भर्खरै :

अतिरिक्र क्रियाकलापको शैक्षिक क्यालेन्डर बनाउन सोच्ने कि !

– पूर्णिमा
नेपालको पुराना तीन सहरमध्ये भक्तपुर नगरले आफ्नो छुट्टै पहिचान कायम गर्न सफल भइरहेको छ । ४०–५० वर्ष अगाडिसम्म निकै नै फोहोर र दुर्गन्धित नगरको रूपमा दुत्कार गरिएको भक्तपुर नगरमा नेपाल मजदुर किसान पार्टीका जनप्रतिनिधिहरू भनपामा निर्वाचित भएदेखि नगरको विकासमा परिवर्तन हुँदै आएको हो ।
स्वास्थ्य, सरसफाइ, पारदर्शिता, कला–संस्कृति संरक्षणमा अब्बल भएको भक्तपुर नगर एउटा शैक्षिक गन्तव्यको रूपमा पनि विकास हुँदै छ । भनपाद्वारा सञ्चालित शैक्षिक संस्थानहरू ‘ख्वप ब्राण्ड’को रूपमा रहेको र ख्वप सर्कलका कलेजहरु आदर्श मोडेल भएको धारणा भनपामा आउने विभिन्न प्रतिनिधिमण्डलले व्यक्त गरेका समाचारहरूबाट पुष्टि हुन्छ ।
भनपाले विभिन्न खेलकुद प्रतियोगितालगायत नगरवासीहरूलाई आत्मनिर्भर बनाउने सोचसहित सीपमूलक तालिमहरू दिँदै आएको कदम सराहनीय छ । यी गतिविधिका अतिरिक्त नगरपालिकाले युवाहरूको व्यक्तित्वको विकास (विशेषतः उच्च शिक्षा र विश्वविद्यालय शिक्षा तथा स्वअध्ययन गरेका विद्यार्थीहरूबीच) को लागि जस्तै ः कविता, वादविवाद, साहित्य लेखन, नृत्यलगायत प्रतियोगिता कम्तीमा मासिकरूपमा गर्नु आवश्यक छ । भक्तपुर नगरसँग सम्बन्धित विविध विषयमा अनुसन्धानमूलक तथ्याङ्कहरू (रिपोर्ट÷ लघुअनुसन्धान लेख) लेख्न लगाई नगरको हितमा उपयोग गर्नसके नगर विकासमा महत्वपूर्ण योगदान हुनेछ । यस सम्बन्धमा भनपाले अतिरिक्त गतिविधि गर्नेे क्यालेन्डर बनाई काम गर्न थालनी गरे भनपाको उचाइ अझ बढ्ने विश्वास छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *