सन्दर्भ : क्रिस हानी जन्म दिवस (जून २८) – अफ्रिकी स्वतन्त्रता आन्दोलनका योद्धा तथा कम्युनिस्ट नेता क्रिस हानी – ३
- असार १४, २०८३
दानबहादुर कपाली
भक्तपुर नगरपालिका देशकै निम्ति उदाहरणीय नगरपालिका बनेको छ । यो नपा अरू नपाको निम्ति प्रेरणाको स्रोत बनेको छ । अरू नपाले भक्तपुर नपाबाट धेरै सिकिरहेको छ । भनपाले गरिरहेको क्रियाकलापबाट प्रभावित भएरै भनपामा अन्य नपाका प्रमण्डलहरू आउने क्रम चालू छ । भनपाले सुरूमा सफाइमा ध्यान दियो । फोहर नगरलाई सफा गर्न र जनताको सांस्कृतिक स्तर उठाउन सफाइ अभियान र सफाइसम्बन्धी प्रशिक्षण चलायो । सफाइ अभियानमा नेमकिपाका कार्यकर्ताहरू सहभागी भए । यसले एकातिर नगर सफा भयो भने अर्कोतिर जनतामा चेतना जाग्यो । अन्ततः भनपा देशको मात्र होइन एसिया महादेशकै एक सफा नगर बन्यो र परस्कृत समेत भयो । भक्तपुर नगर सफा, स्वच्छ र सुन्दर बनाउन स्थानीय जनता र नपाको महत्वपूर्ण योगदान रह्यो ।
भक्तपुर नपा सफाइमा सफल भएपछि सम्पदा संरक्षणमा लाग्यो । कला, संस्कृति र सम्पदामा धनी भक्तपुरमा भनपाले यहाँका सम्पदाहरूको संरक्षण गर्ने कार्यमा निरन्तरता दियो । यहाँका जीर्ण, भत्केका मठ–मन्दिर, सत्तल, पाटी, चैत्य, विहार, पोखरी, इनार, ढुङ्गेधारा आदिको मर्मत सम्भार, जीर्णोद्वार र पुनःनिर्माण गर्ने काम भयो । यसले भक्तपुर नगरलाई जीवित सङ्ग्रहालयको रूपमा राख्न सफल बनायो । सम्पदा संरक्षण गर्ने क्रम चालू छ । सम्पदा संरक्षण गर्न अघि बढेको भनपाले शिक्षामा जोड दियो । एउटा नपाले सात–सात वटा कलेज सञ्चालन गर्नु सामान्य होइन । यसअघि भनपाले वडा–वडामा शिशु स्याहार केन्द्र खोल्यो । भनपाको उद्देश्य त विश्वविद्यालयसम्म सञ्चालन गर्ने हो । यसरी भक्तपुर शिक्षाको केन्द्र बनाउन नपा शिशु स्याहार केन्द्रदेखि विश्वविद्यालयसम्म सञ्चालन गर्ने उद्देश्यका साथ अघि बढिरहेको छ ।
सरसफाइ, सम्पदा संरक्षण र शिक्षाको विकासमा ध्यान दिइरहेको भनपाले विकास निर्माण, स्वास्थ्य सेवामा मात्र होइन खेलकुद क्षेत्रलाई पनि अभियानको रूपमा अघि बढाइरहेको छ । यसै क्रममा आइतबार खेलाडीहरूको बृहत् ¥याली भयो र उद्घाटन कार्यक्रम भयो । विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई ध्यानमा राखी भनपाले आयोजना गरेको नगरव्यापी विद्यालयस्तरीय खेल प्रतियोगितामा यो वर्ष टेबुलटेनिस, भलिबल, फुटसल, कबड्डी, खोखो, एथ्लेटिक्स, बुद्धिचाल, ब्याडमिन्टन, कराँते, उसु, तेक्वान्डो, पोर्टबल, जिम्नास्टिक र कसिमला पाँय आदि खेल रहेका छन् । यस खेलमा सयौँ खेलाडीहरू सरिक भएका छन् । प्रतियोगितामा भाग लिन आ–आफ्नो विद्यालयमा तयारी खेल भएको आधारमा प्रत्यक्ष या अप्रत्यक्षरूपमा यस खेलमा हजारौँ विद्यार्थीहरू सरिक भएका छन् । यसमा विद्यार्थीहरूले धेरै खेल सिक्ने छन् । उनीहरूको खेलप्रति रूचि बढ्ने छ । यसले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी तयार गर्न सहयोग गर्नेछ । भनपाले थालेको यो खेल अभियान पनि अरू नपाको निम्ति शिक्षा हुनेछ । खेलको सफलताको कामना ¤
Leave a Reply