युद्ध र वार्ताजस्तै नाकाबन्दी पनि सफल हुनेछैन
- बैशाख ५, २०८३
– तेज थापामगर
अहिले लोडसेडिङ्ग नभए पनि बत्ती झ्याप झ्याप निभ्ने प्रक्रिया रोकेको छैन तर पनि जनताले त्यसलाई सामान्यरूपमा लिएको छ । लोडसेडिङ्गभन्दा त कहिलेकाहीँ जाने क्षण–क्षण जाने बत्तीमा जनताको रिस छैन, त्यसको श्रय भनेको कुलमानलाई जान्छ । तर, अहिले विद्युत् प्राधिकरणका कर्मचारीहरूले अनेक बदमासी गरी जनतालाई दुःख दिइरहेको जनताले अनुभव गर्न थालेको बाहिर सुन्नमा आयो । विद्युत् प्रधिकरणले कमाएको साख फेरि गुम्न नपरोस् भन्नका निम्ति समयमै सचेत हुने आशाले एक शुभचिन्तकको हैसियतले यो पाठकपत्र लेख्दै छु ।
१) मिटर रिडिङ्ग गर्नेहरूले मिटरमा नगएको युनिट धेरै लेखेर जाने पछिल्लो महिनामा युनिट नै नगएको देखाउने जसले गर्दा सो घरधनीलाई कालो सूचीमा राखी कारबाही गर्ने वा पैसा खाने बाटो बनाएको जनगुनासो सुन्न पायो ।
२) मिटर रिडिङ्ग गरेको भोलिपल्ट पैसा तिर्न जाने तर सबै रकम नबुझि पुरानो रकममात्र लिई पठाउने र आजको भोलि नै पैसा तिर्दा पनि जरिवाना तिरेको तिरै गर्नुपर्ने र कर्मचारीहरूले जरिवाना लिन मिटर रिडिङ्गको अङ्क जनाउ नभएको ग्राहकलाई जानकारी नदिई जरिवाना गराई राख्ने प्रवृत्तिबारे जनगुनासो सुन्नमा आयो ।
३) अस्तिमात्र सूर्यविनायकमा एउटा घरमा मिटरको पसलको भान्छा माथि भएको र विद्युत् प्राधिकरणका कर्मचारीहरूको अनुरोधमा मिटर एक्सचेन्ज गर्ने र अर्को ठाउँमा मिटर राख्ने निवेदनअनुसार मिटर निकाल्दा शील बिग्रेको भनेर घरको सबै विद्युतीय सामानहरूको लिस्टिङ गरी सो हिसाब किताब गरी लाखौँ जरिवाना तिराउने षड्यन्त्र रचियो उक्त मिटर भान्छामाथि भएकोले तेलको कारण भएको हुनुपर्छ अथवा कर्मचारीहरूले घरधनी ग्राहकलाई देखाउँदै नदेखाई शील बिग्रेको भनी जरिवाना तिराई प्राधिकरणले दुःख दियो भन्ने जनगुनासो सुन्नमा आयो ।
४) मिटर एक्सचेन्ज गर्दा खाजा खर्च भनेर रु. ५०० / १००० माग्ने प्रवृत्ति कायमै रहेको ।
Leave a Reply