नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
क्युवाले समाजवादी क्रान्ति घोषणाको गरेको ५६ औं वर्षगाँठ मनाएको छ । विभिन्न युवा संगठनहरु र क्रान्तिवीरहरुले सन् १९६१ अप्रिल १६ को दिन घोषणा भएको क्युवाली समाजवादी क्रान्तिको स्मरण गरेका हुन् । सन् १९६१ मा तात्कालीन क्युवाली राष्ट्रपति फिडेल क्यास्ट्रोले समाजवादी क्रान्तिको घोषणा गरेको केही फिट पर सिनेमा २३ र १२ मा समाजवादी क्रान्ति दिवस मनाइएको हो ।
क्युवाका क्युदाद लिबर्टाड, सान आन्तोनिओ दि लस बानोस र सान्टियागो दि क्युवाका विमानस्थलहरुमा भएको संरा अमेरिकी हमलामा मारिएका क्युवालीहरुको शव ¥यालीको क्रममा आयोजित समारोहमा फिडेल क्यास्ट्रोले समाजवादी क्रान्तिको घोषणा गरेका थिए ।
फिडेलले समाजवादी क्रान्तिको घोषणा गर्दा त्यहाँ सहभागी क्युवालीहरुले हातमा भएको राइफल उठाएर आफ्नो प्रतिबद्धता व्यक्त गरेका थिए ।
बे अफ पिग्समा कब्जा जमाइसकेपश्चात संरा अमेरिकाले क्युवाका विमानस्थलहरुमा दुई दिनसम्म हमला गरेको थियो । क्युवामाथि हमलाको सैनिक योजना एजनहावरको सरकारले बनाएको थियो भने त्यसको कार्यान्वयन जोन अफ केनेडीको पालामा गरिएको थियो ।
समाजवादी क्रान्ति घोषणाको स्मरणमा आयोजित कार्यक्रममा क्युवाली कम्युनिष्ट पार्टीको हवाना प्रान्तीय समितिका कार्यकारी व्युरो सदस्य युनास्की क्रिस्पोले क्युवाको समकालीन इतिहासमा समाजवादको घोषणा सबभन्दा महत्व बोकेको घटना भएको बताए ।
उनले क्युवाली क्रान्तिका नेता फिडेल क्यास्ट्रोको स्मरण गर्दैै क्युवाको सार्वभौमिकता रक्षा गर्न जोसे मार्टी र आन्तनिओ मासिओका विचारलाई एकाकार गरेको बताए ।
बे अप पिग्स हमलाको समयमा अमेरिकाविरुद्ध लडेका क्रान्तिवीरहरुलाई सो अवसरमा सम्मान गरिएको थियो ।
Leave a Reply