संविधान जारी भएको ११ वर्ष, संविधान संशोधनको प्रश्न किसान र मजदुरको हकलाई मौलिक हकमा राखिनुपर्ने
- आश्विन ५, २०८३
काठमाडौँ, ११ मंसिर । सीमा बचाऔँ अभियान, नेपालले आफूअन्तर्गत वरिष्ठ पत्रकार भैरव रिसालको संयोजकत्वमा गठित नक्सा उप–समितिले तयार गरेको लिम्पियाधुरालाई समेत समेटेर तयार पारिएको नयाँ नक्सा गृहमन्त्री रामबहादुर थापालगायतलाई बुझाएको छ । अभियानले त्यसअघि उक्त नक्सा भूमि सुधार, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा कुमारी अर्यालमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाउने गरी हस्तान्तरण गरिएको थियो । साथै बुधबार नै पूर्णकुमारी सुवेदी सभापति रहेको संसद्को कृषि समितिलाई पनि उक्त नक्सा प्रदान गरेको थियो ।
सो अवसरमा गृहमन्त्री थापाले कालापानीमा नेपालको स्वामित्व कायम गर्न भारतीय सेना हटाउने र त्यहाँ नेपाली सुरक्षा निकाय खडा तयारीमा सरकार लागेको बताए ।
मन्त्री अर्यालले कालापानीबाट भारतीय सेना पठाउनका लागि नेपालसँग यथेष्ट प्रमाण रहेको र थप खोज्नसमेत जरुरी नभएको बताएकी थिइन् ।
यता कृषि समितिकी सभापति पूर्णकुमारी सुवेदीले पनि कालापानीबाट भारतीय सेना हटाउने कार्यले सफलता प्राप्त गर्ने र त्यसमा नागरिक स्तरबाट सहयोग र दबाबको आवश्यकता पर्ने बताएकी थिइन्।
अभियानमा माधवप्रसाद घिमिरे, सत्यमोहन जोशी, डा. गौरीशंकर लाल दास, हिमालयशमशेर जवरा, भैरव रिसाल, प्राध्यापक उपेन्द्रमान मल्ल, केदारभक्त माथेमा, गौरीबहादुर कार्की, डा.चैतन्य मिश्र, डा. तुलसीराम वैद्यरु, द्वारिकानाथ ढुंगेल, प्रा.डा नरेन्द्रराज खनाल, डा. पिताम्बर शर्मा, बैरागी काइँला, शान्त श्रेष्ठ, सन्तबहादुर पुन, स्वानाम साथी, हिरण्यलाल श्रेष्ठ लगायतले हस्ताक्षर गरेको १० बुँदे माग पत्र पनि बुझाइएको छ ।
माग पत्र बुझाउने क्रममा उनीहरूले कालापानी नेपाल भएको भन्नलाई नेपालसँग अनगिन्ति प्रमाण भएको, त्यसका आधारमा नेपालले भारतसँग वार्ता गर्न विलम्व गर्न नहुने र त्यो वार्तालाई अर्थपूर्ण बनाउन आफूहरूले सहयोग गर्ने बताएका थिए ।
Leave a Reply