अफ्रिकी स्वतन्त्रता आन्दोलनका योद्धा तथा कम्युनिस्ट नेता क्रिस हानी –१
- असार १२, २०८३
ह्वाङ बिन
संरा अमेरिकी प्रतिनिधिसभाले गत डिसेम्बर ३ का दिन तथाकथित उइगुर मानवअधिकार नीति ऐन पारित गरेर संरा अमेरिकाले अरु देशको आन्तरिक मामिलामा हस्तक्षेप गर्न फेरि एकपल्ट मानवअधिकारको हतियार प्रयोग गरिरहेको र अन्तर्राष्ट्रिय कानुनका साथै अन्तर्राष्ट्रिय सम्बन्धका मूल्य मान्यता पनि उल्लङ्घन गरेको देखाएको छ ।
चीनको सिन्जियाङ उइगुर स्वशासित क्षेत्रमा विगतका वर्षमा भएका हजारौँ आतङ्कवादी हमलामा परी ठुलो सङ्ख्यामा सर्वसाधारण जनता मारिएको वास्तविकतालाई हाकाहाकी बेवास्ता गरेको छ । उसले आतङ्कवादविरुद्ध चीनले हासिल गरेका उपलब्धिलाई देखेनदेखेजस्तै गरेको छ । अनि सिन्जियाङमा मानवअधिकारको सन्दर्भमा ठीक के हो र बेठीक के हो भन्नेमा अन्योलको अवस्था बनाइएको छ । चीनलाई पछि पारेर आफ्नो प्रभुत्व कायम गर्न र शक्ति राजनीतिमा आफ्नो पल्ला भारी गर्ने संरा अमेरिकाले सिन्जियाङका आदिबासी एवं धार्मिक समुदायबीच बेमेलको बीउ उमार्न खोजिरहेको छ ।
उन्नाइसौँ शताब्दीको अन्त्ययता पृथकतावाद, आतङ्कवाद र अतिवादजस्ता खराब शक्तिले जनताको जातीय र धार्मिक भावनाबाट फाइदा उठाइरहेको छ । उनीहरू सिन्जियाङलाई ‘पूर्वी तुर्कस्तान’ दाबी गरिरहेका छन् । उनीहरू सिन्जियाङ क्षेत्रलाई चीनबाट अलग बनाउन खोजिरहेका छन् । निर्दोष सर्वसाधारण जनताको हत्या गरेर र सरकारी भवनमा हिंसात्मक हमला गरेर ती तीन खराब शक्तिले सिन्जियाङमा अराजक अवस्था निम्त्याएका छन् । उनीहरूले सार्वजनिक सुरक्षा ध्वस्त पारेका छन् । साथै सिन्जियाङको आर्थिक विकासका साथै सामाजिक स्थायित्व भताभुङ पारेका छन् ।
यस्ता गतिविधिको प्रतिरोध गर्न चीन सरकारले हिंसा र आतङ्कवादप्रति शून्य सहनशीलताको नीति लागु गरेको छ । सन् २०१४ यता आतङ्कवाद जरैबाट उखेल्न विशेष अपरेशन चलाइरहेको छ ।
त्यसको ठीक विपरीत संरा अमेरिकाले ‘जबरजस्ती बेपत्ता गर्ने, गैरकानुनी थुनामा राख्ने, हस्तक्षेपकारी र जताततै निगरानी राख्ने र न्यायिक पद्धतिको अभावमा कानुनी शासनकको अभाव भएको’ र ‘ठूलो सङ्ख्यामा मानिसलाई जबरजस्ती थुनछेकमा राख्ने’ आरोप लगाउँदै आएको छ । चीन सरकारले कानुनअनुसार नै सिन्जियाङमा आतङ्कवादको प्रतिरोध गर्दै आएको छ । संयुक्त राष्ट्र सङ्घीय बडापत्रका साथै आतङ्कवादविरुद्ध संयुक्त राष्ट्र सङ्घको सुरक्षा परिषद्का धेरै प्रस्तावमा आधारित भएर चीनले सिन्जियाङमा आतङ्कवादविरुद्ध लडिरहेको छ । बितेका तीन वर्षसम्म सिन्जियाङमा कुनै पनि हिंसात्मक हमला भएको छैन ।
सिन्जियाङले पनि आतङ्कवादविरोधी प्रतिरोधात्मक निर्णयहरू गरेको छ । सिन्जियाङको क्षेत्रीय सरकारले पनि धेरै महत्वपूर्ण निर्णय गरेका छन् । साथै कानुनको अधिनमा रही आतङ्कवादविरोधी र सावधानीका संरचना बनाएको छ ।
केही जानकारहरू आतङ्कवादी समूह पिरामिडको सङ्गठन संरचनामा काम गर्ने बताउँछन् । त्यस्तो संरचनाको सबभन्दा अग्रभागमा बसेका आतङ्कवादी र अतिवादीहरूलाई सामान्यतः दिमागी सफाइ गरेर आतङ्कवादको मतियार बनाइएको हुन्छ । उनीहरू अधिकांशतः गरिब र अनपढ हुन्छन् । उनीहरूले लामो समय पढेलेखेर भन्दा छोटो समयमा धेरै पैसा कमाउने चाहना राखेका हुन्छन् ।
चीन सरकारले धार्मिक स्वतन्त्रताको सम्मान र संरक्षण गरेको हुन्छ । साथै विभिन्न जाति समुदायका परम्पराको पनि सम्मान र संरक्षण गरेको हुन्छ । इद अल–फित्रजस्ता धार्मिक पर्वप्रति पनि चीनले सम्मान गर्दै आएको छ । इद अल–फित्रलाई उपवास तोड्ने पर्व मानिन्छ । इद अल–अदा त्यस्तै अर्को पर्व हो । यसलाई बलीको पर्व पनि भनिन्छ । सरकारले सिन्जियाङका जनताको जीवनपद्धतिलाई महत्व दिंदै आएको छ । सिन्जियाङले त्यहाँको भौतिक पूर्वाधारमा सुधार गरिसकेको छ । चीनको साझा भाषालाई लोकप्रिय बनाएको छ । शिक्षा र रोजगारी प्रबद्र्धन गरेको छ । साथै सर्वसाधारण जनतालाई प्रयोग गरेर वा दिग्भ्रमित पारेर आतङ्कवादी शक्तिले सङ्गठन बिस्तार गर्ने सम्भावनालाई न्यून गर्न सिन्जियाङमा शहरीकरण गरेको छ ।
व्यावसायिक शिक्षा र कानुनी र साझा भाषाको शिक्षामार्फत कुनै बेला आतङ्कवादीको पछि लागेका मानिससमेत सिन्जियाङको आधुनिक समाजमा एकाकार हुनसक्छन् । यो नै मानवअधिकारको वास्तविक सुनिश्चितता हो ।
सिन्जियाङको दिगो स्थायित्व र आर्थिक विकास धन्य छ । सन् २०१८ मा सिन्जियाङ क्षेत्रको प्रतिव्यक्ति खर्च गर्न सक्ने आय (डिसपोजेबल इनकम) २१ हजार ५ सय युआन (३ हजार १८८ अमेरिकी डलर) बराबर पुग्यो । सन् २०१७ को तुलनामा त्यो रकम ७.६ प्रतिशतले वृद्धि भएको हो ।
आतङ्कवाद मानव समाजको साझा शत्रु हो । सबै देश र क्षेत्रको लागि यो सबभन्दा ठूलो सुरक्षा चुनौती हो । आतङ्कवादविरोधी लडाई साधारण प्रतिरोधमा मात्र सीमित राखिनुहुन्न । अतिवादविरुद्ध पूर्वसावधानी अपनाउने र लड्नेजस्ता आधारभूत पक्षबारे खोजी गरिनुपर्छ ।
केही पश्चिमा देशहरूले त्यस्तै बाटो अपनाएका छन् । बेलायतले आतङ्कवादी गतिविधिमा संलग्न कोही पनि व्यक्तिलाई तालिम अनिवार्य गरिएको छ । जर्मनीमा पनि आतङ्कवादविरोधी कदमको रूपमा निगरानीमा कडाई गरेको छ । हरेक देशले अतिवादीको स्वतन्त्रतालाई सीमित बनाउन केही न केही तरिका अपनाएकै हुन्छ । केही देशले केन्द्रीकृत रुपमा आतङ्कवादीमाथि नियन्त्रण गर्ने गरेको छ । सिन्जियाङमा पनि चीनले त्यही गरिरहेको छ । अनि चीनलाई ‘जबरजस्ती श्रम’ वा ‘यातना शिविर’ भनेर खेदो खन्नुको कुनै तुक छैन ।
चीनले कानुनको अधिनमा रही वास्तविक मानवअधिकारको संरक्षण गरिरहेको छ । जनताको जीवनचर्या सुनिश्चित गरेको छ । बाँच्ने अधिकार सुनिश्चित गरेको छ । आतङ्कवादी र अतिवादीहरूलाई पनि आफ्नो विकास गर्ने बाटो सुरक्षित गरिदिएको छ । संरा अमेरिका नेतृत्वको पश्चिमा विश्वको आधारहिन भत्र्सनाको यो नै चीनको सबभन्दा राम्रो जवाफ हो ।
स्रोतः ग्लोबल टाइम्स
नेपाली अनुवादः सुमन
Leave a Reply