सन्दर्भ : क्रिस हानी जन्म दिवस (जून २८) – अफ्रिकी स्वतन्त्रता आन्दोलनका योद्धा तथा कम्युनिस्ट नेता क्रिस हानी – ३
- असार १४, २०८३
– दीनबन्धु केसी
राजनीतिक दलहरूको संरक्षणमा ‘गुण्डा’ हरू रहेको समाचार बेलाबखत आएकै हो, त्यसको चर्चा परिचर्चा राजनीतिक वृत्तमा भएकै हो । दलको संरक्षणमा रहेका ‘पेशेवर गुण्डा’ हरू चन्दा सङ्कलन गर्न, निर्वाचनमा धाक धम्की देखाउन र विकासका ठेक्का पाउन प्रयोग गर्छन् । राजनीतिक दलहरूले आफ्नो पक्षमा मत ल्याउने, पैसा बाँड्ने, लोभलालच र धम्की देखाउने र आवश्यक परेमा हूलदङ्गा गर्न ती ‘गुण्डा’ हरू प्रयोग गर्छन् । यस्ता ‘गुण्डा’ हरू विशेषगरी ठूला दलहरूमा देखिएका छन् । पैसाकै निम्ति पालिएका ‘गुण्डा’ हरूको बिगबिगी अहिले पनि घटेको छैन । ती ‘गुण्डा’ हरूमाथि कारबाही गर्न शान्ति सुरक्षामा खटिएका प्रहरीहरूसमेत डराउँछन् । कारबाहीको निम्ति पक्राउ पर्दा दबाब दिने नेताहरू पनि ठूलै दलका हुन् । सत्तासीन दलले नै ‘गुण्डा’ हरूको संरक्षण गरेपछि समाजमा कसरी अमनचयन हुन्छ ?
गुण्डाहरूकै सन्दर्भ जोडेर कार्तिक १८ गतेको कान्तिपुर दैनिकमा ‘राजनीतिक आडमा ३६ गुण्डा नाइके’ शीर्षकको समाचार छाप्यो । समाचारमा अदालतबाट सजाय भोगिसकेका १९ गुण्डा नाइके काङ्ग्रेससँग र ९ जना सत्तारुढ नेकपासँग नजिक रहेको उल्लेख गरिएको छ । नेकपाका नेता हरिबोल गजुरेलको भनाइ राख्दै समाचारमा भनिएको छ, “दलहरूले ‘मनी र मसल’ का लागि गुण्डाहरूलाई संरक्षण दिने गरेका छन् । नेकपामा पनि यस्तो छ । गुण्डा र पैसावाल पार्टीमा हाबी हुँदा इमानदार नेता कार्यकर्ता छायामा परेका छन् । इमानदार नेता कार्यकर्ताले न पैसा खर्च गर्नसक्छन् न भीड जम्मा गर्न ।” प्रहरीका अनुसार त्यस्ता गुण्डाहरू होटल÷रेष्टुराँ, फाइनान्स, अस्पताल, बालुवागिट्टी उत्खनन र बिक्री डिपो सञ्चालनलगायतका आवरणमा सक्रिय छन् । कालो धन लगानी गर्नेदेखि चुनाव जित्न र भीड जम्मा गर्न नेताहरूले गुण्डा संरक्षण गरिरहेको कुरा पूर्वडीआइजी हेमन्त मल्लको भनाइ पनि समाचारमा उल्लेख गरिएको छ । शक्तिमा भएका व्यक्तिले संरक्षण नदिने हो भने गुण्डाहरूलाई नियन्त्रण गर्न कठिन नभएको उनको दाबी छ । ती गुण्डाहरू सार्वजनिक अपराध मुद्दा, ज्यान मास्ने उद्योग, लागूऔषध, गुण्डागर्दी, जुवातास आदिमा संलग्न देखिएका छन् ।
हुन पनि चरी भनिने दिनेश अधिकारी ‘प्रहरी मुठभेडमा मारिँदा एमाले सांसद राजेन्द्र पाण्डेलगायतले उक्त घटनाको निन्दा गरेका थिए । कुमार घैँटे भनिने कुमार श्रेष्ठ प्रहरीकै गोलीबाट मर्दा नेकाले सदन र सडकमा विरोध गरेको थियो । जनताको जीउ धन सुरक्षाको निम्ति कारबाहीको प्रक्रिया अघि बढाउँदा त्यसमा संलग्न सुरक्षाकर्मीहरू कारबाहीमा पर्ला भन्ने चिन्तामात्र होइन सेवाबाटै निकाल्ने हो कि भनी अर्को चिन्ता गर्छन् । सत्तारुढ दलकै संरक्षणमा गुण्डाहरू नाचिरहेको हुँदा गुण्डा नियन्त्रण गर्न सुरक्षाकर्मीलाई समस्या भइरहेको त होइन ?
Leave a Reply