भर्खरै :

किसान कार्यकर्ताको निधन

नेपाल क्रान्तिकारी किसान संघका पुराना कार्यकर्ता हर्षबहादुर छुस्याबागको सोमबार दिन भएको छ । फोक्सोमा पानी जमेर धुलिखेल अस्पतालमा उपचारका क्रममा निधन भएको परिवार सुत्रले जनाएको छ । उहाँको अन्तिम संस्कार भक्तपुरस्थित हनुमानघाटमा गरियो । उहाँको पार्थिव शरीरमा नेमकिपाका केन्द्रीय सदस्य बुद्धिकुमार गोसाई र नेक्राकिसंघका केन्द्रीय उपाध्यक्ष गोबिन्द दुवालले नेक्राकिसंघको झण्डा ओढाएर सम्मान व्यक्त गर्नुभएको थियो ।
छुस्याबाग ७४ वर्षको हुनुहुन्थ्यो । उहाँले २०२१ सालको भर्पाई आन्दोलनयता सबैजसो किसान आन्दोलनमा सक्रिय हुनुभयो । उहाँका तीन छोरा र तीन छोरी हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *