भर्खरै :

भोलि नेमकिपाले घोषणा पत्र सार्वजनिक गर्दै

नेपाल मजदुर किसान पार्टीले आगामी बैशाख ३१ गते हुने भनिएको स्थानीय तहको निर्वाचनको घोषणा पत्र बिहीबार सार्वजनिक गर्दैछ । नेमकिपा स्थानीय तह निर्वाचनको लागि घोषणा पत्र सार्वजनिक गर्ने पहिले राजनीतिक दल बन्दैछ । नेमकिपा केन्द्रीय समितिको आयोजनामा बिहीबार दिनको ११ः०० बजे नयाँ बानेश्वरस्थित इन्द्रेणी फुड ल्याण्डको मैत्री हलमा घोषणापत्र सार्वजनिक गर्न लागेको पार्टी स्रोतले बताएको छ । कार्यक्रममा पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले घोषणा पत्र सार्वजनिक गर्नुहुने बताइएको छ ।
नेपालका अरु कुनै पार्टीले आजसम्म घोषणापत्र सार्वजनिक गरेका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *