विश्व शान्तिको रक्षा गर्नु हाम्रो जिम्मेवारी हो
- जेष्ठ १४, २०८३
गोकर्ण तथा साथीहरू
तिहार बिदाको कारण देखाई ठूलठूला दैनिक पत्रिकाहरू आइतबारदेखि बन्द गरिएका छन् । ‘तिहारको उज्यालोले ल्याओस् सबैमा हर्ष ! खुसी छर्दै जाओस् नेपाल संवत् नयाँ वर्ष’ भन्ने हार्दिक शुभकामना दिंदै प्रकाशन समितिले अर्को पत्रिका कार्तिक १४ गतेमात्र प्रकाशन हुने सूचना जारी गरेको छ । राजधानी, अन्नपूर्ण, नयाँ पत्रिका, नागरिक दैनिक आदि राष्ट्रिय दैनिक पत्रिकाहरू कार्तिक १४ गते र कान्तिपुर दैनिक मङ्गलबार र बुधबार बन्द गरी बिहीबार प्रकाशन हुने कान्तिपुर मिडिया ग्रुपले जनाएको छ । तर, मजदुर दैनिक दसैँमा झैं तिहारमा पनि बन्द नहुने बुझिएको छ । मजदुर दैनिक परिवारका पदाधिकारी तथा सदस्यहरू, प्रकाशक, सम्पादक, समाचारदाता, विज्ञापनदाता, ग्राहक, वितरक तथा प्रत्यक्ष या अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबैलाई धन्यवाद दिन चाहन्छौँ ।
अरु पत्रिका बन्द भएको बेला देश विदेशका राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाका समाचारहरू प्रदान गरेर जनतालाई सुसूचित पार्ने काममा मजदुर दैनिकको महत्वपूर्ण योगदान छ । तिहारजस्तो उत्सवको बेलामा पनि पत्रिका प्रकाशनमा संलग्न सम्बन्धित सबै सहयोगीहरूमा हामी आभार व्यक्त गर्न चाहन्छौँ । यहाँहरूको यो जोश, जागरण र कदमको हामी स्वागत गर्छौँ । आगामी दिनमा पनि यहाँहरूको यस्तै प्रयासको कामना गर्दछौँ ।
Leave a Reply