भर्खरै :

संरा अमेरिकाको शक्ति कमजोर बन्दै

तेहरान, ४ नोभेम्बर । इरानी जनताले तेहरानस्थित संरा अमेरिकी राजदूतावास कब्जा गरेको ४० औं वर्षगाँठ सोमबार देशभर प्रदर्शन गरेका छन् । प्रदर्शनमा सहभागी इरानी अधिकारीहरूले बढ्दो संरा अमेरिकी दबाबको इरानी जनताले प्रतिरोधलाई निरन्तरता दिने घोषणा गरेका छन् ।
राजधानी तेहरानमा संरा अमेरिकाको पहिलेको राजदूतावासमा इरानी जनता भेला भएका थिए । इरानीहरू आजभोलि संरा अमेरिकी दूतावास रहेको सो ठाउँलाई ‘गुप्तचरीको ओढार’ भन्ने गर्छन् । प्रदर्शनमा सहभागी जनताले इरानविरुद्ध संरा अमेरिकी नीतिको भत्र्सना गरिएका प्लेकार्ड बोकेका थिए ।
उनीहरूले संरा अमेरिका र इजरायलविरुद्ध नाराबाजीमात्र गरेनन्, बरु तिनका झन्डामा आगोसमेत लगाए ।
सोमबार राष्ट्रपति हस्सन रोहानीले भन्नुभयो, “इरानमाथिको नाकाबन्दीलगायतका सबै दबाब निष्प्रभावी भएको संरा अमेरिकी सरकारले महसुस गरिरहेको छ ।”
सन् १९७९ मा इरानी विद्यार्थीहरूले तत्कालीन संरा अमेरिकी दूतावासमाथि गरेको कब्जालाई इरानमा ‘विदेशी षड्यन्त्रविरुद्ध प्रतिरोध र जनसङ्घर्षको लामो इतिहासबारे नयाँ पुस्तालाई सिकाउने विश्वभरि जताततै हुने आक्रामकताविरुद्ध राष्ट्रिय दिवस’ मानिने गरेको छ ।
यसैबीच इरानी सर्वोच्च नेता आयोतोल्लाह अली खामेनीका उच्च सैनिक अधिकारीले वाशिङ्टनको इरानविरोधी नीति असफल भएको र संरा अमेरिकी प्रभुत्ववाद सो क्षेत्रमा ध्वस्त हुँदै गएको बताउनुभएको छ । मध्यपूर्वका पछिल्ला घटनाक्रमलाई हेर्दा संरा अमेरिकी शक्ति क्षीण बन्दै गएको प्रस्ट देखिने सैनिक नेताले मध्यपूर्वी सहर मशहदमा आयोजित कार्यक्रममा भन्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *