भर्खरै :

‘युद्धले पूँजीवादलाई बलियो बनाउँछ’

बोलिभियाका राष्ट्रपति इभो मोरालेसले मंगलबार ‘आणविक संहारमा मानव जातिको समुल नष्ट हुने खतरा’ भएको बताएका छन् । संरा अमेरिका र पश्चिमा देशहरुसँग भएका आणविक शक्तिहरुले हामीलाई आणविक द्वन्द्वको निकट पु¥याउने खतरा बढेको छ ।’, उनले भने,‘पूँजीवादी संकटले साम्राज्यवादलाई नयाँ युद्धहरुतिर धकेल्ने गर्दछ । यथार्थमा त्यस्तो युद्ध भनेको प्राकृतिक स्रोतहरुमाथि सैनिक हस्तक्षेप हो । उनीहरुले समुद्री मार्गहरुमा नियन्त्रण गर्नेछन् अथवा भूराजनीति, उर्जा, व्यापार वा वित्तीय मुल्य भएको स्थानहरु उनीहरुले नियन्त्रण गर्नेछन् ।’
‘युद्धले पूँजीवादलाई बलियो बनाउने गर्दछ । जसले पूँजीवादलाई समर्थन गर्दछ, उनीहरुले युद्धलाई समर्थन गर्छन् । पूँजीवाद भनेको मृत्यु र विनाशको दर्शन हो ।’मोरालेसले भने ।
उनले जापानको हिरोसिमा र नागासाकी शहरमा संरा अमेरिकाले गरेको आणविक हमलाको स्मरण गरे जहाँ लाखौं मानिसहरु एक चिहान भएका थिए ।
मोरालेसको विचारमा संरा अमेरिकाका नयाँ राष्ट्रपति डोनाल्ड ट्रम्पले सैनिक बजेट ५४ अर्ब अमेरिकी डलर पु¥याउने प्रस्तावसँगै ‘सबै अधिकार पेन्टागनलाई हस्तान्तरण’ गरेका छन् ।
‘अमेरिकी साम्राज्यवाद कुनै व्यक्तिले चलाएको छैन, वित्तीय, औद्योगिक र प्राविधिक शक्तिहरुको गठजोडले चलाएको छ ।’, मोरालेसले भने ।
उनले सम्पुर्ण संसारलाई आह्वान गर्दै भने,‘कुनै पनि युद्ध, कुनै पनि सैनिक हमला जसले मानव अधिकार सुनिश्चय गर्न सक्दैन, जसले प्रजातन्त्रको रक्षा गर्न सक्दैन र प्राकृतिक स्रोतहरुमात्र हड्प्न खोज्नेहरु विरुद्ध एकजुट हुनु पर्दछ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *