप्रसाद दाहाल, राजन चौगुठी, निरू ताल्चाभडेल, विद्यार्थीहरू रमि त्यात र विशाल माकलगायतले शुभकामना मन्तव्य दिनुभएको थियो ।
कार्यक्रममा गीत, सङ्गगीत तथा नृत्य प्रस्तुत गरिएको थियो ।
बासु माविमा मैत्रीपूर्ण फुटसल प्रतियोगिता
भक्तपुर, ८ कार्तिक । दीपावली तथा नेपाल संवत् ११४० को अवसरमा बासु माविमा कार्यरत शिक्षक र कक्षा ११–१२ विज्ञान सङ्कायमा अध्ययनरत विद्यार्थीहरूबीच शुक्रबार मैत्रीपूर्ण फूटसल प्रतियोगिता भयो ।
प्रतियोगितामा विद्यार्थीहरू ५–२ गोलको अन्तरले विजयी भए ।
त्यस्तै बासु माविमा कार्यरत शिक्षकहरूबीच शुक्रबार शुभकामना कार्यक्रम भयो । कार्यक्रममा विद्यालयका प्रअ अम्बिका न्याइच्याइँले विद्यार्थीको सिकाइ उपलब्धि वृद्धिको लागि मेहनत गर्नुपर्ने आवश्यकता आँैल्याउनुभयो । बिहीबार नै बासु माविमा अध्ययनरत कक्षा १ देखि ६ का विद्यार्थीहरूबीच मण्डप लेखन प्रतियोगिता सम्पन्न भयो ।
यसैगरी डोलेश्वर आधारभूत विद्यालयको सहयोग र डोलेश्वर बाल क्लवको आयोजनामा शुक्रबार शुभकामना, विशेष चिठ्ठा र मण्डला लेखन प्रतियोगिता सम्पन्न भयो ।
विद्याआर्जनमा शुभकामना कार्यक्रम
भक्तपुर, कार्तिक ८ । भक्तपुर नगरपालिका आदर्श बस स्टपस्थित विद्याआर्जन सेकेन्डरी स्कूलले दीपावली तथा छठ पर्वको अवसरमा विद्यार्थीहरूको अग्रसरतामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरियो । विद्यालयका प्रिन्सिपल पुरुषोत्तम ग्वाछाले विद्यार्थीहरूलाई काम गर्ने अवसर र उत्साह दिइएमा दिइएको जिम्मेवारी सजिलै सम्पन्न गर्न सकिने बताउनुभयो ।
विद्यालयका अङ्ग्रेजी शिक्षक एकनाथ अधिकारी र सामाजिक शिक्षक विकास बस्नेतले शुभकामना दिनुभएको थियो । कक्षा १० की विद्यार्थी प्रेमा मोक्तानले विद्यार्थीलाई किताबी ज्ञानमात्र नभई कार्यक्रम गर्ने अवसर दिनुभएकोमा धन्यवाद दिनुभयो । विद्यार्थी भाइबहिनीहरूले सांस्कृतिक प्रस्तुति गरेका थिए । कार्यक्रम संयोजन विद्यार्थी सृष्टि जाकिबञ्जारले गर्नुभएको थियो भने सांस्कृतिक संयोजन शिक्षिकाद्वय मणिकला राई र कमला प्रजापतिले गर्नुभएको थियो ।
गणेश माविमा शुभकामना तथा सांस्कृतिक कार्यक्रम
भक्तपुर, ८ कार्तिक । नेपाल संवत् ११४०, दीपावली तथा छठ पर्वको उपलक्ष्यमा शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रम गणेश माध्यमिक विद्यालयमा शुक्रबार भयो ।
कार्यक्रममा विद्यालयका पूर्वप्रधानाध्यापक न्हुछेभक्त फोजूले स्थानीय पाठ्यक्रमले सम्बन्धित ठाउँका जनजीवन, कला, संस्कृति, रीतिरिवाज र चाडपर्वलाई समेटेर विद्यार्थीहरूलाई सुशिक्षित गर्न सकेको खण्डमा भावी पुस्ताले यसलाई सौहार्दपूर्णरूपमा मनाउँदै जीवन्त तुल्याउने कुरा बताउनुभयो । शैक्षिक परिवर्तनका लागि व्यवहारिक, रचनात्मक र आलोचनात्मक दृष्टिकोण राख्न सकिने विद्यार्थीहरू उत्पादन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
कार्यक्रममा चाँगुनारायण शिक्षा शाखाका अधिकृत दिनेश अर्याल, शिक्षक प्रतिनिधि रामकृष्ण त्यात, विद्यार्थी हित समिति गणेश मा.वि.का सचिव अनिसा लिगल र प्रअ इन्द्रबहादुर फोजूले पनि शुभकामना व्यक्त गर्नुभएको थियो ।
Leave a Reply