भर्खरै :

सांस्कृतिक ¥यालीमा व्यापक सहभागिता

दानबहादुर कपाली
‘जनता रहे भाषा रहन्छ’ भन्ने नारा अगाडि सार्दै स्थापना भएको नेपालभाषा साहित्य तःमुंज्याले बिहान सूर्यमढी र गःहिटीबाट सांस्कृतिक ¥याली ग¥यो । नेपाल संवत् ११४० नयाँ वर्ष प्रारम्भ भएको अवसरमा आयोजित उक्त न्हुदँ भिन्तुना ¥याली बजार परिक्रमापछि खौमास्थित मास्टर जगतसुन्दर मल्लको प्रतिमामा माल्यार्पण गरी सभा गरियो । ¥यालीमा टोल–टोलका विभिन्न वाद्यवादन टोली, सहकारी, सामाजिक सङ्घ संस्था र विद्यालयका परम्परागत पोशाक लगाएका टोलीहरूको व्यापक सहभागिता थियो । ¥यालीको अघिल्लो पङ्क्तिमा नाय्खी बाजा थियो । किसान, मजदुर, विद्यार्थी, युवा, महिला, शिक्षक, प्राध्यापक, कर्मचारी, व्यवसायी, व्यापारी, भाषासेवी, साहित्यप्रेमी तथा विभिन्न पेशामा आबद्ध व्यक्तिहरूको उल्लेखनीय सहभागिता भएको सो ¥यालीले बिहान बजार सङ्गीतमय बनेको थियो ।
तःमुंज्याले एउटा अपिल पनि प्रकाशित गरेको थियो । अपिलमा नेपाल संवत् ११४० को नयाँ वर्षको अवसरमा सबैलाई शुभकामना दिइएको सो अपिलमा जनताका समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गरिएको छ । तःमुंज्याले भक्तपुर औद्योगिक क्षेत्रलाई स्थानीय सीप र श्रममा आधारित पर्यटकीय औद्योगिक क्षेत्रमा रूपान्तरण गर्न, भक्तपुर अस्पतालका पूर्वव्यवस्थापन समितिका भ्रष्टाचारीहरूलाई कारबाही गर्न, नगरकोट सडक निर्माण विलम्ब गर्ने ठेकेदार र सरकारी अधिकारीहरूलाई अविलम्ब कारबाही गर्न, गोंसपुलदेखि सुडालको कलमसीसम्मको सडक निर्माण छिट्टै पूरा गर्न सरकारको ध्यानाकर्षण गरेको छ ।
अपिलमा नेपाल इन्जिनियरिङ्ग कलेज चाँगुको एक करोड रुपैयाँ कमिसन र ७८ लाख रुपैयाँ घूस खाने भ्रष्टाचारीहरूलाई कारबाही गर्न, सार्वजनिक जग्गा, सम्पदा र पोखरीलाई निजी गरी बनाएका घरहरू भत्काई पुनःसार्वजनिक गर्न, निकोसेरा र थिमि बोडेको बिग्रेको सडक मर्मत गर्न, सरकारी स्वामित्वको भक्तपुर इँटा कारखाना कब्जा गरी अर्बाैँ रुपैयाँ कुम्ल्याउने भ्रष्टाचारीहरूलाई कारबाही गर्न, अन्तर्राष्ट्रिय रङ्गशाला भक्तपुरमा बनाउन पर्याप्त ठाउँ नभएकोले सन्तुलित विकासको लागि मकवानपुर वा पर्सा वा बारामा बनाउनुपर्ने माग पनि उल्लेख गरिएको छ ।
अपिलमा स्वदेशमा रोजगारीको व्यवस्था गर, विकासको पक्षपात बन्द गर, शिक्षा र स्वास्थ्य निःशुल्क गर, महँगी नियन्त्रण गर, कालाबजारिया र तस्करहरूलाई कारबाही गर, देशको सन्तुलित विकास गर, सबै जाति र भाषाको संरक्षण गर, स्वच्छ खानेपानीको व्यवस्था गर, भूमाफियासँग मिलेमतो गर्ने सरकार मुर्दावाद, खराब ठेकेदारलाई संरक्षण गर्ने सरकार मुर्दावाद आदि नारा उल्लेख छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *