सन्दर्भ : क्रिस हानी जन्म दिवस (जून २८) – अफ्रिकी स्वतन्त्रता आन्दोलनका योद्धा तथा कम्युनिस्ट नेता क्रिस हानी – ३
- असार १४, २०८३
वाशिङ्टन, १ नोभेम्बर । संरा अमेरिकी तल्लो सदनले राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि महाभियोगसम्बन्धी अनुसन्धान प्रक्रियालाई औपचारिकता दिने प्रस्ताव पारित गरेको छ । तल्लो सदनबाट सो प्रस्ताव पारित भएसँगै उनीहरूकै शब्दमा ‘अर्को चरण’ को अनुसन्धान गर्न मार्गप्रशस्त भएको छ ।
डेमोक्रेटिक दलको बहुमत रहेको तल्लो सदनमा सबै रिपब्लिकन सांसदहरू र दुई जना डेमोक्रेटिक सांसदले प्रस्तावको विपक्षमा मतदान गरेका थिए ।
पारित प्रस्तावअनुसार त्यसले सार्वजनिक महाभियोग लगाउने प्रक्रिया, सङ्कलित अभिलेखको सार्वजनिकीकरण र न्यायिक संसदीय समितिका जिम्मेवारीको खाका कोरेको छ ।
गत सेप्टेम्बरमा प्रतिनिधिसभाका सभामुख न्यान्सी पेलोसीले महाभियोगसम्बन्धी प्रक्रिया अघि बढाएयता संसदको पूर्ण बैठकमा त्यसबारे छलफल भएको पहिलो पटक हो ।
ट्रम्पले संसदबाट पारित सो प्रस्तावप्रति प्रतिक्रिया जनाउँदै ट्वीट गरे, “अमेरिकी इतिहासकै सबभन्दा ठूलो बद्ख्वाईं (विच हन्ट)” संसदको यस्तो कदमले शेयर बजारमा असर पारेको उनको भनाइ थियो ।
ह्वाइट हाउसका प्रेस सचिव स्टेफन ग्रिसमले एक वक्तव्य जारी गरी ट्रम्प सरकारमाथि कुनै भरपर्दो आधार प्रस्तुत गर्न नसकेको बताएका छन् । एक जना नाम नखुलाइएको सचेतक (विसल ब्लोअर) ले युक्रेनसँग राष्ट्रपति कार्यालयको सम्बन्धबारे चासो राख्दै महाभियोग प्रस्ताव दर्ता गरेका थिए । जुलाई २५ मा ट्रम्प र युक्रेनका राष्ट्रपति भोलोडमेयर जेभेन्स्कीबीचको फोनवार्तालाई नै महाभियोगको प्रमुख आधार बनाइएको छ ।
ट्रम्पले आगामी सन् २०२० मा डेमोक्रेटिक दलको तर्फबाट राष्ट्रपति उम्मेद्वार पूर्व उपराष्ट्रपति जो बिदेनबारे सोधखोज गर्न युक्रेनलाई दबाब दिन सैनिक सहायता गरी अख्तियार दुरूपयोग गरेको आरोप लगाइएको छ । ट्रम्पले सो अभियोगको खण्डन गरेका छन् । राष्ट्रपति कार्यालयले कुनै पनि आरोप नकार्दै सदनको अनुसन्धानमा सहयोग गर्न कुनै पनि कागजात वा प्रमाण उपलब्ध नगराउने बताएको छ । महाभियोग प्रस्ताव अन्यायपूर्ण र अवैध भएको उनीहरूको दाबी छ ।
Leave a Reply