नेपाली समाज किन फासीवादउन्मुख भयो ?
- असार ९, २०८३
हिरण्यलाल श्रेष्ठ
नेपालको मधेसभा जताततै अतिक्रमण भएको छ । तराई–मधेसका दर्जनौँ जिल्लाका दर्जनौँ ठाउँहरू लगातार अतिक्रमणमा परिरहेका छन् । अहिलेका लागि कालापानी, लिपुलेक र लिम्पियाधुरालाई केन्द्रमा राखेर हेर्ने हो भने जब सन् १९६२ मा भारत र चीनबीच युद्ध भयो, त्यसबखत चिनियाँ फौजको गतिविधि हेर्न, उनीहरूलाई निगरानी गर्न र आक्रमण तयारी बुझ्नलगायतका यावत कुराहरूमा लिम्पियाधुरा क्षेत्रतिर बस्दा सहज हुने भएकोले भारतीय सेना यस क्षेत्रमा आई बस्यो ।
तर, पछि उनीहरूबीचको युद्ध समाप्तमात्र नभई सुमुधुर सम्बन्ध स्थापित भइसक्दा पनि भारतीय सेना त्यहाँबाट हटेनन् । उनीहरूलाई युद्ध सकिनासाथ नभए पनि अहिलेसम्म त्यस क्षेत्रबाट हटाउन नसक्नु हाम्रो कमजोरी हो ।
भारतको प्रवृत्ति नै त्यस्तै छ । बाढी आएर दर्दनाक पीडा भोग्दा बङ्गलादेशलाई पेल्छ । राजनीतिक अस्थिरता हुँदा हामी पेलियौँ ।
अहिले भारतले कालापानी क्षेत्र आफ्नो देशभित्र देखाएर नक्सा प्रकाशन गरेको छ । यसका दुईवटा उद्देश्य हुनसक्छन्, एउटा, अहिले जसरी भारतीय सेना नेपालको भूमिमा बसिरहेका छन्, त्यसलाई निरन्तरता दिनु हो भने अर्को, नेपाली भूमिलाई हडप्ने दुस्साहस गर्न खोज्नु हो ।
लिम्पियाधुरामा मात्र नभई कालापानीसम्मै भारतीय चौकीहरू छन् । भारतीय सेना निस्फिक्री त्यहाँ रहिरहनुको मुख्य कारण हामीले राष्ट्रिय उपस्थिति त्यस क्षेत्रमा देखाउन नसक्नु हो ।
अर्को के कुराले भारतलाई यहाँ रहन जोडबल दिइरहेको छ भने भारत र चीन अहिले ठूला व्यापारिक साझेदार भइसके । भारतमा चीनको ठूलो लगानी छ । गुजरातको मुहार फेर्ने लगानी पनि चिनियाँकै हो । त्यसमाथि चीनले सबैभन्दा ठूलो ऋणको रकम भारतलाई नै दिएको छ ।
अब उनीहरू एक अर्काका ठूला व्यापार केन्द्र भइसकेपछि ‘साइलेन्ट डिप्लोमेसी’ भएको चीनले नेपालको पक्षमा वकालत नगरिदिने देखेकोले भारतीय फौज त्यहाँबाट हट्न अटेर गरेको हो ।
नापी विभागको पनि ठूलो कमजोरी रहेको छ । नेपालमा जनशक्ति अभाव भएर विदेशबाट सीमा मापनका लागि जनशक्ति झिकाउँदा हाम्रो नक्सामा अरूको प्रभाव भएको स्पष्ट देखिन्छ । त्यसमाथि नक्सा प्रकाशन गर्दा सेनाको सुरक्षा घेरालाई मात्र आधारमा राखेर छापेको नक्साले कालापानी क्षेत्रलाई छुटाएको छ ।
नापी विभागले विगतमा भएका कमी कमजोरी सुधार्दै उचित अध्ययन र स्पष्टरूपले नेपालको यथार्थ नक्सा यथाशीघ्र प्रकाशन गर्नुपर्छ ।
हाम्रो आफ्नो प्रहरीको चौकी हाम्रै क्षेत्रमा छैन । त्यहाँको स्थानीयलाई सीमा सम्बन्धमा हामीले केही बोल्यौँ भने भारतीय पक्षले हामीलाई दुःख दिन्छ भन्ने छ । भारतले पटक–पटक हाम्रा सीमाका स्थानीयलाई दुःख दिइरहेको यथार्थ पनि हामीलाई थाहा छँदै छ ।
हामीले यस विवाद अन्त्यका लागि आजसम्म उचित कूटनीतिक पहल नगर्नु वा गर्न नथाल्नु हाम्रो गल्ती हो । दुई वर्षअगाडि मोदी र नेपालका तत्कालीन प्रधानमन्त्रीबीच भेटवार्ता भएपछि परराष्ट्र सचिव स्तरमा सुस्ता र कालापानीको विवाद अन्त्य गर्ने भन्ने कुरा भयो । तर, दुई वर्षभन्दा बढी भइसक्यो । आजसम्म उक्त स्तरमा सीमा विवाद समाधान गर्न एकचोटि पनि बैठक बसेको छैन ।
अब हामीले यस विवाद अन्त्यका लागि विभिन्न स्तरबाट कदम चाल्नुपर्छ । नापी विभागले विगतमा भएका कमी कमजोरी सुधार्दै उचित अध्ययन र स्पष्टरूपले नेपालको यथार्थ नक्सा यथाशीघ्र प्रकाशन गर्नुपर्छ ।
जुन हालै सर्वदलीय बैठक बसेको छ, त्यसमा प्रतिपक्षले समेत जुन किसिमको उत्साहजनक सहभागिता देखाएको छ, उक्त पक्ष यो विवाद अन्त्यका लागि एकदम ऊर्जाशील कुरा हो । अब प्रथमतः सीमामा रहेर हेपिनुपरेका र असुरक्षामा परेकालाई सरकारले उचित संरक्षण प्रदान गर्नुपर्छ ।
सीमा विवाद वार्ता सम्बन्धमा अन्तर्राष्ट्रिय चलन के हुँदै आएको छ भने जबजब वार्ता हुने टुङ्गो हुन्छ, तब दुवै देशका सैनिक विवादित क्षेत्रभन्दा २० किलोमिटर पछाडि हटाइने गरिन्छ । यसले गर्दा जुन वार्ता चल्छ, त्यसलाई भयरहित बनाई विवेकको वार्ता हुने वातावरण तयार गर्छ ।
हामीले अब तीन तहका कदम चाल्न सक्छौँ । पहिलो, द्विपक्षीय वार्ता नै हो । नेपाल र भारतबीच कुनकुन संयत्रले के कसरी वार्ता गर्नुपर्छ ? त्यो तत्काल गर्नुपर्छ । दोस्रो, त्रिपक्षीय वार्ता । लिपुलेक नेपाल र भारतको मात्र नभई चीनको पनि सीमा क्षेत्र हो ।
नेपाल र चीनको सन्धि भएर लिपुलेक सीमा किटान भए तापनि, सीमाको अन्तिम बिन्दु (जिरो प्वाइन्ट) तय भएको छैन । यस अर्थमा पनि चीनलाई यस मामलामा वार्तामा बोलाउनुपर्ने अति आवश्यक रहेको छ ।
नेपालको यो सन्धि भारतसँग भएको होइन, तत्कालीन अङ्ग्रेजसँग भएको हो । लिपुलेक र लिम्पियाधुरा नदीको उद्गमस्थलसम्बन्धी जुन विवाद छ, त्यसलाई बेलायतलाई मध्यस्थकर्ताको रूपमा प्रयोग गरेर पनि समाधान गर्न सकिन्छ ।
यसले पनि भएन भने हाम्रो अन्तिम उपाय भनेको यस मुद्दालाई अन्तर्राष्ट्रियकरण गरेर अन्तर्राष्ट्रिय अदालत जाने नै हो । उदाहरण नै हेर्ने हो भने जसरी ठूलो भूभाग रहेको नाइजेरियाले सानो देश क्यामरुनको क्षेत्र हडप्न खोज्यो ।
क्यामरुनले उक्त मुद्दालाई अन्तर्राष्ट्रिय अदालतमा लग्यो र अदालतले उसका पक्षका फैसला पनि गरिदियो । त्यसपछि नाइजेरियाले उक्त भूमि फिर्ता ग¥यो ।
यसै उदाहरणलाई लिएर पनि नेपालले अरू तहबाट समाधान सफल नभए अन्तर्राष्ट्रय अदालतको ढोका ढक्ढक्याउन जानैपर्छ । नेपाल आफैँ पनि संयुक्त राष्ट्रसङ्घको सदस्य भएका कारण यो प्रक्रियामा जान त्यति असहज पनि हुँदैन ।
तर, जुनसुकै कदम चालेर जेसुकै आवश्यक कार्य गरेर पनि यो देशको सार्वभौमसत्ता र अखण्डताको रक्षा गर्नैपर्छ ।
विद्यार्थीकालमा आफू पनि विद्यार्थी राजनीतिमा लाग्दा देशको झन्डा बोकेर सडकमा उत्रँदाको गौरवको घटना स्मरण गर्दै उनले भने, “देशका लागि लड्न क्या ऊर्जा हुँदोरहेछ !
त्यसैले विद्यार्थी उठ, नेता उठ, किसान उठ, सबै धर्म, सबै जात उठ, तड्पिएको मधेश झन् उठ, हरेक नेपाली उठ । हाम्रो देश अब हामीले जोगाउनु छ ।”
(परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठले सीमा अतिक्रमणको विषयमा लिपुलेक क्षेत्रमा भारतीय सेना कसरी बस्यो ? नेपालले केकस्ता कमजोरी ग¥यो ? अब के गर्नुपर्ला ? भन्ने विषयमा दिएको विचारको सम्पादित अंश)
Leave a Reply