शान्ति स्थापना गर्न ‘ग्रेटर इजरायल’ लाई रोक !
- असार ११, २०८३
प्योङयाङ, १० डिसेम्बर । संरा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका पछिल्ला गतिविधि र अभिव्यक्तिप्रति प्रजग कोरियाले खेद प्रकट गरेको छ । प्रजग कोरियाको कोरियाली मजदुर पार्टी केन्द्रीय समितिका उपाध्यक्ष एवं राजनीतिक व्युरोका सदस्य रि सु योङले वक्तव्य जारी गर्दै ट्रम्पका पछिल्ला गतिविधि र अभिव्यक्ति ‘झलक्क हेर्दा धम्कीजस्तो सुनिने तर खासमा उनीभित्रको त्रास महसुस गर्न सकिने’ बताएका छन् ।
“ट्रम्प निकै आत्तिएका छन् । तर, उनको लागि यथास्थिति स्वीकार्नु नै उचित विकल्प हुन सक्छ । उनले त्यही रोपे र अब त्यही फलेको स्वीकार्नुपर्छ । कुनै ठूलो भयावह अवस्था आएको उनी चाहँदैनन् भने कुनै पनि कुरा बोल्नुअघि दुई पटक विचार गरे राम्रो हुनेछ”, रिले भने ।
आइतबार ट्रम्पले ट्वीटमा भने, “किम जङ उन निकै बाठा छन् । यदि उनले अभद्र व्यवहार गरे उनीले धेरै कुरा गुमाउनेछन् । वास्तवमा सबै कुरा नै गुमाउनेछन् ।”
“हाम्रो तर्फबाट हुने अन्तिम निर्णय यो वर्षको अन्त्यसम्ममा सार्वजनिक हुनेछ । राज्य मामिला आयोगका अध्यक्ष किम जङ उनले नै त्यो निर्णय सार्वजनिक गर्नेछन् । अहिलेसम्म किमले कुनै निर्णय सार्वजनिक गरेका छैनन् । न त किमले अरुले जस्तै कुनै विरोधाभासपूर्ण र हेला गर्ने कुनै अभिव्यक्ति नै दिनु भएको छ”, ट्रम्पतिर सकटाक्षत गर्दै रिले भने ।
प्रजग कोरियाका सर्वोच्च नेता किम जङ उनले यो वर्षको अन्त्यसम्ममा आपसी हितको वार्ता गर्न संरा अमेरिकालाई समयसीमा दिएका छन् । कदाचित त्यो समयसीमाभित्र कुनै वार्ता नभए प्रजग कोरियाले नयाँ तरिकाबाट अघि बढ्ने बताउँदै आएको छ । यसअघि प्रजग कोरियाको कोरिया एसिया–प्रशान्त शान्ति समितिका अध्यक्ष किम योङ चोलले त्यस्तै एउटा वक्तव्य जारी गरी आफ्नो देशले केही पनि नगुमाउने बताएका थिए ।
प्रजग कोरियाको आधिकारिक समाचार संस्था केसीएनएले सार्वजनिक गरेको वक्तव्यमा किमले चेतावनीका अभिव्यक्ति दिनुभन्दा दुई देशबीचको द्वन्द्व कम गर्नेबारे संरा अमेरिकाले सोच्नुपर्ने बताएका छन् ।
“प्रजग कोरियाबारे ट्रम्पले नजानेका कुरा धेरै छन्”, वक्तव्यमा उल्लेख छ । कोरियाली अधिकारीले प्रजग कोरियाले केही पनि नगुमाउने बताए ।
“संरा अमेरिकाले हामीले केही कुरा लान सक्ला । तर, आत्मस्वाभिमान र संरा अमेरिकाविरोधी इच्छाशक्ति र आक्रोश कहिले पनि कम बनाउन सक्नेछैन”, किमले भने ।
“संरा अमेरिकासँग चाहना र विवेक नभए उसले वास्तविकतामा थप पीडा मात्र भोग्नुपर्नेछ । उसले समयान्तरमा आफ्नो सुरक्षामा नै खतरा महसुस गर्दै जानेछ”, किमको वक्तव्यमा उल्लेख छ ।
Leave a Reply