सन्दर्भ : क्रिस हानी जन्म दिवस (जून २८) – अफ्रिकी स्वतन्त्रता आन्दोलनका योद्धा तथा कम्युनिस्ट नेता क्रिस हानी – ३
- असार १४, २०८३
सान्टियागो, १३ कात्तिक (रासस -सिन्ह्वा) – चिलीमा जारी विरोध प्रदर्शनका क्रममा कम्तीमा २० जनाको मृत्यु भएको छ ।
गत अक्टोबर १९ देखि २७ सम्म आपतकाल लागू भएको यस समयावधिमा जारी रहेको सरकार विरोधी प्रदर्शनमा कम्तीका २० व्यक्तिको मृत्यु हुनुका साथै अन्य ४ सय ७३ व्यक्ति घाइते भएका गृह मन्त्रालयद्वारा मङ्गलबार जारी विज्ञप्तिमा उल्लेख छ ।
यस विरोध प्रदर्शनको क्रममा सयौंको सङ्ख्यामा सशस्त्र प्रहरीहरु पनि घाइते भएका छन् । उक्त समयावधिमा ४ सय ४५ प्रहरीका कार, ४९ उपमार्ग स्टेशन र २६ बस क्षतिग्रस्त भएको छ ।
कफ्र्यु लगाइएको यस अवस्थामा ७ हजार १६६ व्यक्तिलाई पक्राउ गरिएको र २ हजार ३७ व्यक्तिलाई कारागार चलान गरिएको छ ।
गत सोमबार चिलीका राष्ट्रपति सेबास्टियन पिनेराले सरकारको विरोधको प्रदर्शन गरिरहेका प्रदर्शनकारीको मागको सम्बोधन गर्दै आठ जना मन्त्रीलाई प्रतिस्थापन गर्नु भएको थियो । सार्वजनिक यातायातको भाडा बढाइएपछि विद्यार्थीले यो प्रदर्शन शुरु गरेका थिए ।
Leave a Reply