ख्वप अस्पताललाई आधुनिक र सुविधासम्पन्न अस्पतालको रूपमा विकास गर्ने प्रयास गर्दै छौँ
- जेष्ठ ११, २०८३
– गोपाल नगरकोटी
उपनिर्वाचनअन्तर्गत भक्तपुरमा हुन गइरहेको क्षेत्र नं. १ को निर्वाचनमा विभिन्न राजनीतिक दलको घरदैलो तथा जनसभा भइरहेको छ । यस निर्वाचनमा तीन दलबीच प्रतिस्पर्धा हुने खबर सञ्चारमाध्यममा आइरहेको छ । निर्वाचनमा कुनै दलले पैसा नबाँडे, भोजभतेर नगरे, लोभलालच नदेखाए र धाक धम्की नदिए नेमकिपाका उम्मेदवार जित्ने एक थरीको मत छ । उनीहरूको मतअनुसार स्थापनाकालेदेखि देश र जनताको इमानदारीपूर्वक सेवा गर्ने नेमकिपाका उम्मेदवारलाई जिताउनुपर्छ ।
नेका पनि चुनावी प्रचारमा लागेको छ । प्रजातन्त्रवादी दललाई जिताउनुपर्ने उनीहरूको माग छ । नेका प्रजातन्त्रवादी हो तर पुँजीपति वर्गको पार्टी हो । द्वैधस्वामित्व अन्त्य गरेर नेकाकै पालामा पुस्तौँदेखि जोत्दै आएको जग्गाबाट वञ्चित गरेर किसानविरोधी कदम थालेको थियो । नेकाकै पालामा सबभन्दा बढी नेपाल–भारतबीच असमान सन्धि भएको थियो । देशका नदीनाला भारतको हातमा दिइएको थियो । कमैया मुक्तको नाउँमा कमैयाहरू जिउनु न मर्नुको अवस्थामा पु¥याइएको थियो । यसरी कामदार वर्ग या शोषित पीडित जनताको अहितमा काम गर्ने गरीबविरोधी दलका उम्मेदवारलाई किन जिताउने भन्ने प्रश्न उठेको छ ।
एमाले र माओवादी मिलेर बनेको नेकपाको पनि चुनावी प्रचार अघि बढिरहेको छ । पहिले नेकपाकै उम्मेदवार जितेको हुँदा यो पटक पनि आफ्नै उम्मेदरवार जित्ने उनीहरूको विश्वास हो । तर, नेकपाभित्रका कार्यकर्ताहरूको व्यापक असन्त्तोष छ । नेकपा विगतको निर्वाचनमा पैसा बाँडेर, भोजभतेर गरेर र जागिर खुवाउने आश्वासन दिएर जितेको दल हो । निर्वाचनमा पैसा खर्च गर्न पाउने अधिकार निर्वाचन आयोगले दिएको हो भनी पैसा बाँडिएको थियो । आँखाको कसिङ्गरसरि ठान्ने नेकालाई कहिले एमाले र कहिले माओवादीले आफ्नै मित्र जस्तै ठानेर काखी च्याप्ने दल नेकपा हो । विगतमा नेकासँग मिलेर निर्वाचन लडेकै हो । सरकारमा सामेल भएकै हो । सिद्धान्त र विचार थाती राखेर अवसरको खोजी गर्दै हिँड्ने दलका उम्मेदवारलाई जिताउन नहुने मत पनि निर्वाचनको यो समयमा उठिरहेको छ । मतदाताले इमानदारीपूर्वक राजनीति गर्ने दलका उम्मेदवारलाई खोज्नुपर्छ र मतदान गरेर जिताउनुपर्छ । नेपाली भूमि मिचे पनि सुतेर बस्ने दल र भारतको हित र नेपालको अहितमा असमान सन्धि गर्ने दलका उम्मेदवारलाई जिताएर नेपाली जनताले पछुताउनुपर्ने काम गर्नु ठीक होइन भन्ने जनताको मत छ ।
मतदाताले खोज्ने उम्मेदवार कुन दल सरकारमा जाने र नजानेको होइन । जनतालाई धोका दिने, विश्वासघात गर्ने, लोभलालच देखाउने दलका उम्मेदवारलाई मत राख्नु गलतै हुनेछ । हाम्रो मत सिद्धान्त र विचारको आधारमा दिने हो । मतदाताले सच्चा कम्युनिस्ट पार्टी र त्यसका उम्मेदवारलाई खोज्नुपर्छ । कम्युनिस्टको नाउँमा कम्युनिस्टको सिद्धान्त र विचार भुल्ने दललाई कुनै पनि कम्युनिस्ट, वामपन्थी, प्रगतिशील, शोषितपीडित जनताले मत राखे आफ्नै खुट्टामा बञ्चरोले हानेको सरह हुन्छ । अतः निर्वाचनमा कसैको लहैलहैमा होइन, सिद्धान्त, विचार र व्यवहार राम्ररी बुझेर आफ्नो अमूल्य मत प्रयोग गर्नुपर्छ ।
Leave a Reply