भर्खरै :

समाजवादको प्रमुख नीति

राजनीति भनेको एउटा वर्ग वा समाजको सामूहिक हितको लागि जनसमुदायलाई सङ्गठित गर्ने कार्य हो । समाजको आवश्यकता पूर्ति गर्नका लागि समाजकै अगुवा व्यक्तिहरूले समाजलाई व्यवस्थित गर्ने, सामूहिक जीवन जीउने र साझा कार्यक्रमहरू गर्ने तथा सामूहिक हितको लागि नेतृत्व गर्ने नीति नै राजनीति हो ।
समाजवादी नीति व्यापक जनतालाई राज्य र समाजको मालिक बनाउने नीति हो । यसले व्यापक जनताको हितलाई ध्यानमा राखी सङ्गठनात्मकरूपले नेतृत्व गर्ने काम गर्दछ । यसको उद्देश्य व्यापक जनतालाई सार्वभौम बनाई सिर्जनशील शक्ति निर्माण गर्नु हो ।
कोरियाली मजदुर पार्टीको सन्गुन नीति व्यापक जनतालाई सार्वभौम बनाएर समाजवादी लक्ष्य प्राप्त गर्ने एउटा उपाय हो ।
साम्राज्यवादीहरूद्वारा आक्रमणको खतरा रहेसम्म व्यापक जनतालाई हतियारद्वारा सुसज्जित पार्नुपर्छ । नत्र व्यापक जनतालाई सार्वभौम बनाउन सम्भव हुँदैन । यस अर्थमा सन्गुन नीतिले राज्य र समाजको मालिक व्यापक जनताको दृढतापूर्वक रक्षा गर्दछ । सार्वभौमिकता व्यापक जनताको प्राण हो ।
विगतमा जापानी साम्राज्यवादीहरूले आक्रमण गरे तथा कोरियालाई उपनिवेश बनाए । त्यसबेला कोरियाली जनता आफ्नो देशभित्र दासको जीवन बिताउन बाध्य भए । दासहरू स्वाधीन हुँदैनन् । आफ्नो स्वाधीनता गुमेपछि मानिस पशु सरह हुन्छ । यसबारे कसैको दुईमत नहोला ।
व्यापक जनताको स्वाधीनता कायम राख्न समाजवादको रक्षा गर्नुपर्छ । स्वाधीन जनता मर्यादित हुन्छन् । समाजवाद समाप्त भएमा व्यापक जनता साम्राज्यवादीहरूको दास बन्न बाध्य हुन्छन् । समाजवादको रक्षाको लागि साम्राज्यवादविरुद्ध चर्को सङ्घर्ष गर्नुपर्दछ ।
साम्राज्यवादीहरू स्वाधीनताको माग गर्ने जनतालाई हातहतियारको बलले दमन गर्छन् र समाजवादलाई समाप्त पार्न झूटा प्रचारहरू गर्छन् । यस्तो स्थितिबाट देश र जनतालाई जोगाउन सेनालाई व्यापक रूपमा सुदृढ पार्नुपर्छ । सुदृढ सैन्य शक्तिले मात्रै समाजवादविरोधी गतिविधिलाई ध्वस्त पार्नसक्दछ र व्यापक जनताको स्वाधीनताको रक्षा गर्नसक्दछ ।
सैन्य कार्यलाई प्राथमिकता दिएर क्रान्तिकारी सेनालाई सर्वशक्तिवान बनाउनु नै सन्गुन नीतिको सार हो ।
सन्गुन नीतिले व्यापक जनतामा सृजनात्मक क्षमता बढाउँछ र समाजवादी उद्देश्यलाई अगाडि बढाउँछ । क्रान्तिकारी सेना पार्टी र नेताप्रति निष्ठावान हुन्छ । तिनीहरू जनता, देश, क्रान्ति र समाजवादप्रति समर्पित हुन्छन् । क्रान्तिको रक्षाको लागि जीवनमरणको कष्टसाध्य जीवन बिताउन पनि तिनीहरू तयार हुन्छन् ।
क्रान्तिकारी सेनामा क्रान्तिकारी भावना र उच्च नैतिकता हुनुपर्छ । क्रान्तिको लागि सेनामा क्रान्तिकारी चरित्र र कार्यशैली हुनु पनि त्यत्तिकै आवश्यक छ ।
किम इल सङको देहावसानपछि क्रान्तिकारी सेनाले ‘आफू मरेर पनि क्रान्तिको रक्षा गरौँ’ र ‘पार्टीको निर्णय हामी कार्यान्वयन गर्छौं, गर्छौं’ भन्ने जस्ता नाराहरूलाई अगाडि बढायो ।
कोरियाली जनसेनाले पार्टी र नेताको रक्षाको लागि आफ्नो ज्यानको बाजी लगाएर काम गर्दै छ तथा पार्टीको नीतिलाई कार्यान्वयन गर्दै छ । क्रान्तिकारी सेनाले सिर्जेको क्रान्तिकारी भावना र सङ्घर्षको शैली व्यापक जनताको निम्ति महत्वपूर्ण शिक्षा हो । सन्गुन नीतिले समाजवादको मूलभूत नीतिमध्ये एक हो र समाजवादको उद्देश्य पूरा गर्ने यो एक उत्कृष्ट नीति हो । समाजवादी व्यवस्थामा व्यापक जनताको हितको लागि हतियारलाई महत्वपूर्ण साधनको रूपमा लिइन्छ ।
कोरियाले सन्गुन नीतिलाई व्यापक जनताको हित गर्ने प्रमुख राजनैतिक उपायको रूपमा लियो र त्यसलाई अगाडि बढाउँदै छ ।
सन्गुन नीति साम्राज्यवादविरुद्ध सङ्घर्ष गरी समाजवादको रक्षा गर्ने विशेष नीति हो । जनताको हितको निम्ति समाजवादलाई जीवन्त राख्ने यो एक राजनैतिक उपाय हो ।
अर्को शब्दमा व्यापक जनताको हितको राजनीतिक भनेकै विश्वासको राजनीति हो । व्यापक जनताबीच आपसी स्नेह र विश्वासको राजनीति पुँजीवादी राजनीतिभन्दा भिन्न हुन्छ ।
समाजवादी व्यवस्थाको स्थापनापछि वर्गहरूबीचको अन्तरविरोध कम हुँदै जान्छ र अन्तमा वर्गसङ्घर्ष समाप्त हुन्छ ।
समाजवाद नै कामदार वर्गको लागि उत्कृष्ट व्यवस्था हो । यसमा व्यापक जनताबीच आपसी एकता र सहयोगको भावनाको विकास हुन्छ । विश्वास र आपसी सद्भावको आधारमा नै राजनीति चल्छ ।
व्यापक जनताको हित गर्ने समाजवादको मूलभूत उद्देश्य सन्गुन नीतिसँग एकाकार भएपछि मात्रै त्यसले सजीवता र श्रेष्ठता पाउँछ । सन्गुन नीति कुनै पनि अवस्थामा व्यापक जनताको हितलाई साकार पार्ने आधार हो । जनताको विश्वास नभएसम्म राजनीतिक सही रूपमा अगाडि बढ्दैन । त्यस्तै जनताको विश्वासविना शान्ति सुव्यवस्था पनि स्थापित हुनसक्दैन ।
सन्गुन नीति भनेको व्यापक जनताबीच एक मनको एकता कायम गरेर त्यसलाई सुदृढ पार्नु हो । यसबाट मात्रै जनताको उद्देश्य पूरा गर्न सकिन्छ ।
सन्गुन नीति आजको परिवेशमा समाजवादलाई अगाडि बढाउने प्रमुख नीति हो ।
सन्गुन नीति कहिलेसम्म ?
किम जङ इलद्वारा प्रतिपादित सन्गुन नीति आजको कठिन अवस्थाबाट अस्थायी रूपमा पार गर्नका लागि मात्रै होइन । उहाँले कोरियालगायत विश्व राजनीतिको सन्दर्भमा उक्त नीति अघि सार्नुभएको हो ।
क्रान्तिको लामो यात्रामा ठूल्ठूला अवरोधहरू आउन सक्छन् । त्यस्ता कठिन परिस्थितिलाई पनि पार गर्दै जानुपर्छ । कोरियाली जनता सन्गुनको झन्डा बोक्दै अविचलितरूपमा अगाडि बढ्दै छन् ।
किम जङ इलले विश्वमा साम्राज्यवाद रहुञ्जेल सन्गुन नीतिलाई अवलम्बन गर्नुपर्ने बताउनुभयो । यो समाजवादमा जाने नयाँ बाटो हो । साथै यो साम्राज्यवादविरुद्ध सङ्घर्ष गर्दै अगाडि बढ्ने क्रान्तिकारी बाटो पनि हो ।
आक्रमण र युद्ध त साम्राज्यवादकै उपज हुन् । आक्रमण र युद्ध साम्राज्यवादसँग अलग हुनसक्दैन र युद्धविनाको साम्राज्यवाद पनि हुनसक्दैन । त्यो त साम्राज्यवादीहरूको स्वभावै हो । साम्राज्यवादीहरू आफ्ना विरोधीहरू बलियो भएमा आक्रमण गर्न डराउँछन् । तर, कमजोर हुने बित्तिकै आक्रमण गरी ध्वस्त पार्छन् ।
व्यापक जनताको स्वाधीनता, सार्वभौमिकतालाई लुट्ने, कुल्चने र ध्वस्त पार्ने साम्राज्यवाद क्रान्तिको शत्रु हो । त्यसैले समाजवाद व्यापक जनतालाई स्वाधीन बनाउने बाटो हो, यो साम्राज्यवादसँग सशक्त सङ्घर्ष गर्ने बाटो हो ।
विगतमा समाजवादी देशहरू अर्थतन्त्रको निर्माणमा शक्ति जुटाउन असमर्थ भए किनभने मजदुर वर्गको हातमा शासन सत्ता भए पनि साम्राज्यवादीहरूको आक्रमणविरुद्ध सङ्घर्ष गर्नुपर्ने र पुरानो आर्थिक शोषणलाई निर्मूल पार्नुपर्ने जस्ता चुनौतीहरू थिए । साथै प्रतिक्रान्तिकारीहरूबाट क्रान्तिको रक्षा गर्नुपर्ने जस्ता अत्यन्तै जिम्मेवारीपूर्ण कामहरू पनि थिए ।
विश्वको पहिलो समाजवादी देश सोभियत सङ्घको उदाहरण लेऔँ । त्यसबेला सोभियत सङ्घलाई पुँजीवादी राष्ट्रहरूले घेरेका थिए । यसले गर्दा समाजवादको स्थापना र विकास गर्न कठिन थियो । यस्तो जटिल स्थितिमा सोभियत सङ्घले दोस्रो विश्व युद्धको पनि सामना गर्नुप¥यो ।
दोस्रो विश्व युद्धपछिको अवस्थामा पनि समाजवादको रक्षाको लागि ठूलो शक्तिको आवश्यकता प¥यो । त्यसबेला एकातिर समाजवादी राष्ट्रहरू साम्राज्यवादीहरूको आक्रमण र आर्थिक नाकाबन्दीविरुद्ध सङ्घर्ष गर्न बाध्य थिए भने अर्कोतिर विश्व समाजवादी आन्दोलनको रक्षाको लागि पनि ध्यान दिइँदै थियो ।
आन्तरिक र बाह्य शत्रुहरूविरुद्ध सङ्घर्षविना समाजवादको निर्माण सम्भव छैन । साम्राज्यवादीहरूको धम्की र नाकाबन्दीविना समाजवाद स्थापना भएको कुनै राष्ट्र छैन । यस अर्थमा समाजवादको विजय साम्राज्यवादी र प्रतिक्रियावादीहरूको चर्को सङ्घर्षबाट हुन्छ ।
समाजवादको अस्तित्व रहेसम्म साम्राज्यवादीहरूद्वारा गरिने आक्रमण, आर्थिक नाकाबन्दी र हस्तक्षेपहरूको सम्भावना रहिरहन्छ । त्यसकारण साम्राज्यवादीहरूसँग सम्झौता गर्नुहुँदैन । सम्झौतालाई स्वीकार गर्नुको अर्थ आत्मसमर्पण गर्नुसरह हुन्छ ।
समाजवाद जनताको स्वाधीनता चाहने प्रगतिशील शक्ति हो भने साम्राज्यवाद र पुँजीवाद जनताको स्वाधीनतामाथि थिचोमिचो गर्ने प्रतिक्रियावादी शक्ति हो ।
सामन्तवाद र पुँजीवादको शासन पल्टाएर इतिहासको रङ्गमञ्चमा समाजवादको उदय भएको हो । समाजवादीहरूले साम्राज्यवादविरोधी विचारलाई त्यागेमा आफ्नो अस्तित्वलाई जोगाइ राख्नसक्दैनन् । त्यसकारण पुँजीवादी र साम्रान्यवादीहरूसँग कुनै पनि हालतमा समाजवादीहरूको सम्झौता हुनसक्दैन ।
समाजवादी देशहरूमाथि आक्रमण गर्नु नै साम्राज्यवादीहरूको लक्ष्य हुन्छ । यस्तो स्थितिमा समाजवादीहरूले साम्राज्यवादविरोधी क्रान्तिकारी झन्डा तल झारेमा त्यो स्वतः समाप्त हुन्छ ।
समाजवाद र साम्राज्यवादबीचको सङ्घर्ष वैचारिक र सशस्त्र दुवै हुन्छ । त्यसकारण शक्तिशाली सैन्य शक्तिविना साम्राज्यवादीहरूसँगको सङ्घर्षमा विजय हासिल गर्न र समाजवादलाई जोगाइ राख्न सकिंदैन ।
समाजवाद बलियो हुँदै गएपछि साम्राज्यवादी र प्रतिक्रियावादीहरूको सैन्य उन्माद र उत्तेजना पनि बढ्दै जान्छ भन्ने कुरा समाजवादी आन्दोलनको इतिहासले देखाइसकेको छ ।
अमेरिकी साम्राज्यवाद आफ्नो स्वाधीनताको लागि सङ्घर्षरत देशहरूमाथि सैन्य शक्तिको बलले आक्रमण गर्ने र समाजवादलाई ध्वस्त पार्न प्रयासरत छ ।
सेना बलियो नभएसम्म देशको स्वाधीनता र समाजवादको रक्षा गर्न सकिंदैन । यस अर्थमा महामहिम किम जङ इलको सन्गुन नीति समाजवादी उद्देश्य प्राप्तिको लागि अत्यन्त महत्वपूर्ण उपाय हो । जबसम्म संसारमा साम्राज्यवाद रहन्छ तबसम्म सन्गुन नीतिको महत्व रहिरहने छ ।
कोरियाली क्रान्ति शक्तिशाली साम्राज्यवादीहरूसँग सङ्घर्ष गर्दै जटिल र कठिन अवस्थाबाट सुरु भएर सफल हुँदै आएको क्रान्ति हो ।
कोरियाली मजदुर पार्टीले पटक–पटक कठोर स्थितिको सामना ग¥यो । तर, कोरियाली क्रान्ति सफलताको बाटोमा अगाडि बढ्दै प्रगति गर्दै छ । सन्गुन नीतिको झन्डा दृढताका साथ उठाएको कारणले मात्रै त्यो सम्भव भएको हो ।
स्रोत ः ‘कोरियाको सन्गुन
राजनीति’ पुस्तकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *