क्युवाले डाक्टर पठायो, वाशिङटनले एउटा डिस्ट्रोयर !
- बैशाख ४, २०८३
सही राजनीतिक व्यवस्था, सरकारको उपयुक्त नीति र शासकहरूमा इच्छाशक्ति र इमानदारिता भएमा कुनै देश विकास हुन लामो समय लाग्दैन, अरू देशले केही शताब्दी लगाएर गरेको विकास केही दसकमा गर्न सकिन्छ । उदाहरण पूर्वसोभियत सङ्घ, हालको जनवादी गणतन्त्र चीन, प्रजातान्त्रिक जन गणतन्त्र कोरिया र भियतनाम हुन् । समाजवादी सोभियत सङ्घ आज अस्तित्वमा नरहे पनि हालको रुसी महासङ्घ र त्यस वरपरका पूर्वसोभियत गणतन्त्रहरूमा भएका विकासका प्रायः सम्पूर्ण पूर्वाधार सोभियत सङ्घकै देन हुन् । आज चीन विश्वकै पहिलो आर्थिक शक्ति बन्ने क्रममा छ । चीनको विकास देखेर सारा विश्व आश्चर्यचकित छ । कुनै बेला गरिबीको पर्याय बनेको चीन आज सम्पूर्ण जनतालाई गरिबीबाट माथि उकास्ने स्तुत्य अभियानमा छ । तीन दशकभन्दा लामो जापानी उपनिवेश र १९५०–५३ सम्म संरा अमेरिका नेतृत्वको पश्चिमा सैनिक गठबन्धनसित युद्धका कारण ध्वस्तप्रायः भएको प्रजग कोरियाले आज गरिरहेको विकास विश्वले जिब्रो टोक्नेखाले छ । तर पश्चिमा सञ्चारमाध्यमले प्रजग कोरियाबारे झूट प्रचार गर्ने क्रम रोकेका छैनन् । संरा अमेरिकासितको एकदशक लामो युद्धले विध्वंस भएको दक्षिणपूर्वी एसियाली देश भियतनामको आजको विकासलाई सारा विश्वले निकै सराहना गरिरहेको हामी पाउँछौँ । यसरी छोटो समयावधिमा विकास गरेका सबै देशमा आ–आफ्नो देशको विशेषतासहितको समाजवादी व्यवस्था छ । समाजवादी व्यवस्थामा शासकहरू देश विकास गर्ने इच्छाशक्ति र इमानदारितामा कुनै कमी हुँदैन । पुँजीवादी व्यवस्थाको तुलनामा भ्रष्टाचार निकै कममात्र हुन्छ ।
विकासको ‘हावा महल’ देखाउनमा नेपालका शासक नेताहरू कम छैनन् । कुनै बेला नेपालका एक प्रधानमन्त्रीले काठमाडौँका सडक दिनहुँ पानीले धुने बताएका थिए । कान्तिपुरलाई सिङ्गापुर बनाउने नारा त धेरै प्रधानमन्त्री र नेताहरूले गरेका थिए । काठमाडौंको आज के गति छ हामी सबै आज भुक्तभोगी छौँ । वर्तमान प्रधानमन्त्री केपी ओलीका विकासका भाषणलाई त अधिकांश जनताले योजना होइन चुट्किला सम्झने गर्छन् । सरकारको गतिविधिले प्रम ओलीको विकासको सपना पूरा नहुने सपना साबित गरिरहेको छ । केही वर्षमै चीन र भारतबाट काठमाडौँमा रेल ल्याउने, पहाड र तराईमा पूर्व–पश्चिम रेलसेवा विस्तार गर्ने, नेपाली जनताको घरघरमा चिसो र तातो पानीको पाइपसँगै पाइपमार्फत एलपी ग्यास पु¥याउने, नेपालका नदीहरूबाट हिन्द महासागरसम्म पानीजहाज चलाउने आदि ओलीका हावा महल थिए ।
सपना देख्ने तर सपना पूरा गर्न व्यवहारमा सिन्को नभाँच्ने भएकोले राम्रा सपनालाई पनि जनताले हावा महल भन्ने गरेका छन् । तर, शासक पार्टीका नेताहरू जनतालाई हावा महल देखाउन छाडेका छैनन् । यसै क्रममा प्रधानमन्त्री बन्न नपाएर निराश बनेका र सरकार र राष्ट्रिय योजना आयोगभन्दा अधिकारसम्पन्न विकास प्राधिकरणको प्रमुख बनाउन माग गर्दै आएका सत्तासीन पार्टीका नेता वामदेव गौतमले आफ्नो योजनाअनुसार काम गरे एक दशकभित्रै नेपाली जनताको प्रतिव्यक्ति आय १५ हजार डलर पु¥याउने बताएका थिए । शनिबार एक कार्यक्रमबीच गौतमले यही सरकारले ५ वर्षसम्म राम्रोसँग काम गर्न पायौं भने ५ वर्षमा विकासमा भारतलाई हामीले छुन्छौंँ, १० वर्षमा चीनलाई छुन्छौंँ भने । शासक पार्टीका नेताहरूको यो हावामहल उपनिर्वाचनको सङ्घारमा मतदाता भुलाउने गुलियोमात्र भएको धेरैको विश्लेषण छ । राम्रो काम गर्न र विकास गर्नलाई अहिले केन्द्र सरकार र प्रदेश सरकारहरूलाई कसैले छेकेको छैन, आफैले सिर्जना गरेका तगारा देखाएर विपक्षीहरूले काम गर्न दिएनन् भनी जनतालाई ढाँट्ने शासक नेताहरूको पुरानै प्रवृत्ति हो ।
Leave a Reply