भर्खरै :

ब्राउन बनिन् संसारकै सबभन्दा बुढी मान्छे

संसारको सबभन्दा बुढो मानिस इमा मोरानोको एक सय सत्र वर्ष १ सय ३७ दिनमा शनिबार निधन भए पछि जमाइकाका भायोलेट ब्राउन संसारकै सबभन्दा बुढो व्यक्ति बनेकी छन् । उनी एक सत्र वर्ष ३६ दिनकी हुन् । ब्राउनको जन्म सन् १९०० मार्च १० त्रिलाने, द्वानभलेमा भएको थियो । उनको जन्म हुँदा जमाइका बेलायतको उपनिवेश थियो । ब्राउन उखु किसान थिइन् । उखु खेतीमा लाग्नु अघि उनी स्थानीय एक चिहानमा रेकर्ड राख्ने काम गर्थिन् । उनका पति त्यही चिहानको रखबारी गर्थे ।
उनलाई माछा र खसीको मासु खान मन पर्छ । कहिलेकाहीं उनी गाईको खुट्टा खान पनि मन पराउँछिन् । उनी बंगुरको मासु र कुखुराको मसी भने खान मन पराउँदिनन् । त्यसअतिरिक्त उनलाई सखरखण्ड, आइरिस आलु, सुन्तला र आप खान मन लाग्छ ।
आफ्नो दिर्घजीवनबारे उनले एउटा अन्तर्वार्तामा भनिन्,‘भगवानको कृपाले मैले यति लामो जीवन पाएकी छु । मलाई मेरो उमेरप्रति गौरव लाग्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *