भर्खरै :

पूर्वाग्रही र दुराग्रही विचारको खण्डन

हरि श्रेष्ठ
कार्तिक १७ को ‘नेपाल’ साप्ताहिकको योगेश ढकाल र सफल घिमिरेको ‘विश्लेषण’ वर्तमान नेपालको निम्ति पूर्वाग्रह र दूराग्रहपूर्ण छ ।
‘हालैको नेपाल–चीन कूटनीतिकसँग झस्किएको अमेरिका आफ्नो सक्रियता बढाउँदै’ गरेको लेखकको आफ्नै अनुभव हो, साथै पश्चिमी आँखामा ‘आक्रामक चीन, सशङ्कित पश्चिम’ अर्थात् अमेरिकी साम्राज्यवादको ‘आक्रामक मुद्रा र सचेत चीन’ प्रस्ट हुँदै छ । अमेरिकी राजदूतले राम्रै बुझ्नुपर्ने विषय हो– महामहिम छटपटिनुपर्ने होइन बरु ‘हिन्द–प्रशान्त सैन्य गठबन्धन’ ले नेपाल सचेत हुनुपर्ने हो । यो नेपाल र नेपाली जनताको चासोको विषय हो ।
‘चीनलाई रिझाउन लोकतन्त्रकै सुपुर्दगी ?’ शीर्षकमा सफल घिमिरेको ‘विश्लेषण’ पूर्णरुपले नकारात्मक छ । सात दलकै आन्दोलनको बेला बैठकको निर्णयमा हस्ताक्षर भइसकेको हुँदा सहभागी दलका केही नेताहरू अङ्ग्रेजी र हिन्दीमा आ–आफ्नो मोबाइलबाट सूचना प्रवाह गरिरहेका हुन्छन् । उत्तरमा भन्ने गर्थे – के गर्ने, नुनको सोझो गर्नैप¥यो, तिनीहरूले पीएचडी गराएका हुन्– ऋणको पैँचो तिरेका !
यस्ता सानो दृष्टिकोणले देशको आन्दोलन, देशको स्वतन्त्रता र सार्वभौमिकतालाई हेर्नु शतप्रतिशत दोषपूर्ण हुन्छ । चीनसँग नेपाल र नेपाली जनताको मैत्री सम्बन्ध २००० देखि होइन, युगौँदेखिको हो । मित्र देशको पाहुनालाई स्वागत गर्नु कसैलाई ‘रिझाउन’ होइन, त्यो नेपाली जनताको संस्कृति हो र कर्तव्य पनि ! पश्चिमी देशले नेपालीलाई ‘गोर्खा सिपाहीँको भर्ती’ नेपाल र नेपालीलाई ‘रिझाउन’ होइन बरु बेलायती साम्राज्यको विस्तारको निम्ति हो । अमेरिकी पक्षमा अफगानिस्तान, इराक, लिविया र सिरियामा नेपालीले रगत बगाउनु अमेरिकी आक्रामक सेनालाई ‘रिझाउनु’ हो ।
पाहुनाहरूलाई स्वागत गर्नु ‘लोकतन्त्रकै सुपुर्दगी’ हो भने अमेरिकी राजदूतको स्वागत गर्दा नेपालकै ‘लोकतन्त्र अमेरिकी साम्राज्यवादको बुटमुनि ‘सुपुर्दगी’ गरेको ठहरिन्छ ? यस्तो अकूटनैतिक शब्दको प्रयोग एक ‘विश्लेषक’ लाई कसरी सुहाउँछ ?
भारतीय प्र.म. मोदीलाई नेपालमा स्वागत गर्दा ‘भारतलाई रिझाउन’ ‘नेपालको लोकतन्त्रकै सुपुर्दगी भन्न मिल्छ ? मित्र राष्ट्रहरूमा पाहुनाहरूको स्वागत र सत्कारबारे यस्ता अशिष्ट र अभद्र शब्दहरू प्रयोग हुनु कसरी प्रजातान्त्रिक र राजनैतिक ‘विश्लेषण’ हुन्छ ?
आफूले लेखेका हरेक शब्द र वाक्य नै साहित्य र कूटनैतिक लेखाइ सम्झन्छ भन्ने भ्रममा नपर्नु भलाद्मीपन हुनेछ । आज नेपालमा केही जात र भाषा–भाषीले मात्रै सिंहदरबार र काठमाडौँमा काम गरेका होइनन्, देशका जिल्ला, प्रदेश र गाउँका अनेक भाषा–भाषी, परिवार र वर्गका जनता त्रिवि वा अन्य विश्वविद्यालयमा अध्ययन गर्न काठमाडौँ पुगेका हुन्छन् । आज ज्ञान र विज्ञान, प्रविधि र साहित्य केही परिवारको मात्रै पेवा सम्झनु यथार्थपरक हुँदैन ।
काठमाडौँको जनसङख्या अहिले ६० लाख नाघेको छ । नेपालमा सजिलो र सुनिश्चित जीवनको निम्ति कर्मचारी पेशा राम्रो मानिन्छ, किनभने त्यो सजिलो पेशा हो । सरकारले बाहिर खटाउँदा जानु पर्दैन, माथिल्ला कर्मचारी आफ्नै अमेरिकी डीबीका पुजारी, काम थाती राखेर पनि पेन्सन पकाउने, कर्तव्यप्रति सजग गराउन प्रम कराएको कराएकै ! यसकारण १५–२० वर्ष अगाडि नै राजधानी साँगुरो, फोहर भएको र बन्दोबस्त गर्न गा¥हो हुँदा राजधानी सार्नुपर्ने आवाज उठेको हो । सबैको ध्यान जावस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *