भर्खरै :

नेपाल आँखा कार्यक्रम तिलगंगा इन्स्टिच्युट अफ अपथालमोलोजीको समीक्षा बैठक

भक्तपुर, २७ मंसिर । भक्तपुर नगरपालिकाका प्रमुख एवम् सामुदायिक आँखा केन्द्र भक्तपुर व्यवस्थापन समितिका अध्यक्ष सुनिल प्रजापतिले तिलगंगा आँखा प्रतिष्ठान र स्थानीय तहबीचको समन्वय र सहकार्यले बढीभन्दा बढी आँखाका बिरामीहरूको सेवा गर्न सकिने बताउनुभयो ।
नेपाल आँखा कार्यक्रम तिलगंगा इन्स्टीच्युट अफ अपथालमोलोजीको शुक्रबार धुलिखेलमा भएको समीक्षा तथा सन् २०२० को कार्ययोजनासम्बन्धी बैठकमा उहाँले भन्नुभयो, “आँखाको रोगबारे जनतालाई सचेत गर्नुपर्छ । गरिब जनता लक्षित उपचार सेवा प्रभावकारी रूपमा सञ्चालन गर्न सके बढी भन्दा बढी जनताको सेवा गर्न सकिने छ ।”
स्वास्थ्य सेवा जनतालाई सेवा दिने उद्देश्यबाट अभिप्रेरित हुनुपर्ने बताउँदै उहाँले सामुदायिक आँखा केन्द्रलाई आँखा अस्पतालको रूपमा सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।
भक्तपुर नगरपालिकाबाट सञ्चालन हुने ख्वप अस्पताल निर्माणाधीन अवस्थामा रहेको जानकारी गराउँदै प्रमुख प्रजापतिले जनस्वास्थ्य केन्द्र भक्तपुरमा सञ्चालित आँखा केन्द्रलाई आँखा अस्पतालको रूपमा विकास गर्ने उद्देश्य नगरपालिकाको रहेको बताउनुभयो ।
जिल्लाका सामुदायिक आँखा केन्द्रका व्यवस्थापन समितिका अध्यक्षहरूले आ–आफ्नो धारणा राख्नुभएको थियो कार्यक्रममा सामुदायिक आँखा केन्द्र भक्तपुरका तर्फबाट भोजराज पोखरेलले प्रस्तुतीकरण गर्नुभएको थियो । कार्यक्रममा १६ जिल्लाका सामुदायिक आँखा केन्द्रका प्रमुखबाट २०१९ सालसम्मको कार्यक्रमबारे प्रस्तुतीकरण गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *