क्युवाविरुद्ध सैन्य कारबाहीको धम्की दिँदै अमेरिका !
- जेष्ठ ८, २०८३
– गौरव प्रधान
सत्तारुढ दलका नेता र मन्त्रीहरू आदर्शको कुरा गरेर नेपालको विकास विश्वलाई देखाउने भाषण छाँट्छन्, वाणी बाँड्छन् । आदर्शको कुरा छाँट्न पछि नपर्ने ती नेता र मन्त्रीहरू देश क्षतविक्षत भएको टुलुटुलु हेरेर बस्छन्, नेपाली भूमिमाथि गिद्देदृस्टि राखेर मिचे पनि थुक निलेर बस्छन् । सार्वभौम र स्वाधीन देशमा पाइला–पाइला गरेर असङ्ख्य ठाउँमा भूमि मिचे पनि सहेर बस्ने नेता र मन्त्रीहरूको देशभक्ति भावना खोइ ? सानो, निर्बलियो, स्वतन्त्र र सार्वभौम देशमा आँच आउने खालको काम गर्ने प्रजातान्त्रिक देश भारतलाई सुहाउँछ ? स्वाधीन देशमा हस्तक्षेप र भूमि मिचे पनि कुनै निर्णय गर्न नसक्ने नेपाल सरकारको लाचारीपन पनि विडम्बनाकै विषय छ ।
भारतीय सेना र नागरिक नेपाली भूमि कब्जा गरेर बसिरहेका छन् भने सरकारी निर्णय गरेर हटाउन मिल्दैन ? अतिक्रमित भूमि फिर्ता लिएर सीमा क्षेत्र नियमन गर्न मिल्दैन ? नेपाली भूमि ओगटेर बसेदेखिको हिसाबकिताब गरेर क्षतिपूर्ति लिन मिल्दैन ? यसमा सरकार किन मूकदर्शक ! के भोलि भारतले सिङ्गो नेपालमा हस्तक्षेप गरेर निल्न खोजे सरकारले आत्मसमर्पण गर्ने ? ठूला देशको अगाडि सानोको दया चल्दैन भनी नेपाल भारतमा मिलाउने ? सत्तारुढ दलका नेता, मन्त्री, सांसद र कार्यकर्ताहरूमा संवेदनशीलता, गम्भीरता र देशभक्तिको भावना खोइ ? के ठूला दलको जिम्मेवारी सरकारको नेतृत्व गर्नुमात्र हो ? देश जोगाउनु पर्दैन ?
कम्युनिस्ट पार्टीको सरकार रे ! ठूला दलको सरकार रे ! बलियो सरकार रे ! कसैले नसोचेझैँ देशको मुहान फुटाएरै देखाउने रे ! लाखौँ सक्रिय सदस्य भएका, सदस्य सङ्ख्या अझै लाखौँ बढाएर सङ्गठन विस्तार गर्ने फाइँफुइँ गरेका नेकपा नेता र मन्त्रीहरू मिचेको नेपाली भूमि आफ्नो बनाउन भारतले नयाँ राजनीतिक नक्सा बनाए पनि किन पुच्छर लुकाएर बस्छन् ? अझै भारतको गुणगान गर्न किन अघि सर्छन् ? दलले देश र जनताको सेवा गरिएन भने दल जति बलियो र ठूलो भएरै के गर्ने ? शक्तिशाली दलको रवाफमात्र गरेर देश जोगिन्छ ? निर्वाचनमा पैसाको खोलो बगाएर बलियो बनेको दल देशको भूमि जोगाउन नसक्दा सत्तारुढ दलका नेता र मन्त्रीहरू नुन खाएको कुखुराझैँ बनेका छन् । देशभक्तिको भावना भएन भने या भएर पनि व्यवहारमा देखाइएन भने ठूलो र शक्तिशाली दलको के अर्थ !
कम्युनिस्टको बखान गरेर कम्युनिस्टकै सिद्धान्त र विचार छोडेर बदनाम गर्न अघि बढिरहेको नेकपाको सरकारले कम्युनिस्टको सिद्धान्त र विचारअनुसार अघि बढ्ने प्रयास किन गर्दैन ? नेपाल कम्युनिस्ट पार्टी
(नेकपा) बलियो र शक्तिशाली दल बनेर नेपाली भूमि साँगुरिँदै गयो भने, नेपालमा भारतीय नागरिकहरूको सङ्ख्या बढ्दै गयो भने भोलि नेपालको के स्थिति होला ? नेपाल परनिर्भर भइरह्यो र भारतीय शासकहरूकै उठबसमा नेपाल सरकार चलिरह्यो भने देशको भाग्य निर्माण कसरी होला ? सरकारी नेता र मन्त्रीहरूको इज्जत र प्रतिष्ठा कसरी जोगिएला ? देश डुबाएर, गुण्डा, कमिसनखोर, ठेकेदार, भ्रष्टाचारी, कालाबजारीहरूलाई संरक्षण गरेर, देशको राजस्वलाई आफ्नो सम्पत्ति ठानेर रजाइँ गर्ने दलका नेता र मन्त्रीहरूको राजनीति कसरी सद्दे हुन्छ ?
जसरी भए पनि दल बलियो बनाउने र सरकारको नेतृत्व गरिरहने नेकपाको मानसिकताले देशलाई दिशा निर्देश गर्नसक्दैन । कुनै एउटा आयोजनाको उद्घाटन गरेपछि अर्थतन्त्र बलियो बनाउने दिशामा सरकार भनी फुकेर देशको अर्थतन्त्र सुदृढ हुन्छ ? नयाँ युगको सुरुआत हुन्छ ? विकासको मुहान फुट्छ ? वैज्ञानिकहरू भेला भएपछि वैज्ञानिकहरूको देश बन्ने सपना, पानीजहाज आएपछि पानीजहाजको युग सुरु हुने रवाफ देखाएर देश सुखी नेपालीको समृद्ध नेपाल बन्ने छैन । देशको नेतृत्व गरिरहेका दलका नेता र मन्त्रीहरूले बकम्फुसे कुरा गर्ने होइन । फुस्रो भाषण छाँटेर झूटको खेती गर्ने होइन । आश्वासन बाँडेर लोभलालच देखाएर जनताको मत तान्ने र निर्वाचनमा जित्ने जनविरोधी राजनीति गर्ने होइन । सिद्धान्त र विचारको राजनीति गर्न सत्तारुढ दल अघि बढ्नुपर्छ ।
Leave a Reply