नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
तेमेर
ब्राजिलका राष्ट्रपति मिचेल तेमेरले आइतबार दिएको एक टिभि अन्तर्वार्तामा त्यहाँको तल्लो सदनका पूर्वप्रमुख इडुआर्दो कुन्हाले पूर्वराष्ट्रपति डिल्मा रुसेफको पार्टीले आफूविरुद्धको भ्रष्टाचार मुद्दाको अनुसन्धान नरोकेको बदला लिन महाभियोग प्रस्ताव दर्ता गराएको रहस्य खुलाएका छन् ।
कुन्हाको स्वीटरल्याण्डका चार वटा बैंकहरुमा खाता रहेको विषयमा अनुसन्धान गर्ने–नगर्ने विषयमा अनुशासन समितिमा भएको मतदानमा रुसेफको वर्कर्स पार्टीले अनुसन्धानको पक्षमा मतदान गरे पछि बदला लिन महाभियोग प्रस्ताव दर्ता भएको उनको भनाई हो । कुन्हा हाल सरकारनियन्त्रित तेल कम्पनी पेट्रोब्रासको भ्रष्टाचार काण्डलगायतमा हाल १५ वर्षको कारागार जीवन भोगिरहेका छन् ।
‘एक समय कुन्हाले रुसेफलाई अनुशासन समितिमा आफ्नो मुद्दाको विपक्षमा मत दिन आग्रह गर्ने कुरा सुनाएका थिए’, रुसेफ महाभियोगबाट फालिए पश्चात संसदले राष्ट्रप्रमुख बनाइएका तेमेरले भने ।
‘तर पछि मैले वर्कर्स पार्टीका तीन सदस्यहरुले कुन्हाको विपक्षमा मतदान गरेको समाचार सुनें । अनि मलाई कुन्हाले बोलाएर आफूले सञ्चारमाध्यमहरुलाई बोलाएर महाभियोग प्रक्रिया थालनी गर्ने कुरा सुनाए’, तेमेरले थपे ।
‘अनुशासन समितिको मतदानको परिणाम फरक आएको भए आज पनि रुसेफले शासन गर्दै हुने थिइन्’, उनको भनाई थियो ।
रुसेफले अब तेमेरको अभिव्यक्तिलाई आफूविरुद्ध लगाइएको महाभियोगको पुनरावेदनको लागि प्रमाणको रुपमा अदालतमा पेश गर्ने भएकी छिन् । ‘क
न्हाले आफूमाथिको आर्थिक भ्रष्टाचारका कार्वाहीको बदला लिन कुन्हाले महाभियोगको प्रस्ताव अघि सारेको विषयमा अब सर्वोच्च अदालतसँग प्रमाण पुगिसकेको छ ।’, रुसेफका वकिलले भने ।
राष्ट्रपति रुसेफविरुद्धको महाभियोगमा तेमेरको भूमिका खोलिदिने भनी कुन्हाले अभिव्यक्तिको केही दिनमा तेमेरको यस्तो भनाई सार्वजनिक भएको हो ।
ब्राजिलमा हाल सत्तासीन दक्षिणपन्थी मोर्चाबाट रसेफविरुद्धको महाभियोगबारे भित्री कुरा खुलासा गरेको यो पहिलो पटक हो ।
Leave a Reply