राउल क्यास्ट्रोविरुद्धको अभियोग : युद्धका लागि बहाना
- जेष्ठ १५, २०८३
सुनिता गाइसी
दसैँले बिदाइको हात हलाइरहँदा सबैजना तिहारको स्वागत गर्न तत्पर रहेको देखेर मलाई भने कता कता मखमलीको थुङ्गाले नै बिझायोझँै लाग्यो । विगत १०/११ वर्षदेखि तिहारमा भाइलाई टीका लगाउन पाएकी थिइन । कहिले भाइको बिदा नमिल्ने त कहिले यता चाड मान्न नहुने यसरी समयले लुकामारी खेल्दा खेल्दै यति लामो समय बितिसकेछ पत्तै भएन । सबैतिर रमाइलो झिलिमिली हुँदा आफ्नो मनको एउटा कुनामा सधैँ अँध्यारै भइरहन्थ्यो । सबैका अगाडि हाँसेर खुसी भएको नाटक गर्नुसिवाय अरु विकल्प थिएन मसँग । साँच्चै जुन कुरा हामी सजिलै पाउन सक्छौँ त्यसको महत्व कम हुने रहेछ जे हामीसँग छैन त्यो अति नै मूल्यवान हुन्छ । यसपालिको भाइटीकामा त भाइ आउँछ कि भनी मखमली उनेकी छु । थाहा छैन, यसपालि पनि पोहरजस्तै हुने हो कि ? प्रिय भाइ, तिमी आफ्नो दिदी सम्झेर फर्की आउ, यहाँको माटोलाई तिम्रो आवश्यकता छ ।
वास्तवमै तिहार पर्वलाई पाँच तिथिहरूको पर्वको रूपमा मनाइन्छ । यस पर्वको अवसरमा काग, कुकुर, गाई, गोरु र दाजु–भाइलाई पूजा गरिन्छ । तिहार पर्वलाई अँध्यारोबाट उज्यालोतिर लैजाने पर्वको रूपमा लिइन्छ । यस पर्वलाई विभिन्न उपमाले सम्बोधन गर्ने गरिन्छ । जस्तैः दीपावली, दीपमालिका, ज्योतिपर्व । परापूर्वकालदेखि नै अन्धकारलाई मानिसले शत्रुको रूपमा मान्दै आएका छन्, अँध्यारो भन्नु नराम्रोको सङ्केत मानिन्छ । त्यसैले एउटा सानो दियोसँग पनि त्यस्तो शतिm हुन्छ जसले मानिसलाई नकारात्मकताबाट सकारात्मकतातिर डोर्याउँछ । कार्तिक कृष्णपक्षका त्रयोदशी, चतुर्दशी, औँसी र शुक्लपक्षका प्रतिपदा र द्वितीयासम्म तिहार पर्व मनाइन्छ । तिहार पर्वलाई यमपञ्चक पनि भनिन्छ । यमराज साक्षात् मृत्युका देवता हुन् । यसै पर्वको अवसरमा दिदी–बहिनीले आफ्ना दाजु–भाइको लामो आयुको कामना गर्दै दैलोमा ओखर फुटाई तेलको घेरा लगाई कहिले नओइलाउने मखमली पूmलको माला लगाइदिने गर्दछ । यस्तो महान पर्वमा म पनि तिमी आउने बाटो हेरेर बसेको छु भाइ ।
नेपालीहरूको हरेक चाडपर्वले विशेष महत्व बोकेको हुन्छ । त्यसमध्ये तिहारले दिदी–बहिनी र दाजुभाइको सम्बन्धको विशेष चर्चा गर्दछ । यस्तो पर्वमा आफ्ना दाजु–भाइ वा दिदी–बहिनीबाट टाढा बस्नुको पीडा सायद भोग्नेहरूलाई मात्र थाहा होला । त्यसैले भाइ यो भाइटीकामा त आउँछौ कि भनी आशामा रहेको छु । सायद तिमीले त विदेशको झिलिमिलीमा बसेर हामीलाई बिर्सेजस्तो भान हुन्छ मलाई । यहाँ फुलेको मखमली बतासले हल्दा पनि यसले तिमीलाई सोधेजस्तो लाग्दछ । गाउँमा पीपलको रुखमा हालेको पिङ्ग खेलेर मच्चाउँदा माथि पुगेर हेर्दा कतै तिमीलाई पो देखिन्छ जस्तो लाग्दछ । पहिला–पहिला तिहारमा तिमी हुँदा लक्ष्मी पूजा गरेको देउसी भैलो खेलेको याद आज पनि ताजै छ । तर, तिमीले त ती सब भुलेजस्तो लाग्यो । त्यसैले हरेक तिहारमा फुल्ने मखमलीले पनि कता–कता घोचेजस्तो लाग्छ मलाई । सात समुद्र पारी रहे पनि तिमीलाई मेरो माया र आशीर्वाद । तिमी जहाँ रहे पनि सधैँ खुसी र सुखी रहनू ।
Leave a Reply