ख्वप अस्पताललाई आधुनिक र सुविधासम्पन्न अस्पतालको रूपमा विकास गर्ने प्रयास गर्दै छौँ
- जेष्ठ ११, २०८३
– गौरव प्रधान
डर र लम्पसरवादको कारण नेपाली भूमि भारतीय भूमिमा गाभिने षड्यन्त्र भयो । भारतद्वारा अतिक्रमित भूमि फिर्ता लिनुपर्ने कुरा पटक–पटक नउठेको होइन । तर, सरकार गम्भीर भएन । नेपाली भूमि मिचे पनि सरकार मौन रह्यो । सरकारले बेलैमा बोल्न नसक्दा नेपाली भूमि अतिक्रमित भयो । कालापानी अतिक्रमित भूमि हो, यसमा शङ्का छैन । नेपाली भूमि भारतमा गाभेर भारतले नयाँ नक्सा बनाउनु पहिलो हस्तक्षेप होइन । यस्ता हस्तक्षेप कैयौँ पटक भयो । हस्तक्षेप गर्ने नानीदेखिको बानीलाई अहिले भारतले निरन्तरतामात्र दिएको हो । नेपाल सरकार फेरि मौन रहन्छ भने भारत नेपालको अरु भूमि मिच्न पछि पर्दैन । नेपाली भूमि नेपालको बनाउन कुनै शक्तिसामु नझुक्ने र सम्झौता नगर्ने फुक्न पछि नपर्ने सरकार व्यवहारमा अघि बढेको देखिँदैन । नेकपाको सरकार देशप्रति गम्भीर नभएको यो यथार्थ हो । यो सरकारको कमजोरी हो, सरकार किंकर्तव्यविमूढ हुनु हो ।
सरकार देश र जनताप्रति समर्पित नभएपछि अरुले फाइदा लिनु स्वाभाविक हो । नेपाललाई अरु देशको परेड खेल्ने मैदान बनाउनु हुँदैन । कहीँ कतैबाट पहिले त्रुटि भएको छ भने सच्याउनुपर्छ, सच्याएर अघि बढ्नुपर्छ । नेपाली भूमि नेपालले माग्दा भारत सरकार चिढिएला भनेर सरकार पछि हट्नु हुँदैन । त्यसो त भारतले नेपाली भूमि मिचेको बेलामै नेपाल सरकारले आवाज उठाएको भए भारतले नेपाली भूमि मिच्ने थिएन । भारत सरकार नेपाली भूमि मिच्दै जाने तर नेपाल सरकार हे¥याहेरै गर्ने । यस अर्थमा नेपाल धेरै पछि परिसकेको छ । नेपाल सरकारको कमजोरी देखाएर कालापानी आदि क्षेत्र भारतकै हो भन्न भारत सरकार सायद पछि पर्दैन । नेपालको भूमि हो भने नेपाल सरकार अहिलेसम्म किन मौन भनी भारत सरकार प्रश्न गर्न पछि पर्दैन ।
नेपालको अहिलेको नक्सामा कालापानी, लिम्पियाधुरा, लिपुलेक कोरिएको छैन भने अब कोर्नुपर्छ । भारतमा गाभेको छ भने हटाउन दिनुपर्छ । हाल नेपाली भूमिमा रहेका भारतीय कुनै पनि संरचना हटाउनुपर्छ र भारतीय सेना पनि फर्काउनुपर्छ । बुद्ध नेपालमा जन्मेको होइन भन्न पछि नपर्ने भारत सरकारले कब्जामा रहेको लिम्पियाधुरा नेपालको हो भन्न के अघि सर्ला ? नेपाली जनता नेपाल भूमिमाथिको अतिक्रमण सहँदैनन् । ठूलो र शक्तिशालीको रूप देखाएर नेपाललाई मिच्न पाइँदैन । नेपाली भूमिमाथि दाह«ा किट्ने भारत सरकारको हस्तक्षेप अब सह्य हुनेछैन । हाम्रा नेता र मन्त्रीहरू भारतीय शासक वर्गको आशीर्वाद चाहन्छन्, शासकलाई खुसी पार्न चाहन्छन् । कहिले भूमि दिएर, कहिले असमान सन्धि गरेर भारतलाई खुसी पार्ने नेपाल सरकारको कमजोरीले नै भारतीय हस्तक्षेप बढेको हो । भारत हाम्रो असल छिमेकी देश हो भने भारतले पनि नेपाललाई असल व्यवहार गर्नुपर्छ । असल देशको परिचय दिनुपर्छ । नेपालमाथि भारतले गरिरहेको व्यवहार हेर्दा भारत नेपालको असल देश होइन भन्ने करै लाग्छ ।
Leave a Reply