भर्खरै :

सीमा अतिक्रमणविरुद्ध अछाममा विरोधसभा

अछाम । भारतीय विस्तारवादले नेपाली भूमि अतिक्रमण गरेको विरोधमा नेपाल मजदुर किसान पार्टी अछाम जिल्ला समितिले अछामको गैरीटारमा शनिबार विरोधसभा ग¥यो ।
सभामा नेमकिपाका केन्द्रीय सदस्य एवम् प्रदेश नं. ७ का संयोजक नन्दबहादुर शाहीले लिम्पियाधुरा क्षेत्रमा भारतले नेपालको भूमि मिच्दा पनि ओली–दाहाल सरकारले सशक्तरूपमा आवाज उठाउने साहस नगरेबाट यो सरकार भारतीय विस्तारवाद र एकाधिकार पुँजीको दलाल भएको प्रमाणित गर्छ भन्नुभयो ।
पार्टीका अर्का केन्द्रीय सदस्य बजिरसिंह विकले नेपाल–भारत सीमा विवाद वार्ताको माध्यमबाट सुल्झाउन भारत तयार नरहेको हुँदा न्यायको लागि अन्तर्राष्ट्रिय अदालतमा जान नेपाल सरकार तयार हुनुपर्नेमा जोड दिनुभयो ।
राजेन्द्र शाहीको सभापतित्वमा भएको उक्त सभामा झङ्करबहादुर शाही, महेन्द्र रावल, जकिराम बजगाइँ, सुन्तली शाही, सशीलबहादुर शाही र डमर शाहीले पनि बोल्नुभएको थियो ।
यसैगरी भारतीय विस्तारवादले नेपाली भूमि अतिक्रमण गरेको विरोधमा आइतबार अछामको मङ्गलसेन बजारमा कोणसभा भयो ।
सभामा नेमकिपाका केन्द्रीय सदस्य नन्दबहादुर शाही, केन्द्रीय सदस्य बजिरसिंह विक, नेमकिपा अछामका जिल्ला अध्यक्ष झङ्करबहादुर शाहीलगायतले बोल्नुभएको थियो ।
त्यस्तै सीमा अतिक्रमणको विरोधमा कमलबजारमा पनि विरोधसभा भयो । नेमकिपा तुर्माखाद गाउँपालिका अध्यक्ष पदमबहादुर बुढाको सभापतित्वमा भएको उक्त सभामा नेक्राविसङ्घ अछामका वीरेन्द्र शाही, डमरबहादुर शाहीलगायतले भारतीय विस्तारवाद र सीमा अतिक्रमणको विरोधमा बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *