भर्खरै :

भक्तपुर बहुमुखी क्याम्पसमा रक्तदान

भक्तपुर, २९ मंसिर । नेपाल क्रान्तिकारी विद्यार्थी संघको स्थापना दिवस ( मंसिर २२ ) को अवसरमा नेक्राविसंघ भक्तपुर बहुमुखी क्याम्पसको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भयो ।
नेक्राविसंघका केन्द्रीय अध्यक्ष सबिन ख्याजूको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा ३२ पुरुष र १० महिला गरि जम्मा ४२ जना रक्तदाताहरुले रक्तदान गर्नुभएका थिए ।
नेपाल रेडक्रस सोसाइटी भक्तपुरको प्राविधिक सहयोगमा सम्पन्न कार्यक्रममा नेक्राविसंघका केन्द्रीय अध्यक्ष सबिन ख्याजूले रक्तदाताहरुलाई प्रशंसा पत्र प्रदान गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *