ख्वप अस्पताललाई आधुनिक र सुविधासम्पन्न अस्पतालको रूपमा विकास गर्ने प्रयास गर्दै छौँ
- जेष्ठ ११, २०८३
भक्तपुर, २४ मंसिर । ममता केन्द्र नेपालको आयोजनामा भएको भक्तपुर सांस्कृतिक पर्यटन तथा व्यापारिक मेला महेश्वरी खेल मैदानमा सम्पन्न भएको छ । कार्यक्रममा भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिले देशको सिमाना भारतले मिचिरहेकोमा शासक दलहरू नै दोषी रहेको बताउनुभयो ।
उहाँले देशको सार्वभौमिकता जोगाउन कलाकारहरू एकजुट भई आवाज बुलन्द गर्नुपर्ने बताउनुभयो ।
भक्तपुर नपाले पर्यटन वर्ष २०२० को अवसरमा चैत ४ गतेदेखि ८ गतेसम्म भक्तपुर महोत्सव आयोजना गर्न लागेको जानकारी दिँदै प्रमुख प्रजापतिले आफ्नो भाषा र संस्कृतिलाई जोगाउनुपर्ने बताउनुभयो ।
उक्त कार्यक्रममा भक्तपुर नपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले कलाकारहरूले युवा पुस्तालाई मनोरञ्जनमात्र दिने नभई देशको सिमाना अतिक्रमणबारे पनि बारम्बार कुरा उठाउनुपर्छ भन्नुभयो । उहाँले देशका विभिन्न भागमा छरिएर रहेका जनजातिहरू एकजुट हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
उक्त मेला गत मंसिर १३ गतेदेखि सुरु भएको थियो । कार्यक्रममा सहयोगी सङ्घसंस्था, महानुभाव तथा स्वयम्सेवकहरूलाई प्रशंसापत्र प्रदान गरिएको थियो ।
Leave a Reply