सन्दर्भ : क्रिस हानी जन्म दिवस (जून २८) – अफ्रिकी स्वतन्त्रता आन्दोलनका योद्धा तथा कम्युनिस्ट नेता क्रिस हानी – ४
- असार १५, २०८३
लण्डन, १७ मंसिर (एजेन्सी) । उत्तर एटलान्टिक सन्धि सङ्गठन– नेटोबारे फ्रान्सेली राष्ट्रपति इमान्युयल म्याक्रोँ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच वाकयुद्ध भएको छ ।
फ्रान्सका राष्ट्रपतिले केही दिन पहिले नेटोको सान्दर्भिकताबारे बोल्दै नेटो वर्तमान अवस्थामा निष्कृय (ब्रेन डेड) रहेको बताएका थिए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो) बारे फ्रान्सका राष्ट्रपतिले दिएको अभिव्यक्ति ‘अत्यन्तै तुच्छ’ र ‘अशिष्ट’ भएको बताएका छन् ।
उत्तर एट्लान्टिक गठबन्धनमा २९ उत्तर अमेरिकी तथा युरोपलगायतका मुलुकको अन्तरसरकारी सैन्य सहकार्य रहँदै आएको छ ।
“म्याक्रोँले टर्कीद्वारा सिरियामा केही समय पहिला गरिएको सैन्य कारबाहीमा नेटो सदस्यबीच समन्वयको अभाव भएको भन्दै नेटोको आलोचना गर्नुभएको अलजजिरा टेलिभिजनले समाचार प्रशारण गरेको थियो । लण्डनमा नेटो महासचिव जेन्स स्टोलटेनवर्गसँग बोल्दै ट्रम्पले नेटोबारे फ्रान्सेली राष्ट्रपति म्याक्रोँको राय ‘अन्य धेरै शक्तिमाथिको अपमानजनक’ अभिव्यक्ति भएको टिप्पणी गर्नुभयो ।
ट्रम्पले संरा अमेरिकाले नेटोको खर्चका लागि असन्तुलित हिसाबले धेरै योगदान गर्नुपरेको भन्दै अन्य नेटो सदस्य राष्ट्रले पनि उनीहरूले अहिले गरिराखेको खर्चलाई वृद्धि गर्नुपर्ने धारणा राख्दै आएका छन् । उनले सैन्य गठबन्धन धेरै ‘लचिलो’ भएको र ‘बृहद् लक्ष्य’का लागि काम गरेको बताउँदै आएका छन् । गठबन्धनको ७० औँ वर्षगाँठ मनाउन विश्व नेताहरू बेलायतको राजधानी लण्डनमा भेला भएको समयमा ट्रम्पको उक्त भनाइ आएको हो ।
Leave a Reply