मध्यपूर्व द्वन्द्वलाई केन्द्रमा राखी सी चिनफिङ र सरिफबिच भेट
- जेष्ठ ११, २०८३
वासिङ्टन, २४ कार्तिक (सिन्ह्वा) । पश्चिमा सैनिक गठबन्धन नेटोमा आर्थिक लगानी र सुरक्षाका बारेमा सङ्कट देखिएको र त्यसबारे संरा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्को साता नेटोका महासचिव जेन्स स्टोल्टेन्बर्गसँग ह्वाइट हाउसमा सुरक्षा र लगानीका विषयमा छलफल गर्ने भएका छन् । ह्वाइट हाउसका अनुसार उक्त भेटवार्ताका क्रममा नेटो गठबन्धनका मुलुकबाट दामासाहीले नेटोका लागि खर्च जुटाउने उपायका बारेमा मुख्य रूपमा छलफल हुनेछ ।
साथै, गठबन्धन मुलुकहरूको प्रतिरक्षा र आतङ्कवाद र साइबर आक्रमण समेतका अन्य चुनौतीविरूद्ध लड्न साझा रणनीति बनाउन अवलम्बन गर्नुपर्ने नीतिका बारेमा पनि छलफल हुने ह्वाइट हाउसले जनाएको छ ।
राष्ट्रपति ट्रम्पले नेटो प्रमुखहरूको आगामी डिसेम्बरको सुरूमा हुने सम्मेलनमा सहभागी हुन लन्डनको भ्रमण गर्नेछन् । राष्ट्रपति ट्रम्पका कारण गठबन्धनका मुलुकबीचको एकताकै विषयमा प्रश्न उब्जिरहेको अवस्थामा नेटो स्थापनाको ७० औँ वार्षिकोत्सव लन्डनमा मनाउन लागिएको छ ।
ट्रम्प प्रशासनले नेटोमा अमेरिकी लगानी अत्यधिक रहेको र यो बोझ अमेरिकाले मात्र उठाउन नसक्ने बताउँदै गठबन्धन मुलुकले प्रतिरक्षा खर्चमा योगदान बढाउन दबाब दिइरहेको छ ।
यसबाहेक, अमेरिकासँग केही जल्दाबल्दा विषयमा पनि मतान्तर छ । खासगरी इरानी आणविक मुद्दा, उत्तरी सिरियामा टर्कीले गरेको सैन्य हस्तक्षेप तथा उत्तरी सिरियाबाट आफ्ना सैनिक फिर्ता गर्ने अमेरिकी निर्णयमा नेटो गठबन्धनमा विवाद छ ।
फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोले हालैमात्र रणनीतिक सहयोगको कमी र संरा अमेरिकाको नेतृत्वबाट भएको कमजोरीका कारण नेटो गठबन्धनमा ठूलो सङ्कट आएको बताएका थिए ।
Leave a Reply