भर्खरै :

इयू सम्मेलन : सन् २०५० सम्म इयूलाई कार्बन तटस्थ बनाउने सहमति

ब्रसेल्स, २७ मङ्सिर (रासस/सिन्ह्वा) : यूरोपेली संघ (इयू) नेताहरूबीच सन् २०५० सम्म यूरोपलाई कार्बन उत्सर्जनका हिसाबले तटस्थ बनाउने सहमति भएको यूरोपेली परिषद्का अध्यक्ष चाल्र्स मिसेलले बताउनुभएको छ ।
मिसेलले शुक्रबार सामाजिक सञ्जाल ट्वीटर पेजमार्फत सार्वजनिक सन्देशमा भनिएको छ,“कुनै पनि मूल्यवान कुरा सहज प्राप्त गर्न सकिँदैन । तर हामीले यो सहमति गरेका छौँ । इयूलाई सन् २०५० सम्ममा जलवायु परिवर्तनमा प्रमुख भूमिका खेल्ने कार्बन उत्सर्जनमा तटस्थ बनाउने छौँ ।”
“इयू नेताहरूले सम्मेलनमा यो महत्वपूर्ण उद्देश्यका लागि सहमति गरेका छौँ ।”
यद्यपि यो लक्ष्यमा पोल्याण्डले प्रतिवद्धता नजनाएको पनि सञ्चारमाध्यमहरूले जनाएका छन् ।
इयूको एउटा सदस्य राष्ट्रले अहिलेको अवस्थामा यो लक्ष्यमा प्रतिवद्धता जनाउन सकेको छैन । यस प्रसङ्गमा छलफलका लागि हामी पुनः सन् २०२० को जुनमा भेला हुनेछौँ ।
सम्मेलनको निष्कर्षमा भनिएको छ कि इन्धन सुरक्षालाई प्रत्याभूत गर्न केही सदस्य राष्ट्रले आणविक इन्धनलाई आफ्नो राष्ट्रिय इन्धनको विकल्पमा उभ्याउने सङ्केत (अठोट) गरिसकेका छन् ।
इयूको प्रतिस्पर्धालाई सुरक्षित गर्न नेताहरूले यूरोपेली परिषद्द्वारा कार्बन सीमा अनुकुलन संयन्त्रका लागि प्रस्ताव गर्न लागेको बिषयलाई समर्थन गरेका छन् सम्मेलनको निष्कर्षमा भनिएको छ ।
यूरोपेली आयोगले बुधबार ‘यूरोपियन ग्रीन डिल’ नाम दिइएको जलवायु परिवर्तन समस्यासँग जुध्ने इयूको मार्गचित्र सार्वजनिक गरेको थियो भने यसलाई बिहीबारदेखि शुरू भएको इयू नेताहरू सम्मिलित भेलामा सहमतिका लागि पेश गरिएको थियो ।
सम्झौतामा सन् २०५० सम्ममा हरितगृह ग्यास उत्सर्जनलाई रोक्ने लक्ष्य राखेको छ ।
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *