कैयौँ प्रहारले गाल्न नसकेको वन्दनीय चट्टानी नारी ! –१
- श्रावण १, २०८३
सुनिता गाइसी
समाज परिवर्तनशील छ । समाजका हरेक पक्षमा परिर्वतनहरू भइरहेका हुन्छन् । प्राचीन समाज सरल किसिमको थियो । यो समाजमा विभेद पनि थिएन । मानव जीवन सामान्य थियो समाजमा ‘तेरो मेरो’ भन्ने भावना थिएन । तर, जब मानव विकसित हँुदै गए त्यति नै समाजमा विभेद र हिसांका घटनाहरू बढ्दै गए । आधुनिकताको नाउँमा समाजमा विभिन्न विकृतिहरू बढ्दै गएको देखिन्छ । समाजमा चोरी, डकैती, हत्या, हिंसा, भ्रष्टाचार, आत्महत्या इत्यादिले नराम्रोसँग जरा गाड्दै गएको छ । समाजमा घट्ने विभिन्न घटना परिघटनाहरूले समाजमा नयाँ – नयाँ घटनाहरूको विकास हुने गरेको पाइन्छ । यी यस्ता घटनाहरूमध्ये आत्महत्या पनि एक हो । आत्महत्याको चर्चा गर्ने कार्य इमाइल दुर्खिमले गर्नुभएको थियो । उनले सामाजिक तथ्यको निर्माण र सामाजिक आवश्यकताको परिपूर्तिको सम्बन्धमा व्यक्तिगत प्रभावभन्दा सामाजिक प्रभाव बढी हुन्छ भनी जोड दिएका छन् । उनले आफ्नो कृति आत्महत्या (suicide) मा सामाजिक कारणहरूको बारेमा उल्लेख गरेका छन् । आत्महत्याजस्तो व्यतिmगत घटनामा पनि सामाजिक पृष्ठभूमि तथा सामाजिक परिवेशलाई बढी जिम्मेवार मान्ने गरिन्छ । दुर्खिमका अनुसार त्यस्ता सामाजिक तत्वहरूले के कसरी कार्य गरिरहेका छन् र कस्तो अवस्थाले कस्तो परिणामको सिर्जना गरेको छ भनी विश्लेषण गरेका छन् । उनले आत्महत्यालाई नकारात्मक सामाजिक अवस्थाको उपजको रूपमा विश्लेषण गरेका छन् । सामाजिक शतिmको दबाबले व्यक्तिलाई असर गर्दछ । सामान्यरूपमा हेर्ने हो भने व्यतिmले गर्ने यस्ता क्रियाकलापमा स्वयम् व्यक्ति नै बढी जिम्मेवार मानिन्छ । तर, यही घटनालाई राम्रोसँग केलाउने हो भने कुनै पनि व्यतिmलाई आत्महत्या गर्न बाध्य बनाउने उसको सामाजिक परिवेश र परिस्थिति पनि हुन्छ । यहीँ कुरालाई इमाइल दुर्खिमले उनको महत्वपूर्ण कृति आत्महत्याको सिद्धान्तमा गरेका छन् ।
नेपाली समाजमा आजकल आत्महत्या गर्ने क्रम बढ्दै गएको पाइन्छ । कुनै व्यक्तिले आत्महत्या गरेको कुरा सुनेमा मानिसहरू नाना किसिमले कुरा काट्ने गर्दछन् । महिलाको बारेमा त अझ विभिन्न लाञ्छना लगाउन पछि पर्दैनन् चाहे ती महिला विवाहित हुन् या अविवाहित । ती दुःखी परिवारलाई पीडा दिन विभिन्न नकारात्मक जालोहरू बुन्न तिनीहरू पछि पर्दैनन् । यस्तो घटनाले ती परिवारका अन्य सदस्यको जीवनमा पनि नराम्रो असर पार्दछ । उनको विश्लेषण समाजशास्त्रीय दृष्टिकोणले महत्वपूर्ण मानिन्छ । उनका अनुसार समाजमा हुने यस्ता घटनाका जिम्मेवार सधैँ व्यक्तिमात्र हँुदैन । समाजमा हुने यस्ता घटनाले समाजमा नकारात्मक प्रभाव पारेको हुन्छ । त्यसै यस्ता घटनाहरूको विशेषरूपमा अध्ययन अनुसन्धान हुन जरुरी छ । यस्ता घटनाहरू बढ्दै जाने हो भने नेपाली समाजको अस्तित्व पनि लोप हँुदै जान्छ । त्यसैले हामीले अहिलेको नयाँ पुस्तालाई आफ्ना संस्कृतिका कुराहरू सिकाउनुपर्दछ । आफ्नो जीवन भनेको त्यो व्यतिmको मात्र हँुदैन ऊसँग उसको परिवार, नाता, छिमेकी, साथीभाइ, सबै जोडिएका हुन्छन् । आफ्नो समुदायमा कसैले आत्महत्या गरेमा त्यो मानिस सही वा गलत जे भए पनि त्यसको असर समुदायमा पर्दछ ।
त्यसैले हामीले आफ्ना बच्चाहरूलाई सहीरूपमा जीवनको महत्व र जिम्मेवारीहरू बेलैमा सिकाउनुपर्दछ । दुर्खिमका अनुसार आत्महत्या, जनसङ्ख्या वृद्धि वेश्यावृति आदिको सम्बन्ध सामाजिक अवस्थासँग हुन्छ । साथै प्रत्येक घटनाहरूको महत्व र अर्थ पनि हुन्छ । समय परिवर्तन भएसँगै मानिसको काम गर्ने तरीकामा पनि परिर्वतन आउने गर्दछ ।
इमाल दुर्खिमले आत्महत्याका कारणहरूको विश्लेषण गर्ने क्रममा विभिन्न सामाजिक तथ्यहरूको उजागर गरेका छन् । उनका अनुसार मानिसले विभिन्न कारणले आत्महत्या गर्दछन् । आत्महत्याका विभिन्न कारणहरूमा व्यक्ति नभएर समुदाय पनि जिम्मेवार रहने कुरा इमाइ दुर्खिमले आफ्नो सिद्धान्तमा उल्लेख गरेका छन् । वास्तवमै मानव जीवन अमूल्य छ । यस्तो अमूल्य जीवनलाई साना तिना समस्या भयो भन्दैमा खेर फाल्नु हुँदैन ।
Leave a Reply