सन्दर्भ : क्रिस हानी जन्म दिवस (जून २८) – अफ्रिकी स्वतन्त्रता आन्दोलनका योद्धा तथा कम्युनिस्ट नेता क्रिस हानी – ३
- असार १४, २०८३
प्रधान
पार्टीका केही समर्थक साथीहरू पार्टीका पूर्णकालीन कार्यकर्ता र पार्टीसँग सम्बन्धित संस्थाहरू, सहकारी संस्था, प्रकाशन विभाग, विद्यालय वा कार्यालयमा कार्यरत साथीहरूले ‘काम नगरी खाइरहेका’ दफ्फाको रूपमा लिन्छन् । त्यस्ता गलत दृष्टिकोण राख्नेहरू सरकारी विद्यालयका शिक्षक, सरकारी कार्यालयका कर्मचारी र अन्य निजी व्यवसायमा काम गर्ने कर्मचारीहरू हुनसक्छन् । तिनीहरूको मनमा पार्टी कार्यकर्ताहरू खाली अखबार पढ्ने, भाषण दिने, बैठक गर्ने, २–४ हरफ र पृष्ठ लेख वा समाचार लेख्ने वा चिठी लेख्ने र बसी बसी खाने समूह हुन् ।
अर्कोतिर जनताको आँखामा सरकारी कार्यालयमा काम गर्ने अत्यन्त बहुमत कर्मचारीहरू कामचोर र भ्रष्ट हुन् । उदाहरणको निम्ति मालपोत, भन्सार, संसद, परराष्ट्र र आर्थिक क्षेत्रमा तल्लो स्तरदेखि केन्द्रीय स्तरका कर्मचारीहरूसमेत पर्छन् । तिनीहरूको उद्देश्य कमभन्दा कम काम गर्ने र बढीभन्दा बढी भत्ता र नयाँ नयाँ तलबमान बढाउने उद्देश्य राख्छन्, जनताको जीवनबारे तिनीहरू मौन बस्छन्, तिनीहरू जनतालाई कमिला सम्झन्छन् ।
महँगा विद्यालयका प्रबन्धकहरूले आफूहरूलाई अब्बल दर्जाका बौद्धिक श्रमशक्ति तयार गर्ने ‘महामानव’ सम्झन्छन् र सरकारी विद्यालय र महाविद्यालयदेखि विश्वविद्यालयसम्मका पदाधिकारी र शिक्षकहरूलाई केही दिनको १–२ कक्षा लिई महिनौँ हाजिर गरी जनताको करबाट पालिएका पल्टन सम्झन्छन् र निजी विद्यालय र महाविद्यालयका लगानीकर्ताहरूलाई अर्को पक्षले ‘गुप्त वा अनैतिक पुँजीपति र शोषक बताउँछन् ।
स्वाभाविक छ, सरकारी विद्यालयका शिक्षकहरू महँगा विद्यालयका प्रबन्धक र लगानीकर्ताहरूलाई सेवा उद्योगको शोषक, नाफाखोर र पुँजीवादी देशहरूको निम्ति सस्तो कर्मचारी उत्पादन गर्ने ‘दलाल’ र साम्राज्यवादीहरूकै गुमास्ता सम्झन्छन् ।
आफै प्रबन्धक र आफै शिक्षक बनेका स–साना निजी विद्यालयका शिक्षकहरूले ‘सरकारी शिक्षकसरह तलब र सुविधा पाएका भए’ महँगा विद्यालयको भन्दा राम्रो परिणाम देखाउन सकिने बताउँछन् । सयमा दुई चारवटा सरकारी विद्यालयहरूले देखाएको प्रगति स्थानीय जनता र सरकारकै भरमा उभिएका छन् । अधिकांश सरकारी विद्यालयहरू पुराना र नयाँ शासक दलहरूमा तल्लो स्तरका कार्यकर्ताको भर्तीकेन्द्र हो । सरकारले ती निजी विद्यालयहरूलाई मद्दत गर्नुभन्दा तिनीहरूले नै सरकारलाई कर तिरेर कामचोर र भ्रष्ट कर्मचारीहरूलाई पालेका छन् । जति ठूला पदका कर्मचारीहरू छन् त्यति धेरै भ्रष्ट, पक्षपाति र नैतिकरूपले अपराधी हुन् । एक दुई प्रतिशत सरकारी कर्मचारी राम्रो हुनु अपवाद हो ।
सुरुदेखि नै अल्छी, अयोग्य, कर्तव्यच्युत र पक्षपाति शिक्षकहरूबाट तालिम प्राप्त हाम्रा नयाँ पुस्ता कसरी असल नागरिक, योग्य, विशेषज्ञ र देश एवम् जनताप्रति समर्पित बौद्धिक र शारीरिक श्रम शक्ति होलान् ! अनि कामचोर कर्मचारी, जनतालाई कमिला ठान्ने शोषक र सामन्तका अवशेष ठूला–बडाबाट जनताले के आशा गर्ने ? देशलाई आफ्नै बाबुको सम्पत्ति र आमाको दाइजो सम्झेका वर्गका नयाँ पुस्ता महँगा निजी विद्यालय र विश्वविद्यालयका उत्पादित बौद्धिक श्रम शक्तिबाट के आशा गर्ने होला ! ? केही अपवादबाहेक ?
निजी विद्यालय र सरकारी विद्यालयमा पनि कहीँ पार्टी कार्यकर्ताहरू खुला र गुप्त रूपले काम गर्दै छन् । ने.कां. र एमालेका नेताहरूको गैर–जिम्मेवारीका कारण १५ वर्षसम्म स्थानीय निकायको निर्वाचन नगर्दा नगरपालिकाहरू पनि कर्तव्य पालना नगर्ने, जनतालाई दुःख दिने ‘न गरपालिका’ र ‘न गर गाउँपालिका’ मा परिणत भए । त्यसको फल आजको प्रदेश र स्थानीय तहमा देखिएको ‘अराजकता’ हो र ‘नयाँ सामन्तहरू’ देखापरेका छन् ।
राजनैतिक कार्यकर्ताहरूलाई आवश्यक तालिम र जानकारी नदिने शासक दलका केन्द्रीय नेताहरू, सांसद र मन्त्रीहरू सबै आजको ‘अन्योल’ र ‘अराजकता’ का कारक हुन् । यहाँ पनि अपवाद हुनु स्वाभाविक छ ।
यस्ता कर्मचारी र शिक्षकहरूले पार्टी कार्यकर्ताहरूलाई हेलाको दृष्टिले टीकाटिप्पणी गर्नु चोरले आफू भाग्न ‘चोर आयो’ भनी दौड्नु सरह हो ।
यसो नहुँदो हो त यसपालिको प्रवेशिका परीक्षाको परिणामबारे फेरि पनि सरकारी विद्यालयहरूको मूल्याङ्कन किन कमजोर देखियो ? हड्ताल, धर्ना, अनसन र नियुक्तिको गोलचकर नै अब्बल शिक्षाको मन्त्र हो ? बारम्बारको परीक्षण, तर्क, बहस र प्रयोगले प्रस्ट भयो – राजनैतिक दलहरूको सरकारहरूले पञ्चायतकालमा जस्तै आ–आफ्ना समर्थकहरूलाई विनाशैक्षिक तालिम शिक्षक बनाउने ‘अपराध’ गरे । शिक्षाशास्त्रको प्रमाणपत्र, शिक्षक परीक्षा आदि अनेक उपाय गरे – तर, जहाँ पनि जहिले पनि घूस लिएर वा आफ्ना कार्यकर्ता र नातागोतालाई नै नियुक्ति गर्ने काम गरे । हप्ताको एकैपटक दिन हाजिर गर्ने वा शुक्रबार घर फर्की अर्को बिहीबार विद्यालय पुगीने शुक्रबार घर फर्की अर्को बिहीबार विद्यालय जाने शिक्षकहरूबारे अनेक कथाहरू छन् ।
गाउँ–गाउँका शिक्षा प्रचारकै निम्ति गाउँका युवाहरू मिली विद्यालय स्थापना गर्छन्, प्रमाणपत्र भएका योग्य शिक्षक खोज्न छिमेकी जिल्ला र सहर पुग्छन् । तर, २–४ महिनापछि बिहीबार विद्यालय हाजिर भई शुक्रबार घर फर्कने क्रम सुरु हुन्छ । सम्भवतः ती बिहीबारे शुक्रबार शिक्षक पनि कुनै राजनीतिक दलकै कार्यकर्ता हुने गर्छन् । राजनैतिक कार्यकर्ताहरू आफै जनताको सेवामा समर्पित हुने भावनाबाट शिक्षित नभएका र टोल र गाउँका खाता पिता वा धनी परिवारका सदस्य हुन्छन् । तिनीहरूलाई शिक्षक भई पैसा कमाई आफ्नो स्नातकोत्तर परीक्षा दिन वा आफ्नो चरित्र निर्माण र अवसरको निम्ति प्रयोग गर्छन् । के स्वाभाविक हो भने खाता–पिता र धनी बाबुका छोराछोरीहरू गाउँमै सहरका विद्यार्थीहरूलाई योग्य बनाउने उद्देश्यले समर्पित भएको भए परिणाम उल्टो हुन्थ्यो । अपवादबाहेक वर्गीय समाजमा यसको बाधालाई पार गर्न सजिलो छैन । ‘म सक्छु’ भन्ने क्युवाका जस्ता शिक्षकहरू त हामीले बनाउनैपर्छ ।
शिक्षाको जगमै हाम्रो देश बलियो र सुव्यवस्थित नहुनु र ती नै विद्यार्थी कलेज र विश्वविद्यायलको स्तरमा पुग्दा आ–आफ्नो दलकै परीक्षाको कापी जाँच्ने शिक्षकहरूले विद्यार्थीहरूको सिम्बोल नम्बर बुझेर घर–घरमा विद्यार्थीहरू बोलाई नम्बर थपघट गरी परीक्षाफल प्रकाशित गर्ने गर्छन् । ठूला–ठूला काण्डमा मात्र परीक्षा नियन्त्रणको कार्यालयका पिउन, साना कर्मचारी र प्रहरी पर्छन् ।
यस्तै शिक्षा संस्कृतिबाट माथि उठेका विश्वविद्यालयका टउके र कर्मचारीहरूले ९ को अगाडि ६ थपेर तीन विषयमा अनुत्तीर्ण भएका विद्यार्थीलाई नम्बर थप्दै माथि पु¥याउँदा देशको शैक्षिक स्तर कहाँ पुग्ने हो ? राजनैतिक नियुक्ति र भागबन्डाको परिणाम यस्तै हुन्छ र शासक दलकै नेताको पेट भनसुनमा उत्तीर्ण र धेरै नम्बर ल्याएका सर्जनले चिरफार गर्दाको धेरै नकारात्मक परिणामले मात्रै सबैको घैँटोमा घाम लाग्ने सम्भावना छ ।
नक्कली सर्जनले बाबुको पेट चिर्ने घटना थोरै होला, तर विद्यालयमा हाजिरै नभई वा नपढाई उत्तीर्ण गराउने शिक्षकहरूले कति लाख विद्यार्थीहरूको जीवन बर्बाद पारेको होला ? सोचनीय छ ।
सुरुदेखि नै अल्छी, अयोग्य, कर्तव्यच्युत र पक्षपाति शिक्षकहरूबाट तालिम प्राप्त हाम्रा नयाँ पुस्ता कसरी असल नागरिक, योग्य, विशेषज्ञ र देश एवम् जनताप्रति समर्पित बौद्धिक र शारीरिक श्रम शक्ति होलान् ! अनि कामचोर कर्मचारी, जनतालाई कमिला ठान्ने शोषक र सामन्तका अवशेष ठूला–बडाबाट जनताले के आशा गर्ने ? देशलाई आफ्नै बाबुको सम्पत्ति र आमाको दाइजो सम्झेका वर्गका नयाँ पुस्ता महँगा निजी विद्यालय र विश्वविद्यालयका उत्पादित बौद्धिक श्रम शक्तिबाट के आशा गर्ने होला ! ? केही अपवादबाहेक ?
Leave a Reply