तीनमहिने चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम
- कार्तिक १०, २०८२
भक्तपुर, १२ कार्तिक । मानव सभ्यताको रूपमा रहेको सबै भाषा, संस्कृति र जनजातिको सरकारले उचित संरक्षण नगरेको कारण भाषा र संस्कृति लोप हुन गइरहेको छ । अतः सबै संस्कृतिको भाषा र संरक्षण गर्न पाठ्यपुस्तक बनाएर व्यवहारमा लागू गर्नुपर्छ ।
उक्त विचार नेपाल मजदुर किसान पार्टीका सचिव एवम् सांसद प्रेम सुवालले मङ्गलबार नेपालभाषा साहित्य तःमुंज्याद्वारा आयोजित सांस्कृतिक ¥यालीमा व्यक्त गर्नुभएको हो ।
पदको दुरुपयोग गरी अकुत सम्पति कमाएर भ्रष्टाचार गर्ने काममा मन्त्रीहरू नै संलग्न भइरहेको जानकारी प्रकाशमा आइरहेको उल्लेख गर्दै सचिव सुवालले हिजो आज लाख, करोड होइन अरबौँको भ्रष्टाचार भइरहेको बताउनुभयो ।
सिंहदरबार भ्रष्टाचारको अखडा बनिरहेकोमा चिन्त्ता व्यक्त गर्दै उहाँले निर्वाचनमा ठेकेदारहरूले ठूला पार्टीलाई चन्दा दिएकै कारण ठेकेदारले पैसा लगेर काम नगरे पनि कुनै कारबाहीको प्रक्रिया अघि नबढाएको हुँदा सरकार ठेकेदारको सरकार बनिरहेको बताउनुभयो ।
जनतालाई मर्का पर्दा नहेर्ने र दुःख नबुझ्ने जनविरोधी सरकारलाई जनताले भोट राख्न नहुने औँल्याउँदै सांसद सुवालले भन्नुभयो, “भ्रष्टाचारीहरूको राजमा सरकार साक्षी बनेको छ ।”
एउटा अस्पताल राम्ररी चलाउन नसक्ने सरकारले देश कसरी समृद्ध बनाउँछ भन्ने प्रश्न राख्दै उहाँले भन्नुभयो, “निजी अस्पतालका सञ्चालकहरूले सरकारी अस्पताल डुबाउँदै छन् ।”
सिंहदरबारका भ्रष्टाचारीहरूलाई कारबाही नगरेसम्म देशमा भ्रष्टाचार र महँगी नियन्त्रण हुनेछैन, सांसद सुवालले भन्नुभयो ।
भक्तपुर क्यान्सर अस्पतालमा मात्र होइन एनसेल, वाइडबडी, फोरजी सेवा आदि क्षेत्रमा व्यापक भ्रष्टाचार भइरहेको चर्चा गर्दै उहाँँले त्यस्ता भ्रष्टाचारीहरूमाथि कारबाही गर्न सरकार पछि हटिरहेको बताउनुभयो ।
जनताको दुःख अन्त्य गर्ने जिम्मेवारी सरकारको रहेको हुँदा भूकम्प पीडित जनतालाई सरकारी निर्णयअनुसार सबैलाई २ प्रतिशतको ऋण दिनुपर्नेमा सांसद सुवालले जोड दिनुभयो ।
व्यक्तिले कब्जा गरेका सार्वजनिक जग्गा पर्ती र पोखरी पुनः सार्वजनिकीकरण हुनुपर्नेमा जोड दिँदै उहाँले पद र पैसाको धाकले पर्ती जग्गा हडप्नेहरूमाथि कारबाही गर्नुपर्छ भन्नुभयो ।
उहाँले भन्नुभयो, “सरकारको नेतृत्व गरिएको दल र सरकार जनताको होइन ।”
तःमुंज्याका संस्थापक अध्यक्ष कान्छा बासुकलाको सभापतित्वमा भएको सो सभामा तःमुंज्याका विश्वनाथ प्रजापति र आशाकुमार चिकंबञ्जारले पनि बोल्नुभएको थियो ।
यसअघि सूर्यमढीमा ज्ञानसागर प्रजापतिले बोल्नुभएको थियो ।
सूर्यविनायकमा शुभकामना ¥याली
नेपाल संवत् ११४० र तिहारको अवसरमा मङ्गलबार सूर्यविनायक नगरपालिकाको कटुञ्जेमा शुभकामना ¥याली तथा सभाको आयोजना भयो ।
सूर्यविनायक प्रगतिशील सांस्कृतिक समाजको आयोजनामा भएको कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य सरोजराज गोसाईले नेपाल सरकारले नेपाल संवत्लाई राष्ट्रिय संवत्को रूपमा घोषणा गरेतापनि यथोचित प्रचारप्रसार नगरेको बताउनुभयो । उहाँले चाडपर्वको निम्ति आवश्यक फलफूलसमेत विदेशीको भर पर्ने सरकारले समृद्धिको कुरा गर्नु लाजको विषय भएको बताउँदै विकासको नाममा सस्तो लोकप्रियता खोज्ने र जनताको बस्ती उठाउने क्रियाकलाप बन्द हुनुपर्ने धारणा राख्नुभयो । 
चक्रपाणी चोकमा आयोजित सभामा आयोजक समितिका संयोजक काजीबहादुर पञ्चले ज्योतिषहरूबीचको मतभेदले सांस्कृतिक पर्व मनाउनसमेत अलमल भएको र यसले जनताबीच विग्रहको रेखा कोर्ने खतरा देखिएको बताउनुभयो ।
आयोजक समितिका सदस्य सुरेश बखुन्छेले नयाँ वर्षले परिवर्तनको निम्ति सङ्घर्षको ऊर्जा मिलोस् भन्नुभयो ।
सल्लाघारी चोकबाट सुरु भएको शुभकामना ¥याली विभिन्न सङ्घ संस्थाका प्रतिनिधिहरूसमेत सहभागी थिए । बाजागाजासाथ आयोजित कार्यक्रममा सहभागीले जनजीविकाका विभिन्न भागसहितका प्लेकार्ड बोकेका थिए ।
टोखा
नेपाल संवत् ११४० न्हुदँको अवसरमा न्हुदँ हना खलः टोखाको आयोजनामा भिन्तुना ¥याली र सांस्कृतिक कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं प्रदेश नं. ३ का प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले अहिलेको सरकार जनताको सरकार नभएको बताउनुभयो ।
उहाँले जनतालाई अधिकारसम्पन्न बनाउनुभन्दा एक एक गरी अधिकार खोस्दै गएको र जातजाति भाषाभाषीबीचको विभेदीकरणले द्वन्द्व निम्त्याउने खतरा बढेको जानकारी भयो ।
नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य राजवीर डंगोलले हरेक जातजाति भाषा भाषीहरूको कार्यक्रममा राजनीतिक र वैचारिक छलफल हुनुपर्नेमा जोड दिनुभयो । उहाँले जातजातिभित्र राजनीतिक कुरा नगर्ने हो र राष्ट्रिय अन्तर्राष्ट्रिय विषयमा चासो नदिने हो भने हामी हरेक विषयमा अनभिज्ञ भई शासक वर्गको दासको रूपमा रहन बाध्य हुने कुरा बताउनुभयो । 
¥यालीमा सहभागी खलः पुचः र सङ्घ संस्थाहरूलाई प्रशंसापत्र प्रदान गरिएको थियो । टोखामा पहिलोपटक सांस्कृतिक झाँकी ‘धुन्या’ प्रशिक्षण दिई प्रस्तुत गर्न सहयोग गर्ने प्रशिक्षक का.म.न.पा. वडा नं. २६ निवासी धर्मरत्न महर्जनलाई सम्मान गरिएको थियो । न्हुदँ हना खलः टोखाका अध्यक्ष काशिलाल डंगोलको सभापतित्वमा भएको उक्त कार्यक्रममा नेपाल मजदुर किसान पार्टी टोखा नगर समितिका अध्यक्ष रवीन्द्र डंगोल, शैलेश डंगोल, मदन श्रेष्ठ, रमेश डंगोल, कर्णबहादुर डंगोल र कमलबहादुर डंगोलले पनि बोल्नुभएको थियो । सांस्कृतिक कार्यक्रम सुरू हुनुभन्दा अगाडि विभिन्न स्थानीय खलः, पुचः र सङ्घ–संस्थाहरूको सहभागितामा भएको बृहत् भिन्तुना ¥याली प्रदेश सभा सदस्य सुरेन्द्रराज गोसाईबाट ऐतिहासिक नगर टोखाको मूल गेटमा उद्घाटनपश्चात् नगर परिक्रमा गरिएको थियो ।
प्रगति युवा समाजको भिन्तुना ¥याली
चाँगुनारायण नगरपालिका वडा नं. ९ ताथलीको प्रगति युवा समाजले भिन्तुना ¥याली गरेकको छ ।
नेपाल संवत्को अवसरमा म्हः पूजाको दिन भएको भिन्तुना ¥यालीको उद्घाटन नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य रवीन्द्र ज्याख्वले गर्नुभएको थियो ।
उहाँले हरेक क्षेत्रमा रहेको अराजकताको अन्त्यका लागि राजनीतिमा सही नेतृत्व आवश्यक रहेको बताउँदै राष्ट्रिय संवत्को रूपमा रहेको नेपाल संवत्लाई व्यवहारमा उतार्न नदिने काम सरकारमा गएका दलहरूबाटै भएको बताउनुभयो ।
कार्यक्रममा काभ्रे नालाका संस्कृतिकर्मी सिद्धिबहादुर कर्माचार्यले नेपालको ऐतिहासिक पृष्ठभूमिबारे जानकारी दिँदै नेपालको परिचयका लागि सबै नेपालीहरू एक भएर लाग्न जरुरी रहेको बताउनुभयो । उहाँले पछिल्लो समयमा विभिन्न तह र तप्काबाट सांस्कृतिक आक्रमण हुँदा विभिन्न भाषा, संस्कृतिमाथि प्रहार भइरहेको कारण संस्कृतिप्रेमी युवाहरूले त्यसको संवद्र्धनका लागि सङ्घर्ष गर्न आह्वान गर्नुभयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टी ताथलीका अध्यक्ष नारायणभक्त न्हेम्हाफूकी, चाँगुनारायण नगरपालिका वडा नं. ९ का वडाध्यक्ष गणेश त्यातलगायतले नेपाल संवत्को अवसरमा आयोजित भिन्तुना ¥यालीको सफलताको शुभकामना व्यक्त गर्दै ¥यालीको निरन्तरताको कामना गरेका थिए ।
कार्यक्रम आयोजक समाजका अध्यक्ष रवीन बासुकलाको सभापतित्वमा भएको कार्यक्रममा समाजका सचिव रवीन्द्र न्हेम्हाफुकी र कार्यक्रम संयोजक हरिसुन्दर छुकांले पनि बोल्नुभएको थियो ।
¥यालीमा ताथलीको इचाथास्थित माँ ब्रम्हायणी धिमे खलः, खगाङ बाँसुरी बाजा समूह, बनमाला टोलस्थित ताथली धिमे खल ः लगायतका सांस्कृतिक टोली, विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरूसहित करिब २५० जनाको सहभागिता रहेको थियो ।
ताथलीको खर्क पुलबाट सुरु भएको ¥यालीले भक्तपुरमात्र नभएर काभ्रेको ऐतिहासिक र पुरातात्विक महत्वको नाला बजार पनि परिक्रमा गरेको आयोजकले जनाएको छ । ¥यालीले भक्तपुर नगरपालिकाको च्याम्हासिंह क्षेत्र र कमलविनायक क्षेत्र, ताथलीको चुनदेवी, डाँडापाटी, सौडोल, गोठालेचौर, बनमाला टोल, साखकर्मी टोलको परिक्रमा गरेको थियो । ¥यालीको समापन सौडोलको खगां (छुकां बस्ती) मा भएको थियो ।
पाँगा र कीर्तिपुरमा नेपाल संवत्को शुभकामना
पाँगा र कीर्तिपुरमा पनि अलग अलगरूपले नेपाल संवत् नयाँ वर्षको अवसरमा शुभकामना ¥याली गरियो । पाँगामा भएको शुभकामना ¥याली जहु्रँहिटी आमा समूहको मूल आयोजनामा जहु्रँहिटी विचा गुठी, बचत कोष, धाःखल र महाब्वः बाँसुरी खलःसह आयोजनामा भएको कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं प्रदेश नं. ३ का सदस्य सिर्जना सैंजुले भाषा र जनजातिबीच पनि धनी र गरिब वर्ग रहने भएकोले जनतालाई सचेत र सङ्गठित पार्ने काम गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा कीनपाका प्रमुख रमेश महर्जनले नेपाल संवत्का संस्थापक शंखधर साख्वाःको शिक्षा लिएर गरिब जनताको सेवा गर्नुपर्ने बताउनुभयो ।
समूहका अध्यक्ष अष्टमाया महर्जनको सभापतित्वमा भएको कार्यक्रममा कीर्तिपुर नपाका उपप्रमुख सरस्वती खडका, वडा नं ५ का वडा अध्यक्ष राजेन्द्रकुमार महर्जन, वडा नं. ८ का अध्यक्ष विनोदकुमार महर्जनलगायतले बोल्नुभएको थियो ।
कार्यक्रममा स्वागत भाषण आयोजक समितिका सदस्य मिली महर्जन, धन्यवाद रेना महर्जन, आर्थिक प्रतिवेदन सचिव मेरिना महर्जन, सुन्दरी महर्जन र पवित्रा महर्जनले पनि बोल्नुभएको थियो ।
पाँगा लखुबाट सुरु भएको शुभकामना ¥याली पाँगा परिक्रमा गरी पुनः लखुमा पुगी सभामा परिणत भएको थियो । ¥यालीमा विभिन्न सांस्कृतिक बाजा र महिलाहरूको आ–आफ्नै भेषभूषामा सहभागी सबैलाई प्रमुख अतिथि सृजना सैंजु र नगर प्रमुख रमेश महर्जनले धन्यवाद पत्र प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा नेपाल संवत् ११४० को पालो हस्तान्तरण पलिस्वाँ माँ पुचः र श्री शंखापुर माँ पुचःलाई आयोजक समूहका अध्यक्ष अष्टमाया महर्जनले गर्नुभएको थियो ।
त्यसैगरी कीर्तिपुरमा पनि गछें टोलबाट शुभकामना ¥याली गरी नेपाल संवत् ११४० हर्षाेल्लासका साथ मनाइएको थियो ।
चाँगुमा शुभकामना ¥याली
नयाँ वर्ष नेपाल संवत् ११४० को अवसरमा चाँगुनारायण प्रगतिशील सांस्कृतिक समाजको आयोजनामा मङ्गलबार शुभकामना प्रभातफेरी भयो । चाँगुनारायण नपाको छालिङबाट बाजागाजासहित सुरु भएको प्रभातफेरी झौखेलमा पुगेर समापन भएको थियो ।
झौखेलमा भएको शुभकामना कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका वैकल्पिक केन्द्रीय सदस्य राजेन्द्र चवालले नेपाल संवत्को व्यवहारिक प्रयोगमा राज्यले उचित ध्यान नदिएको बताउनुभयो । उहाँले दुईतिहाइको सरकारले नेपालको राजनीतिमा अनेक विकृति भित्याएको चर्चा गर्दै नयाँ वर्षले नयाँ उत्साहका साथ राजनीतिक विकृतिविरुद्ध लड्न जनतालाई उत्साह दिने विश्वास व्यक्त गर्नुभयो ।
भक्तपुर क्यान्सर अस्पतालमा भएको भ्रष्टाचार र अनियमितता रोक्न स्थानीय जनताको आग्रहमा भक्तपुर नगरपालिकाले सुधारको लागि पाइला चालेको चर्चा गर्दै जनताको उपचार गर्ने अस्पतालको स्रोतमा भइरहेको ब्रह्मलुट जनताले टुलुटुलु हेरेर बस्न नसक्ने बताउनुभयो । 
मजदुर दैनिकका सम्पादक नीरज लवजूले राज्यले नेपाल संवत् र शङ्खधर साख्वाको विषयमा अध्ययन गरी आधिकारिकता दिनेमा ध्यान नदिएको बताउनुभयो । नेपाल संवत्लाई व्यवहारिक प्रयोगको सम्बन्धमा राज्यका निकायमा हुुनुपर्ने आवश्यक अनुसन्धान गर्न सरकारले ध्यान नदिएको भन्दै वर्षको एक दिन शङ्खधरको सालिकमा माल्यार्पण गर्दैमा नेपाल संवत् ‘राष्ट्रिय संवत्’ नहुने बताउनुभयो ।
आयोजक समितिका अध्यक्ष मीनबहादुर बाटाले नेपाल संवत् कुनै जाति वा समुदायको मात्र संवत् नभएको हुँदा संवत्को प्रचारको लागि सांस्कृतिक गतिविधिलाई व्यापकता दिनुपर्ने बताउनुभयो ।
Leave a Reply