राउल क्यास्ट्रोविरुद्धको अभियोग : युद्धका लागि बहाना
- जेष्ठ १५, २०८३
सामना
नेपालीहरूले सबैभन्दा ठूलो चाड दसैँलाई बिदाइ गरिसकेका छन् भने दोस्रो ठूलो चाड तिहारलाई घरआँगनमा स्वागत गरिसकेको वातावरण छ । यो तिहारको मौसम पनि उत्तिकै रमणीय छ । काम विशेषले टाढा बसेका दिदीभाइ तिहारकै लागि भए पनि घर फर्किरहेका छन् । घरलाई सफासुग्घर गरेर लक्ष्मीकोे बास हुने भन्ने विश्वासले भए पनि फूल, दियो बालेर घरलाई सुन्दर बनाइएको छ । आँगनमा मखमली र सयपत्री फूलहरू ढक्कमक्क फुलिरहेका छन् । दाजुभाइ दिदीबहिनी एकै ठाउँमा जम्मा भएर देउसी भैलो खेल्दै गाउँघर घुमिरहेका छन् । यसले हाम्रो संस्कृतिको प्रतिनिधित्व गरिरहेको छ र चारैतिर उमङ्गको वातावरण छाएको छ ।
हाम्रो सांस्कृतिक पर्वले हामी निकै धनी छौँ । तिहार, न्हु दँ र छठको वातावरणले चारैतिर उमङ्ग छाएको छ । दसैँपछिको सबैभन्दा ठूलो पर्व तिहार हो । तिहारका पाँचै दिन चारैतिर झिलिमिली बत्ती, रङ्गीबिरङ्गी फूलहरूले घरपसल सजाइन्छ । विशेषगरी हिन्दू धर्मालम्बीहरू तिहारलाई धूमधामका साथ मनाउँछन् । तिहार मनाउने चलन नेपालबाहेकका अन्य देशहरू भारत, बेलायत, थाइल्यान्ड, स्कटल्यान्ड, जापान, क्यानडा जहाँ हिन्दूहरूको बाहुल्य छ त्यहाँ पनि मनाउने गरेको पाइन्छ ।
तिहार पर्व कार्तिक कृष्ण पक्ष त्रयोदशीका दिन काग तिहारको नामले सुरु भएर कार्तिक शुक्ल पक्षको द्वितीया तिथिको भाइटीकासम्म पाँच दिन मनाइँदै आएको छ । यो पर्व पाँच दिनसम्म मनाइने भएकोले यसलाई यमपञ्चक भन्ने गरिन्छ । तिहारका सबै दिन झिलिमिली बत्ती देख्दा मनै आनन्दित हुन्छ । देउसीभैलो खेलेको हेर्दा, ती पुराना भाकाहरू सुन्दा मनै उमङ्गले प्रफुलित हुन्छ । तिहारमा दसैँमाजस्तै बलि चढाउनुपर्दैन । यसमा काग, कुकुर, गाई, गोरुसमेतको पूजा गरिन्छ । समग्रमा भन्न सकिन्छ तिहार मानवीय भावनाको पर्व हो । तिहारको अन्तिम दिन भाइटीका । यो पर्व विशेष उत्साहका साथ मनाइन्छ । हाम्रो समाजमा, परिवारमा दाजुभाइ दिदीबहिनीको आत्मीयता, माया ममतालाई दिगो बनाउन ठूलो भूमिका खेलेको हुन्छ । हरेक दिदीबहिनीले आफ्ना दाजुभाइको दीर्घायु एवम् समृद्धिको कामना गर्ने दिन आफैँमा महत्वपूर्ण छ । लामो समयसम्म भेटघाट नभएका दाजुभाइसँग भेटघाट हुने, सम्बन्धमा आएको चिसोपन हटाई मिलन गराउने तथा सम्बन्धलाई अझ दिगो बनाउने माध्यमको रूपमा भाइटीका लगाइन्छ ।
लक्ष्मी पूजाको दिन लक्ष्मी पूजा गरेर धनको देवीले वास गर्ने, भाइटीकाको दिन यमराजले भाइलाई मृत्युको मुखमा लैजान खोज्दा भाइटीका लगाइसकेपछिमात्र लैजान पाउने अनुरोध यमराजले स्वीकारेपछि भाइटीकाकै प्रभावले भाइको मृत्यु हुनबाट बचेको जस्ता प्राचीन कथाहरू पनि नजोडिएका होइनन् ।
दीपावलीबारे मूलतः दुई वटा पौराणिक मान्यताहरू चर्चित रहेको पाइन्छ । पहिलो, रावणको वध गरी राजा राम अयोध्या फर्केर राज्यभिषेक गरेको, दोस्रो, श्री कृष्ण र उनकी श्रीमती सत्तमाले असुर नर्कासूरको बध गरेको दिनको रूपमा दीपावली उत्सव मनाइएको कथा । यी दुवै कथामा शत्रुको बधलाई उत्सवको रूपमा मनाइएको छ ।
तिहारलाई हामीले एक सांस्कृतिक पक्षकै रूपमा मनाउँदै आएका छौँ । मानव समाजले गर्ने विभिन्न क्रियाकलाप, चालचलन, जीवनपद्धति, रहनसहन, भेषभूषा, कलाकृति आदिलाई संस्कृति भनिन्छ । संस्कृति भनेको मानव समाजको उपज हो । यहीँ क्रियाकलापको क्रममा मानव समाजमा चाडपर्वको पनि विकास भयो ।
समाज परिवर्तनशील भएकोले आर्थिक, सामाजिक, सांस्कृतिक तथा राजनीतिक प्रणालीमा परिवर्तन आउँदछ । यसर्थ समय सापेक्ष उत्पादनका स्रोत र साधनमा आउने फेरबदलसँगै यो तिहारको स्वरूपमा पनि फेरबदल वा परिवर्तन हुने कुरामा कसैको दुईमत नहोला ।
नेपाली समाज अहिले चाडपर्वमय भएको छ । आफ्नै मौलिक कला, संस्कृति एवम् सम्पदाका धनी नेपालीहरूले वर्षभरिजस्तै विभिन्न प्रकारका चाडपर्वहरू तथा उत्सव मनाइरहेका हुन्छन् । यस्ता विविध सांस्कृतिक पर्वमा तिहार पर्वलाई प्रमुख चाडको रूपमा लिइन्छ । हरेक चाडपर्व त्यहाँका बासिन्दाले आ–आफ्नै संस्कृतिअनुसार मनाउने गर्छन् । कतिपयले चाडपर्व मनोरञ्जनको लागि हुन्छ भने गर्दछन् । कतिपयको लागि बोझको रूपमा हुन्छ ।
यसरी हरेक दृष्टिकोणबाट उच्च मानिने तिहारजस्तो सांस्कृतिक पर्वलाई समाजमा केही मानिसहरूले नकारात्मकरूपमा लिई यसलाई विकृतितर्फ लगेको पाइन्छ । सांस्कृतिक पर्वमा विस्तारै आएका विकृतिहरू र छाडा पश्चिमा शैलीले हाम्रो संस्कृति नै धरापमा पर्ने खतरा बढ्दै गएको छ ।
हाम्रा चाडपर्वहरू निकै खर्चिला बन्दै गएका छन् । तिहारमा प्रायः युवायुवती तथा बालबालिकाहरू भुइँचम्पा, पटाका, वारुद्घ पट्काउँछन् । कतिपय ठाउँमा पटकाले दुर्घटना पनि निम्त्याउँछ । वातावरणलाई प्रदूषण बनाउँछ । मिठाइ तथा खानेकुरामा पनि मिसावट गरिन्छ, जसले स्वास्थ्यमा खराब असर पार्दछ । तिहारमा मानिसहरू जाँड–रक्सी खाएर जुवातास बढी नै खेल्छन् । यस्ता खालका गतिविधिले गर्दा रमाइलोको नाममा घर परिवार तथा साथीभाइसँग भैm–झगडासमेत भएको देख्न सकिन्छ । अहिले देउसी–भैला खेल्दा पनि बढी तोकेरै माग्ने अनि मागे जति पैसा नदिए तोडफोड गर्नपछि नपर्ने जमात पनि देखिन्छ । यस्ता कार्यले समाजमा अराजकता फैलिनुको साथै समाजलाई नै विकृतितर्फ धकेलिरहेको हुन्छ ।
चाडपर्वको बेला अधिकांश सम्भ्रान्त परिवारले अधिक खर्च गर्दछन् र मनोरञ्जन गर्दछन् । बार, बम, पटाका, वारुद्ध पट्काउँदा वातावरणमा नकारात्मक प्रभाव पर्नुका साथै आगलागीसमेत भई मानवीय क्षतिसम्मका घटनाहरू घट्ने हुन्छ । पटकाजन्य पदार्थ पट्काउँदा सबैभन्दा पहिले पटाकाको धुवाँ र त्यसबाट हुने असरको बारेमा जान्न जरुरी छ । पटाकाभित्र शरीरलाई असर गर्ने हानिकारक विषाक्त पदार्थ मिसाइएको हुन्छ । यसबाट आएको धुवाँले दम, टीभी, वृद्धलगायतका बिरामीहरूलाई प्रत्यक्ष असर गर्दछ । यस्ता मानव स्वास्थ्यलाई समेत असर पार्ने खालका साधनहरू नेपाल बाहिरबाट आयात हुँदै आएका छन् । भारतीय नाकाहरूमा चेक जाँचमा कडाइ नगरिदाँ यसप्रकारका सामानहरू भारतीय बजारबाट नेपालमा सहजै भित्रिएका छन् ।
यसरी आर्थिक, शारीरिक एवम् मानसिक कष्ट आउने मनोरञ्जनले हाम्रो समाजलाई पछि धकेल्नेतर्फ हामी सचेत हुनुपर्दछ । यसले देखासिखी गरी एकातिर बर्सेनि करोडौँ नेपाली रुपैयाँ बाहिर गइरहेको छ भने अर्कोतर्फ विकृतजन्य सामानमा खर्च गरी अवैधरूपमा सामानहरू नेपाल भित्रिदै छन् र तिहारमा विकृति फैलिँदै छ ।
चाडपर्वको समयमा तस्करी अघिल्लोपछिको दिनभन्दा तुलनात्मरूपमा वृद्धि भएको देखिन्छ । भारतीय सीमानाकासँग जोडिएका जिल्लाहरू कैलाली, कञ्चनपुर, बर्दिया, बाँके, बारा, पर्सा, रौतहटलगायत सिमाना जोडिएका जिल्लाहरूबाट तस्करीका घटनाहरू बढी नै भइरहेका छन् । तस्करी भएका अवैध सामान देशैभरका बजारहरूमा खुलेआम बिक्री भइरहेका छन् । सीमानाकामा सर्वसाधारणले दैनिक उपभोगका लागि साइकल, झोला र घरायसी प्रयोजनको लागि हातमा बोकेर ल्याएको सामानमा कडाइ गर्ने नाममा जनतालाई अनावश्यक दुःख दिइरहेको पाइन्छ । भारतीय र नेपाली प्रहरीले उपभोक्तासँग विनाकारण १०÷२० रुपैयाँ थुत्ने गर्दा सर्वसाधारण जनता आजित बनेका छन् ।
प्रहरी र भन्सारकै कर्मचारीको मिलेमतोमा तस्करी बढिरहेको, तस्करहरूसँगको मिलेमत्तोमा भन्सारकै कर्मचारीले व्यापारीबाट सामानको मूल्य घटाएर राजस्व लिनेसम्मका घटनाहरू भएका समाचारहरू बढी आउने गरेका छन् । स्थानीय प्रशासनले एक–दुईजना साना तस्करलाई समातेको समाचार पनि सुनिन्छ तर ठूला तस्करहरू प्रहरीकै संरक्षणमा छोडिन्छन् । यसतर्फ सरोकार निकायले आफ्नो कर्तव्य र दायित्व बुझ्ने कि नबुझ्ने ?
पछिल्लो समय हाम्रा चाडपर्व जुनरूपमा मनाउनुपर्ने हो त्यो अनुरुप मनाइएको पाइँदैन । प्रचलित मूल्यमान्यताभन्दा फरक तरिकाले तडकभडक र विकृति फैलाउने तरिकाले मनाइँदै छ । तिहारमा देउसी भैलोजस्ता मनोरञ्जनात्मक क्रियाकलापमा संलग्न हँुदा सभ्य तरिकाले मनाउन र स्थानीय प्रशासनले तोकिएको समयावधि र प्रक्रियाको पालना गरी सभ्यसँग मनाउनुपर्दछ । देउसी भैलो कार्यक्रमलाई मनोरञ्जनात्मकरूपमा र सामाजिक मूल्य मान्यताअनुरुप मनाउनुपर्दछ । तिहारको महत्व, दिदी र भाइ बीचको पे्रम, खानाको परिकार, फलफूल, मिठाइमा गरिने मिसावट र अखाद्य पदार्थको मिसावटजस्ता महत्व दर्शाइ तिहारलाई जनचेतनामूलक र सन्देश प्रवाह गर्ने खालको बनाउनुपर्दछ । यसतर्फ सम्पूर्ण विद्वत वर्ग लाग्नुपर्ने आवश्यक छ । तिहार २०७६ को शुभकामना छ ।
Leave a Reply