भर्खरै :

बोरिङ गर्दा जमिनमूनिबाट आगो निस्कियो

भक्तपुरको सूर्यबिनायक नपाअन्तर्गत सिरुटारमा पानीको लागि डिप बोरिङका क्रममा ग्यास उत्सर्जन भएर आगलागी भएको छ । सिरुटारको पुरानो खानेपानी ट्यांकीसँगै बोरिङ गर्ने क्रममा ग्यासको उत्सर्जनसँगै निस्केको आगोको मुस्लो अझै नियन्त्रणमा नआएको स्थानीयहरुले बताएका छन् । अग्नी नियन्त्रक टोलीले पानीको फोहोरा हान्दा पनि आगो नियन्त्रणमा लिन गाह«ो भएको बताइएको छ ।
काठमाण्डौ उपत्यकाको भूमिमूनि ग्यासको भण्डार रहेको हुन सक्ने विभिन्न वैज्ञानिक अध्ययनले देखाएको छ । २०७१ सालको भूकम्पपछि पनि धेरै स्थानहरुमा यसरी ग्यास उत्सर्जन भई आगो निस्केको थियो ।
https://www.facebook.com/shyam.kayastha.1/videos/pcb.1516126028407272/1516125715073970/?type=3&theater

Leave a Reply

Your email address will not be published. Required fields are marked *