ख्वप अस्पताललाई आधुनिक र सुविधासम्पन्न अस्पतालको रूपमा विकास गर्ने प्रयास गर्दै छौँ
- जेष्ठ ११, २०८३
प्रधान
समाचार भन्छ, ‘मेडिकल कलेज ठगी प्रकरण, १२ कलेजमाथि छानबिन छापा ।’
(राजधानी २ मंसिर २०७६)
देशमा मेडिकल कलेजमा भइरहेको भ्रष्टाचार तथा पढाइमा हुने अनियमितताबारे बारम्बार सदनमा प्रश्न उठ्दा संसदीय टोली गठन भई एक हप्ताभित्र भैरहवा मेडिकल कलेजमा टोली जाने समाचारमा आयो । तर, तराईको छठ पर्वको कारण केही दिन ढीलो गर्ने समितिको सभापतिले बताए । सभापति वा संयोजक नेपाली काङ्ग्रेसकै सांसद थिए । केही दिनपछि मेडिकल पुग्दा देखियो– ४० जना पढ्ने कक्षामा १२० जना विद्यार्थी । तर, आश्चर्य ! त्यसबेला लाग्यो जब मेडिकल काउन्सिलले एक–दुई हप्ताभित्रै १२० जना पढाउने स्वीकृति दिने काम ग¥यो ! पत्रकारहरूले सांसदहरूसँग सोधे, “तपाईँहरूले सुटकेश लिएर आउनुभयो वा ब्रिफकेश !” तर, शङका सबैले गरे ने.का.का संयोजक वा नेपाली काङ्गे्रसका नेताहरूले ठूलो रकम घूस नखाई त्यस्तो काण्ड गर्नैंसक्दैनन् । यसकारण सचेत जनता शासक दलहरूबाट होसियार हुनु आवश्यक छ ।
३ मंसिरको नागरिकले लेख्यो, ‘मेडिकल कलेजमा शङ्कास्पद लगानी ।’ निजी मेडिकल कलेजले विद्यार्थीबाट तीन अर्बभन्दा बढी ठगी गरेको प्र.म. कार्यालयमातहत रहेको राष्ट्रिय सतर्कता केन्द्रले … मेडिकल कलेजमा छापा मार्दाको प्रतिवेदनको अनुसन्धानपछि सच्चाइ थाहा पायो ।
वीरगञ्ज १५ भेडियाहीस्थित नेसनल मेडिकल कलेजमा सम्पति शुद्धीकरण विभागले छापा मा¥यो । ९ घण्टाको छापाको सिलसिलामा ने.कां., एमाओवादी र एमालेका स्थानीय नेताहरूसमेत त्यहाँका काम कारबाहीमा संलग्न देखिए । छात्र आन्दोलनलाई कलेज प्रशासनले काउन्टर लगाएर दमन गरेको आरोप खुल्यो ।
राजविराजको समाचार छ, ‘जग्गा विवादले प्रभावित रामराजा मेडिकल कलेजको सपना’ अझै पूरा भएन । काठमाडौँकै समाचार छ, ‘सरकारले पठाएको बिरामीले भरिन्छन् निजी अस्पताल । (कान्तिपुर – २८ कार्तिक २०७६) ‘लिपुलेक, कालापानी र लिम्पियाधुरा, भारतीय नक्सामा पार्दा चर्चा चलिरहँदा सुस्ताको पीडा’ थपियो, ‘लालपुर्जा नेपालीसँग, जग्गामा भारतीय हैकम ।
सुर्खेतको समचार छ, ‘अवैध क्रसर सञ्चालन गर्न मुख्यमन्त्रीको दबाब’ (नागरिक–३ मंसिर २०७६)
Leave a Reply