क्युवाले डाक्टर पठायो, वाशिङटनले एउटा डिस्ट्रोयर !
- बैशाख ४, २०८३
– दानबहादुर कपाली
वि.सं. २०५१ मा स्थापित सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था २५ औँ वर्षमा पुगेको छ । ३१ जना युवाहरूको ३१०० रुपैयाँबाट स्थापना भएको सो सहकारीमा आव २०७५/७६ मा शेयर सदस्य १४ हजार ५२६ जना पुगेको छ । २९२१ जना बाल बचतकर्ताहरू रहेका छन् । हाल १५ हजारभन्दा बढी सदस्य पुगेका छन् । आव २०७५/७६ को असार मसान्तसम्ममा संस्थाको शेयर पुँजी रु. २२,९८,८३,१००।–, जगेडाकोष ११,४८,५९,१६५।–, संरक्षित पुँजी फिर्ता कोष १,५१,४०,८३७।– र कुल सम्पत्ति १,८४,००,९६,९१०।– रहेको छ । आव २०७६/७७ मा अनुमानित बजेट २ अर्ब २२ करोड पु¥याउने संस्थाको लक्ष्य रहेको छ ।
संस्थाले एसियाली सहकारी मापदण्ड ACCESS को बान्डलाई निरन्तरता दिएको छ । संस्थाले एकीकरणको नयाँ थालनी गरेको छ । सिद्धि गणेश नेपालकै उत्कृष्ट संस्था बनेको छ । संस्थाले हरेक वर्ष पुस २९ गते स्थापना दिवस मनाउँदै आएको छ । रजत वर्षको अवसरमा संस्थाले रक्तदान, कौसीखेती, बाल चित्रकला तालिम, रक्तचाप परीक्षण, खुला शिविर तथा महिला पाठेघर एवम् स्तन क्यान्सर परीक्षण कार्यक्रम गरेको थियो । २०७० देखि हरेक वर्ष चैतको मसान्तसम्ममा ७० वर्ष भएका संस्थाका ज्येष्ठ सदस्य तथा बचतकर्ताहरूको सम्मानलाई निरन्तरता दिँदै आएको छ । २०६९ मा एसियाली ऋण महासङ्घ (ACCU ) ले संस्थाको अडिट गरी आक्सेस ब्रान्ड प्रदान गरेको थियो । यसैबीच २०७६/५/१ गते ACCU र नेफ्स्कुनका प्रतिनिधिहरूको अडिट गरी सन् २०२० अगष्ट ३१ सम्मका लागि ब्रान्ड नवीकरण गरिएको छ । १५ वर्षे आवास ऋण प्रदान गर्दा निर्माणाधीन भवनको डीपीसी सकेपछि २० प्रतिशत, पहिलो तला निर्माणपछि ४० प्रतिशत र माथिल्लो तला स्वीकृतपछि ४० प्रतिशत ऋण प्रदान गर्ने व्यवस्था मिलाइएको छ । घर/जग्गा खरिद तथा घर निर्माणको लागि ५० लाखसम्म र व्यवसायिक प्रयोजनका लागि बनाइने भवन निर्माणमा रु. १ करोडसम्म ऋण प्रदान गर्ने व्यवस्था मिलाइएको छ ।
रजत वर्षको अवसरमा संस्थाको स्मारिका प्रकाशित गर्ने, सदस्यको सांस्कृतिक स्तर उत्थान हुने विविध कार्यक्रम सञ्चालन गर्ने, सदस्य सेवा गुणस्तरीय बनाउन आक्सेस सिकाइलाई प्रभावकारी बनाउने र सहकारी ऐनअनुसार उत्पादनमूलक तथा रोजगारीमूलक क्षेत्रमा संस्थाको लगानी बढाउन कृषि तथा अन्य विशिष्टिकृत सहकारी सङ्घको गठन गर्न पहल गर्ने संस्थाको आगामी कार्यक्रम रहेको छ । आक्सेस सिकाइले सदस्यलाई गुणस्तरीय सेवा दिनसक्ने संस्थाको सोचतर्फ सचेत हुनुपर्ने देखिन्छ ।
Leave a Reply