क्युवाविरुद्ध सैन्य कारबाहीको धम्की दिँदै अमेरिका !
- जेष्ठ ८, २०८३
–आस्था तामाङ
पहाडी देशका रूपमा चिनिएको देश अब सडक दुर्घटनाको देहका रूपमा बढी चिनिन थालेको छ । दिन बिराएर सडक दुर्घटनाका समाचार आइरहेका छन् । यस्तै हो भने निकट भविक्ष्यमै विश्व निकायले नेपाललाई दुर्घटनाग्रस्त देश घोषणा गर्न सक्नेछ । दोलखामा आइतबार पुनः बस दुर्घटना भएको छ र १५ जनाले जीवन गुमाएका छन् र १८ जना गम्भीर घाइते भएका छन् । महिनादिन अघिमात्र सिन्धुपाल्चोकको सुकुटे बस दुर्घटना बिर्सन नपाउँदै अर्घाखाँचीको सन्धिखर्कमा १९ जना ठहरै हुने गरी अर्को सडक दुर्घटना भयो । त्यसबाहेक हरेक दिनजसो साना ठूला सडक दुर्घटनाका समाचार आइरहेका छन् । ती समाचारमाथि विचार गर्दा नेपालीहरूको मृत्यु नै सडक दुर्घटना र प्राकृतिक विपत्तिमा परी मात्र हुने प्रतीत हुन्छ ।
अब त दुर्घटना न्यूनीकरणका लागि सम्बद्ध सबै पक्ष नलागी भएन । दुर्घटना न्यूनीकरणको निम्ति सर्वप्रथम सडक अनुशासन र गति सीमित गर्नुृपर्छ । युवा उमेरका चालकहरूले अरु कुरा विचारै नगरी छिट्टो गन्तव्यमा पुग्ने हतारका तीव्र गतिमा सवारी हाँकेको पाउँछौं । भाडाका बस र ट्रकहरू चल्ने सडकमा त झन् एकले अर्कोलाई ओभरटेक गर्ने प्रतिस्पर्धा नै हुन्छ । राजमार्गहरूमा सवारी साधनको गति कति हुनुपर्छ भनी कतै कतै उल्लेख गरिएको पाउँछौं तर तीव्र गतिमा सवारी हाँक्नेमाथि कारबाही भएको खासै पाउँदैनौँ । छिटो पुग्ने र दुईचारसय बढी कमाउने लोभले धेरै दुर्घटना हुने गरेका छन् ।
सवारी दुर्घटनाको अर्को कारण सडकको दुरावस्था र अवैज्ञानिक संरचना पनि हुन् । सडकको मर्मतसम्भार समयमै गरिएमा र अवैज्ञानिक संरचना बदलेमा धेरै सम्भावित दुर्घटना टार्न सकिन्छ ।
सबभन्दा महत्वपूर्ण पक्ष त आफ्नो सवारीको क्षमता र अवस्थाबारे सबैभन्दा बढी विचार पु¥याउने जिम्मेवारी चालक र सवारी धनीको हो । गाडीमा खराबी आएमा तुरुन्तै मर्मत गराइहाल्नुपर्छ । यान्त्रिक गडबडी देखिएको बस वा कुनै पनि गाडी जबरजस्ती हाँक्नु दुर्घटना निम्त्याउनु र अनाहक अरुको ज्यान लिनु हुन्छ । सम्पति भने कुरा मानिसले पछि पछि पनि कमाउन सकिन्छ तर मानिसको ज्यान एकपटक गएपछि फर्काउन सकिन्न । यातायात दुर्घटनामा मृत्यु हुनेहरूले पूर्ण जीवन जीउन नपाउने एकातिर छ भने अर्कोतिर उनीहरूमाथि आश्रित बालबच्चा, वृद्ध आमाबाबु र परिवारको जीवन नारकीय बन्न पुग्छ । त्यसैले दुर्घटना न्यूनीकरणका लागि सावधानी अपनाउनु जरुरी भइसकेको छ ।
Leave a Reply